बहुमत सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता केसीको दाबी (नामसहित)

बहुमत सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता केसीको दाबी (नामसहित)

माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरसहित केसीले दाबी गरेका हुन् ।
केसीको पक्षमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा तत्कालीन नेकपाबाट चुनाव जितेकी विमला वलीले पनि हस्ताक्षर गरेका छन् ।