काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आह्वान गरेका छन् । शुक्रबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग सापकोटाले छलफल गर्न लागेका हुन् ।
सभामुखको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ । तर ओली भने बैठकमा उपस्थित नहुने स्रोतले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु, कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरेका थिए ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा असाधारण कदम चाल्ने बताउँदै आएका सभामुख सापकोटाले छलफल र परामर्श गर्दै आएका छन् ।
प्रधानमन्त्री आलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक संकटको समाधान अब संसदीय व्यवस्थाभन्दा बाहिरबाट खोजिनु पर्ने आवाज उठ्दै आएको छ । संसद विघटन प्रतिगामी कदम भन्दै अग्रगामी तथा क्रान्तिकारी विकल्पमा अगाडि बढ्नुपर्ने आवाज नेपाली राजनीतिमा बलियो बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर