
काठमाडौ निवासी किरण केसी (रातामकै) को भु–माफिया समूह ट्वान्टी वान ग्रुपले माडि नगरपालिकाको मिलेमतोमा माडीका विभिन्न क्षेत्रका किसानहरुको जग्गा सस्तो मुल्यमा खरिद गरेर भुमि खण्डिकरण गरि लाखौलाखमा बेचविखन गर्न थालेपछि यसको वारेमा सर्वत्र चर्चा हुँदै आएको थियो । यो समूह माडि प्रवेश गर्नुको खास उदेश्य भनेको माडिका किसानहरुलाई भुमिहिन बनाएर त्यो भुमिमा प्लटिङ गर्ने र अकुत पैसा कमाउने नियतसंग सम्वन्धित थियो । यहि शीलशीलामा ट्वान्टि वान गु्रपले माडि नगरपालिकालाई समेत पैसाको बलमा किन्न सफल भयो र नगरपालिकाको कार्यपालिकाले माडिको कृषि पर्यटन र पर्यावरणको सुरक्षाको निम्ति जमिनको खण्डिकरणलाई रोक्ने गरि गरेको निर्णयलाई समेत उल्ट्याएर धमाधम जग्गा प्लटिङ र कित्ताकाट गर्न थाल्यो । ट्वान्टीवान ग्रुपले माडी नगरपालिका वडा न.२ भैरवपुर वडा न. ३ पौवारी, धोवा, ढिकुन लगायतका ठाउँमा सयौं विगाह जमिन खरिद गरि प्लटिङ र कित्ताकाट गर्न थाल्यो । यसरी यो समुहले अनाधिकृत रुपमा जग्गा खण्डिकरण गरि बेचविखत गर्न थाल्दा समेत माडि नगरपालिकाले कुनै हस्तक्षेप नगरेपछि हाम्रो पार्टी नेकपा( क्रान्तिकारी माओवादी) लगायत राजनीतिक दलले यसको तिब्र विरोध र भण्डाफोर गर्याे । माडिलाई वातावरणीय दृष्टिकोणले समेत स्वच्छ र हराभरा नगरपालिकाको विकासको लागि पर्यटन उद्योग र कृषि व्यवसायलाई मुख्य आधार बनाई अगाडि बढ्ने उदेश्यका साथ व्यवसायीक रुपमा खेतीयोग्य जमिन खण्डिकरण गर्न नपाउने भनी कार्यपालिकाको बैठकले गरेको निर्णयलाई ट्वान्टिवान ग्रुपको सवालमा स्वयं नगरपालिकाले आफ्नै पुर्ववत निर्णयको उलङघन किन गर्याे ? यो निक्कै गम्भीर र रहस्यमय विषय बनेको छ । यहाँ ध्यानदिनु पर्ने अर्काे एउटा कुरा यो छ कि माडि नगरपालिकाको कार्यपालिकाको उक्त निर्णयको मसी सुक्न नपाउदै सिङ्गो नगरपालिकाको टिमलाई जानकारी समेत नगराई मेयर ठाकुर ढकालको सम्योजकत्वमा प्रभु महतो सहित तीनजनाको समिति खडा गरेर किरण केसी(रातामकै) को ट्वान्टिवान नामको भु–माफिया ग्रुपलाई जग्गा खण्डिकरण र कित्ताकाट प्रक्रिया फुकुवा गरिदिए ।
यसरी भुमाफियाहरुलाई सहज हुनेगरि जग्गा खण्डिकरण गर्न प्रक्रिया मिलाइदिए वापत नगरपालिकालाई १ करोड २० लाख बराबरको भौतिक संरचना निर्माण गरिदिने कुरा समेत बहिर आएको छ । सिङ्गो नगरपालिकाको वातावरणलाई प्रदुषित गराएर भुमि खण्डिकरणका नाममा माडिका जनतालाई सुकुम्बासी बनाउने जस्तो गम्भीर कुरालाई जाबो १ करोड २० लाखमा सम्झौता गर्नु मिल्छ ? तर माडि नगरपालिका मेयरले सिङ्गो नगरपालिकालाई जानकारी नै नगराई यस्तो गम्भीर अपराधमा किन सम्लग्न भए ? यो निकै गम्भीर विषय भएको छ । यो घटनावाट माडी नगरपालिकाका मेयर लगायत केही व्यक्तिहरुले माफियाहरुवाट ठूलै रकम हात पारेका छन भन्ने कुरा सहजै बुझ्न सकिन्छ । यसै विषयसंग जोडिएर आएको जनमानसमा अर्को कुरा के पनि छ भने ट्वान्टीवान ग्रुपले भुमि खण्डिकरणको प्रक्रिया मिलाईदिएवापत केहि मान्छेलाई भरतपुर र काठमाडौंमा घर समेत खरिद गरिदिएको कुरा बाहिर आएको छ । जग्गा खण्डिकरण प्रकरणमा नगरपालिकामा व्यापक आर्थिक चलखेल भएको र भ्रष्टाचार छताछुल्ल हुदा ती तमाम अपराधहरुलाई कागजी रुपमा मिलाउन दौडधुप चलिरहेको कुरा अर्काे चर्चाको विषय बनेको छ । सबैभन्दा चर्चाको बिषय त अझ यो भएको छ कि मेयर ठाकुर ढकालको स्वकीय सचिव बालगोविन्द न्यौपानेको विवाहमा माइकिङ गरेरै ट्वान्टिवान ग्रुपले थारु भिलेज होटलमा १० लाख बराबरको विवाहभोज सेलिव्रेशन किन गर्याे ? यो अर्काे आश्चर्यको विषय बनेको छ । अहा क्या कस्तो काइदा ! सरकारी संपति दुरुपयोग गरेर विहेभोज !! मागि मागि छोराको विवाह !!!
माडि नगरपालिका भित्र मेयर ठाकुर ढकालले नगरपालिका भित्र रहेका सार्वजनिक जग्गा कौडिको मुल्यमा पचासौं बर्षसम्म भुमाफियाहरुलाई लिजमा दिएको कुरा पनि सार्वजनिक भएको छ । यसरी सित्तै जस्तोमा पाएको सार्वजनिक जग्गामा माफियाहरुले विभिन्न नाममा सरकारी सम्पतिको दोहन गरि मेयर लगायतका आफन्तहरुलाई त्यस्को जि. एम. बनाउने तथा विभिन्न खालको जागिर खुवाउने कार्य गर्दै आएको तथ्य समेत खुलेको छ । यी लगायतका घोटलाका घटनाहरु बाहिर सार्वजनिक भएपछि यसप्रकारका विधि विपरितका सम्झौता रातारात खारेजी गरिएका समाचारहरु आइरहेकै छन ।
एकातिर माडिमा सुकुम्बासी समुदाय अझ खासगरी चेपाङ समुदाय राज्यका लखेटाइ र अधिग्रहण भएर खोलाको वगर र जंगलका आडमा बस्न बाध्य बनाइएका छन । उनीहरुले खान वस्न र बाच्न ती ठाउँमा अनगिन्ती चुनौति बोहोर्नु परिरहेको छ । जंगली जनावर र बाडि पहिरोको जोखिम बोकेर बाच्न कति गार्हो छ भन्ने कुरा सत्ताको भोग गर्नेलाई थाह नहुन पनि सक्छ । चेपाङ लगायतका गरिब तथा सुकुम्बासी समुदायलाई नगरपालिकाभित्रको सार्वजनिक तथा सुरक्षित जगा वितरण गरेर राख्ने तथा माडिमा ठुलो कृषिफर्म खोलेर ती गरिव सुकुम्बासी समुदायका जनतामा रोजगारी सृजना गर्नु पर्नेमा नगरपालिकाको ध्यान यसप्रकारको राष्ट्रिय उत्पादनमा नगएर माफियाहरुका कमिसनमा किन गयो ? यो कुन वर्गीय पक्षधरता हो ?
उनीहरुले आज वर्गीय रुपमा यसरी गरिब तथा भुमिहिन सुकुम्बासीको पक्षमा खडा नभएर किन माफियाहरुको कमिसनको पछाडि दौडिन थाले ? यसका पछाडि उनीहरुले आफ्ना लागि अकुत सम्पत्ति थोपार्ने शहरमा घर घडेरी जोड्ने र ऐस आरामको जिन्दगी विताउने लोभ र महत्त्वकाँक्षाले काम गरेको छ । तसर्थ उनीहरुको दिमागमा जनसरोकारका विषय छदै छैनन र उनीहरु सहि अर्थमा जनताका नभएर दलाल माफिया भ्रष्ट र तस्करहरूका प्रतिनिधि हुन ।
माडि नगरपालिकाभित्र यसरी अबैधानिक र अव्यवहारिक तवरवाट भु–माफिया किरण केसि( रातामकै) र उसको ट्वान्टीवान ग्रुपले मापदण्ड विधि र प्रक्रिया मिचेर खरिद गरि नीयमविपरित खण्डिकरण गर्दै आईरहेको सम्पुर्ण जग्गा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पार्टीको झण्डा व्यानर गाडेर औपचारिक रुपमा कब्जा गरेको छ। त्यसकारण उक्त जग्गा जमिनमाथिको खण्डिकरण र व्यापार बन्द गर्ने पार्टीले निर्देशन समेत दिएको छ । यो निर्देशनलाई अबज्ञा गरे थप प्रतिरोधात्मक कार्वाही अगाडि वढाउने र त्यस्को क्षतिको जिम्मेवार सम्वन्धित पक्ष हुने कुरा पार्टी जिल्ला सेक्रेटरी कमरेड हेमन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख भएको छ । उपयुक्त प्रकारको स्थितिमा सो जग्गा कसैले खरिदबिक्री बेचविखत नगर्नको लागि सम्न्धित सबैमा अनुरोध गरिन्छ । यो अवस्थामा ट्वान्टिवान ग्रुपले समेत उपरोक्त जग्गाहरु कुनै प्रक्रियावाट खण्डिकरण गरि विक्रि वितरण र अपचलन गर्ने घृष्टता नगेरको राम्रो । तथा यश प्रकारका जग्गाहरुमा नगरपालिकाले भुमिहिन सुकुम्बासीहरुलाइ सुरक्षित र व्यस्थित आवासको रुपमा विकास गरोस नत्र भने यो प्रक्रियामा जानवाट अवको आन्दालनलाई कसैले रोक्न सक्दैन ।
