श्रावण १७ काठमान्डौ ।
चार किसान संगठन अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त बक्तब्यमार्फत राष्ट्रघाती एमसीसी सम्झौता, उखु किसानको लामो समयदेखिको बक्यौता मूल्य तथा भारतीय एसएसबीले तुइन काटेर बेपत्ता बनाइएका दार्चुलाका नेपाली यूवाको सम्वन्धमा आफ्नो धारणा प्रकासित गरेका छन्, जसको पूर्ण पाठ तल दिइएकोछ :

चार किसान संगठनको संयुक्त बक्तब्य
हामी चार किसान संगठन अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघको यतिबेला संसदबाट पारित गर्न प्रस्तुत गर्न लागिएको अत्यन्तै राष्ट्रघाती एमसीसी सम्झौता, उखु किसानको लामो समयदेखिको बक्यौता मूल्य तथा भारतीय एसएसबीले तुइन काटेर बेपत्ता बनाइएका दार्चुलाका नेपाली यूवाको सम्वन्धमा गम्भीर ध्यानाकर्षण भएको छ ।
१ हामी नेपाल र नेपाली जनताको हक हित र सार्बभौम तथा स्वाधीन अधिकार बिरूध्द लक्षित अपमानजनक र आपत्तिजनक एमसीसी सम्झौता तुरून्त खारेज गिरयोस् र कथित बिकासको नाममा नेपाल र नेपालीमाथि कुनै सौदाबाजी र खेलबाड नगरियोस् भन्ने जोडदार माग गर्दै नेपाललाइ बाह्य शक्तिको अखडा बनाउने तथा नेपालको असंलग्न परराष्ट्र नीति बिरूध्द जाने यो एमसीसी सम्झौता रद्द गरियोस् भन्ने पुन: जोडदार माग गर्दछौं । नेपाली उत्पादनका श्रोत साधन जमिन, जल, जंगल, जडिबुटी सबै कृषि उत्पादनका साधान किसान बर्गको सामुहीक हातमा दिइयोस् र नेपाली किसान र नेपालको रक्षा गरियोस् भन्ने जोडदार माग गर्दछौं ।
२ उखु किसानसँग पटक पटक सम्झौता गरेर पनि बर्षौंदेखि उखुको करोडौ बक्यौता रकम किसानलाइ नदिने, झुलाउने र अलपत्र पार्ने जुन जालझेल राज्यले गर्दै आएको छ त्यसको जोडदार बिरोध गर्दै सर्लाही, रौतहट र नबलपरासीका उखु किसानको बर्षौंदेखिको बक्यौता हर्जाना र ब्याज सहीत सम्पूर्ण रकम असुलउपर गरियोस् र किसानमारा ठग उद्योगपतिहरूमाथि कडा कानुनी कारबाही गरियोस् भन्ने जोडदार माग गर्दै भदौ ५ गतेदेखि उखु किसानहरूले बक्यौता उठाउन गर्ने आन्दोलनप्रति हामी चार किसान संगठन जोडदार ऐक्यबध्दता जनाउदछौं ।
३ भारतीय एसएसबी जवानले तुइनको डोरी काटिदिएपछि बेपत्ता पारिएका दार्चुलाका नेपाल यूबाका बारेमा यथार्थ बिबरण सार्बजनिक गिरयोस् र क्रुर भारतीय एसएसबी जवानलाइ कारबाहीको दायरामा ल्याउन ठोस पहल गरियोस् भन्ने हामी चार किसान जोडदार माग गर्दछौं ।
भैरबराज रेग्मी                                                                                                     सीताराम तामाङ्ग
अध्यक्ष                                                                                                                    अध्यक्ष
अखिल नेपाल किसान महासंघ(अप्फा)                                    अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)
लोकनारायण सुबेदी                                                                                      कृष्ण राना
अध्यक्ष                                                                                                           इञ्चार्ज
अखिल नेपाल किसान यूनियन                                          अखिल नेपाल प्रगतिशील किसान संघ
२०७८ साउन १६

प्रतिक्रिया

सम्बन्धित खवर