जोसुकैले पनि पार्टीको आमदिशालाई समर्थन गर्दछन् । पछिल्लो वर्ष प्रमुख राजनीतिक लक्ष्य आमदिशालाई परिभाषित गर्नु थियो । तर, हामीले आशा गरेजति सम्भव भएन । यो हाम्रो कामको तरिकासम्बन्धी प्रश्न हो । यहाँ कामको तरिकासम्बन्धी सो¥ह बुँदा दिइएको छ ।
१) समझदार बन, निर्णायक बन
हाम्रा केही कामरेडहरूमा बिल्कुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि, तपाइँ मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग अलग राय छन् र जो सुन्ने इच्छा राख्नुहोस् ! खास गरीकन अलग विचार सुन्न तयार हुनुहोस् !
२) केही सम्भावना देख
हामीले भावी कामको लागि सम्भावना देख्नुपर्छ । काममा केही लचिलोपनको सम्भावना देख्नु महत्वपूर्ण हुन्छ । क्वमिन्ताङ सेनाविरुद्ध कारबाही गर्दा हामीले तिनीहरूलाई दमन गर्न उनीहरूभन्दा कैयौँ गुना बढी सैनिकलाई एकत्रित गर्दथ्यौँ । बिनातयारी हामी कुनै लडाइँ लड्दैनथियौँ । समाजवादी निर्माण र नियोजनका लागि पनि काममा हामीले सम्भावना देख्नु पर्दछ । हाम्रो काम हाम्रो योजनाभन्दा महत्वपूर्ण हुनुपर्दछ । हामीले यो सम्भावना देख्नुपर्छ कि जनसाधारणले योजनाभन्दा पनि अगाडि बढेर काम गरून् । यदि लक्ष्य निकै नै ठूलो छ भने त्यहाँसम्म पुग्न कठिन हुनेछ, त्यसलाई पार गर्नु त टाढैको कुरा हो । उत्पादन टिमको प्रमुखको धेरैजसो भनाइ के छ भने “दस हजारको लक्ष्य हाम्रो लागि ठूलो कुरा हैन तर असफलताको एक सम्भावनालाई प्रतिवाद गर्न दस हजार सित हामी डराउँछाँै” अतीतमा यो भनाइले काम गर्ने मजदुरहरूलाई काममा दुरूत्साहित गर्दथ्यो । यदि हामीले जानिबुझिकन जनसाधारणलाई उत्पादन लक्ष्य पार गर्न दिने हो भने तिनीहरू उत्साहित हुनेछन् र पहिलेभन्दा पनि बढी कठोर परिश्रम गर्नेछन् । यसको साथै हामीले उत्पादनप्रति पनि ध्यान केन्द्रित गर्नुपर्दछ किनकि कुनै पनि चीजप्रति ध्यान केन्द्रित भएन भने यसको अर्थ हुन्छ – त्यसप्रति कुनै पनि नीति नै छैन । यसरी नै साहित्य र कला कर्मको क्षेत्रमा पनि त्यही कुरा सत्य हो । कुनै पनि नाटक प्रदर्शनमा दर्शकहरूद्वारा सोचविचार, चर्चा गर्ने ठाउँ राखिदिनुपर्दछ । यदि नाटकको पहिलो अङ्क देखेपछि तपाइँलाई दोस्रो अङ्कमा के हुँदै छ भन्ने कुरा थाहा हुने हो भने प्रदर्शन असफल हुनेछ । यसै किसिमले वक्तालाई केही कुरा नभनिकनै छाडिदिनु पर्दछ ।
३) छालको गतिसरह अघि बढ
सन् १९५७ मा हामीले दुस्साहसवादको विरोध ग¥र्याैँ । परिणामतः प्रगतिको स्तर एकदम तल झ¥यो र फेरि घोडाको काठीजस्तै माथि उठ्यो । त्यस वर्ष हामीले उत्पादन लक्ष्य तल झार्नु परेको थियो । काम छालको गतिमा अघि बढ्न आवश्यक छ । यस वर्ष पनि हामीले उत्पादन लक्ष्य थोरै तल झा¥र्याैँ । वृद्धिदर ४० प्रतिशत रहेको छ । यस वर्ष हामीले १ करोड ६५ लाख टन स्टीलको उत्पादन गर्न कटिबद्ध छौँ र हामीलाई विश्वास छ कि हामीले कोइलाको कोटा पनि पूरा गर्नेछौँ । कृषिको लक्ष्यमा हामीले अन्न र कपासको उत्पादनमा बढी जोड दिनुपरेको छ । आगामी वर्ष, उत्पादनको आँकडा केही कम गर्नुपर्ने हुन सक्छ । १९६१ मा हामीले एउटा महान् अग्रगामी छलाङ मार्न सक्दछौँ । “समाजवादी निर्माणलाई प्रवाहको गतिमा अघि बढाउनुपर्दछ । स्वर्ग रिसाएपछि मनुष्यको उमेर घट्छ, जब पृथ्वीमा वसन्त आउँदछ, अनेकौँ बरदान घर भित्रिन्छ । प्रत्येक दिन ज्वार आउन सक्दैन । म प्रवाहको गतिमा अघि बढ्ने कार्यको विरोधी हैन, तर म दुस्साहसवादको विरोधी हुँ ।
४) बढीभन्दा बढी प्रभावको लागि प्रयास गर
बढीभन्दा बढी प्रभावको लागि योजना बनाऊ! परिस्थितिमा परिवर्तन आएअनुसार योजनामा पनि परिवर्तन गर, यदि परिस्थितिमा परिवर्तन भयो भने परिस्थितिअनुसार मानिसको सोचाइमा पनि परिवर्तन हुनुपर्दछ । यदि त्यसो भएन भने ऊ निश्क्रिय अवस्थामा पुग्नेछ । मस्तिष्कलाई जीवावशेष बन्न नदेऊ ! सामग्रीहरूको मात्रा र मानिसहरूको सङ्ख्याअनुसार योजनाहरूको निर्माण गर ! मनोगतरूपले योजनाको निर्माण नगर !
५) स्थितिको निरीक्षण गर्न कुशल बन
आफ्नो मस्तिष्कलाई जीवावशेष बन्न नदेऊ ! राजनीतिक स्थितिको अड्कल गर्न, मानिसहरूको सोच्ने प्रवृत्तिलाई अनुसन्धान गर्न र आर्थिक स्थिति पत्ता लगाउन सक्षम बन । पे ताई हो सम्मेलनमा उच्च लक्ष्य राखिएको थियो । होपे र शानतुङको यात्राको दौरानमा मैले त्यो व्यावहारिक देखिनँ । चिनियाँ कम्युनिस्ट पार्टीको छैटौँ सम्मेलनमा स्टील उत्पादनको लक्ष्य घटाएर दुई करोड टन गरिदियौँ । साङ्घाई सम्मेलनमा यसलाई अझ न्यून गरिदियौँ । यस किसिमले हामी एक – एक पाइला गरी उत्पादनलाई पूरा गर्न योग्य बन्यौँ ।
६. ठीक समयमा निर्णय गर
स्थितिको निरीक्षण गर्नाले नै तपाइँले महत्वपूर्ण मौकामा निर्णय गर्न सक्नुहुनेछ । केही कामरेडले स्थितिलाई सम्पूर्णरूपले बुझ्न सक्दैनन् । अन्य केही काम गर्ने बेलामा निर्णय त लिन सक्दछन्, तर सही किसिमले निर्णय लिन सक्दैनन् । हुलमुलपन र निर्णयविहीनता खराब कुरा हुन् । निर्णय दृढतापूर्वक लिन आवश्यक छ । कुनै पनि अवसर नगुमाऊ किनकि एकपटक समय गएपछि फेरि फर्केर आउँदैन । कम्युनको समस्याबाट यो निकै स्पष्ट हुन्छ ।
कम्युनको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा गत वर्ष स्पष्ट भएको थिएन । केही समयको अन्तरालमा २७ जनवरीलाई समस्याको विस्तृतरूपमा विचार गरियो । पछि मैले चओ जु–याङ्गको रिपोर्ट पढेँ, फेरि तिएनसिनमा ल्यू जे हओ गएँ । शान्तुङ्गमा तान चिङ्ग लुङ्ग र लू हुङ्ग पिङ्ग कम्युनमा गएँ । मैले निम्न लिखित समस्याहरू देखेँ – कागजको एक टुक्रा, एक पाना, अलग विचार राख्नको लागि एक टोपी, चाबीको एक गुच्छा, एक उद्घोषण र एक सिँढी । तब मैले टिमद्वारा स्वामित्व राखिएको व्यवस्थाको खोज गरेँ । पछिल्लो सम्मेलनले यस समस्याको समाधान गरिदियो । केही कमरेड आफूभन्दा माथिका साथीहरू र मातहतका साथीहरूसित निकै डराउँछन् । अबदेखि माथिल्लो र मातहतका बीचको स्तर समन्वयात्मकरूपले हल गर्न आवश्यक छ ।
७) विचारलाई व्यक्त हुन देऊ
विचारहरूलाई व्यक्त हुने मौका नदिने हो भने बैठकहरू कामकाजी हुँदैनन् । कुनै पनि विचार–विमर्शभन्दा पहिला त्यसको तयारीको लागि समय चाहिन्छ । केही बैठकहरूमा कुनै विषय हुँदैन । मैले न्यूनतम पनि सयपटक यो कुरा औँल्याए हुँला कि विचार अभिव्यक्त नहुनु गलत हो । कुनै पनि समस्यालाई ढाकछोप नगर ¤ सही अर्थमा समस्या के हो भन्ने कुरा जनतालाई बुझ्नबाट नरोक ¤ समस्या हल गर्नुभन्दा पहिला त्यो समस्याको बारेमा सम्पूर्णरूपले बुझ्नुपर्दछ र त्यसमाथि चर्चा हुनुपर्दछ ।
८) गतिरोधलाई तोड
प्रत्येक रिपोर्टमा कुनै दृष्टिकोण हुनुपर्छ । कुनै समस्यालाई हल गर्न केही वैकल्पिक तरिका सोच ! आफ्नो आधारभूत स्थिति, अलग–अलग दृष्टिकोण, समस्याको मूल बिन्दु र वास्तविक कार्य अवस्थाको बारेमा बताऊ ¤ कुनै गतिरोध हुनुहुँदैन !
९) यदि एकजना व्यक्ति पनि सत्यताको पक्षमा छ भने उसले बहुसङ्ख्यकलाई आफ्नो पक्षमा लिन सक्दछ ।
लेनिनले के भन्नुभएको छ भने हामीमा उल्टो प्रवाहको विरोध गर्ने, आफ्नो स्वतन्त्र दृष्टिकोण राख्ने र आफ्नो कुरा भन्ने साहस हुनुपर्दछ । हाम्रा केही कमरेड गलत परिणामसित डराउँछन् । तसर्थ, हामीले सोचेर तथा साहसी कम्युनिस्ट बोल्ने चरित्रलाई प्रोत्साहित गर्नुपर्दछ । आफू खत्तम हुनसम्म नडराउने साहसी व्यक्तिले मात्र सम्राटलाई घोडाबाट ओराल्न सक्दछ ।
१०) समस्यालाई ऐतिहासिक दृष्टिकोणबाट हेर
कुनै पनि योजनालाई परिवर्तन गर्दा त्यो परिवर्तन ऐतिहासिक प्रक्रियाको मातहत हुनुपर्दछ । गत साल हामीले महान् अग्रगामी छलाङ्ग मा¥र्यौँ । यदि यो २० प्रतिशत भए यो महान् अग्रगामी छलाङ्ग हो । यदि यो ३० प्रतिशत भए यो निरन्तर जारी महान् अग्रगामी छलाङ्ग हो ।
११) बुझ्न सकिने शैलीमा लेख
अर्धसाहित्यिक र अर्धबोलचाल वा अर्धशास्त्रीय र अर्धआधुनिक शैलीमा नलेख, बुझ्न सकिने शैलीमा जोड देऊ र स्पष्ट रूप अपनाऊ !
तिब्बतमा विद्रोहको बारेमा न्यू चाइना न्यूज एजेन्सी रिपोर्टहरूमा घटनाहरूको स्पष्ट सिलसिला देखिन्छ । हामीले लेख्दा हाम्रो पार्टी र राष्ट्रको हितलाई ख्याल राख्नुपर्दछ ।
कुनै लेखहरूमा सम्झाउन सक्ने शक्ति हुँदैन । त्यसबाट लेखकहरूलाई आफ्नोे कामको क्षेत्रको कुनै स्पष्ट बुझाइ छैन र उनीहरूले जनताको मनोविज्ञानको बारेमा न त जानेका छन्, न त बुझेका छन् भन्ने कुरा थाहा हुन्छ । ताङ्ग वंशका प्रसिद्ध लेखक हान यू गद्य लेखकको रूपमा परिचित छन् । होनानमा उनी स्यू वू होनानमा रहन्थे । उनले के कुराको वकालत गर्दथे भने आफ्नोे शिक्षकको विचार अपनाऊ तर शिक्षकको शब्दमा हैन । उनी ढर्रा र परम्परा पालना गर्ने कुराको विरोधी थिए । उनले के कुरामा जोड दिए भने हरेकसित आफ्नो विशिष्टता र शैली हुन जरूरी छ र उसले त्यसको आलोचना या प्रशंसाप्रति ध्यान दिनु हुँदैन । समानान्तर निर्माणको बारेमा पान त्सुङ्ग जुको लेखाइ पढ्न कठिन छ । यस्तो लाग्दछ कि उनले जानीजानी आफ्नो लेखलाई पढ्न कठिन बनाएका छन् ।
१२) जिम्मेवार बन
आफ्नो हातमा अधिकार भए तपाइँले आदेश दिन सक्नुहुन्छ । साहसपूर्वक जिम्मेवारी पूरा गर, नेतृत्वको अनुसरण गर !

१३) गलत चिन्तनबाट मुक्त होऊ
राक्षससित नडराऊ, लाज नमान, कायर नबन ! साहसी र दृढ होऊ ! हाम्रा केही कामरेडहरूको चरित्र कमजोर छ । उनीहरू गलत चिन्तनबाट मुक्त भएका छैनन् । उनीहरू दोष हटाउन डराउँछन् । कार्यकर्ताहरूमा सत्यतामा कायम रहने साहस हुनुपर्दछ र उनीहरूले सामन्ती कालको व्यवहारको अनुसरण गर्नुहुँदैन । तपाइँ के कुरासित डराउनु हुन्छ ? अरू केही होइन यी ६ चीजसित डराउनुहुन्छ (पदबाट बर्खास्त, पदावनती (माथिल्लो पदबाट तल्लो पदमा झर्नु), पार्टीबाट निष्कासन, पत्नीसित छोडपत्र, हत्या र जेल जाने ।
१४) आलोचनाबारे
हामी सबै सही कामरेड हौँ । कामरेडहरूको बीचको आलोचनाको उद्देश्य सही किसिमले काम गर्ने र काम गर्ने कुशल तरिकाहरूको खोजी हो । आलोचना गर्दा पश्चाताप हुन्छ कि भनेर कहिल्यै पनि कल्पना गर्नु हुँदैन । आलोचना तथा आत्मालोचना मानिसहरूलाई शिक्षित गर्ने पार्टीको हतियार हो । हामीसित न त पूर्वजन्मको गुनासो छ, न त भविष्यमा नै हुनेछ । पीडा प्रगतिको लागि एक प्रेरक पक्ष हो ।
१५) सामूहिक नेतृत्व
पार्टी केन्द्रीय कमिटीको बैठक केन्द्रीय महत्वको विषय हो । यसका निर्णयहरूलाई जहाँतहीँ सबै ठाउँमा लागु गरिनुपर्दछ ।
१६) विभिन्न विभागहरू बिचमा सम्बन्ध
औद्योगिक विभागहरूसित सुदृढ सम्बन्ध कायम गरिनुपर्दछ । तीन राजकीय आयोगहरू (राजकीय योजना आयोग, राजकीय आर्थिक आयोग र राजकीय पुँजीगत निर्माण आयोग) र दुई मन्त्रालयहरू (धातु उद्योग मन्त्रालय र मेसिन निर्माणसम्बन्धी प्रथम मन्त्रालय) सित घनिष्ठ सम्बन्ध हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर