भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीका छोराको कोरोना संक्रमणका कारण निधन

भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीका छोराको कोरोना संक्रमणका कारण निधन


काठमाडौं  । भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीका छोराको कोरोना संक्रमणका कारण निधन भएको छ। यचुरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो जेठो छोरा आषीष यचुरीको कोरोनाका कारण आज विहान निधन भएको जनाएका छन्।

एक हप्तादेखि कोरोनाको उपचार गराइरहेका उनको ३५ वर्षको उमेरमा भारतको मेदान्त अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। महासचिव यचुरीले आफ्नो छोराको उपचारमा संलग्न डाक्टर, नर्स लगायतलाई धन्यवाद दिँदै आफ्नो स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेका छन् ।