पौष १८ अत्तरीया कैलाली । अखिल क्रान्तिकारी सुदुर पश्चिम प्रदेश समितिको आयोजनामा कैलालीको अत्तरीयामा वर्तमान राज्यसत्ताको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना, शिक्षा, स्वास्थ्यलाई निशुल्क, भ्रष्ट र तष्करहरुमाथि कारवाही र शैक्षिक माफियाहरु तथा विचौलिया र दलालहरुमाथिको कारवाहीको माग गर्दै अत्तरीयाको मालाखेती प्रहरी चौकीदेखि धनगढी रोड, महेन्द्र नगररोड र पहाड रोड हुदै नारावाजी सहीतको विरोध जुलुसले अत्तरीया चौराहा चोकमा आई विरोधसभामा परिणत भएको थियो ।


उक्त कार्यक्रमको सञ्चालन दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका इकाई अध्यक्ष गोपाल साउदले गरेका थिए । विरोधसभालाई अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पुश्कर जोशी र नेकपा (क्रान्तिकारी माओवादी)सुदुर पश्चिम प्रदेश समिति सचिवालय सदस्य कैलाश जोशीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर