‘संर्घषका एजेण्डा’ तय गर्दै क्रान्तिकारी पत्रकार महासंघको पदाधिकारी बैठक

प्रदेश संयोजक र सल्लाहकार सहित पुनः बैठक बस्ने योजना

प्रकाशित मिति : २०७७ कार्तिक १७

- मुलबाटो

काठमाण्डौ १७ कार्तिक – क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिको पदाधिकारी बैठक सोमवारबाट शुरु भएको छ । पदाधिकारी बैठकमा नेपाल पत्रकार महासंघको आसन्न चुनावमा संगठनले खेल्नुपर्ने भुमिका त्यसका लागि देशैभरका क्रान्तिकारी पत्रकार महासंघको अवस्था सम्बन्धमा छलफल गरिएको छ । बैठकमा प्रारम्भिक छलफल भयो, अब प्रदेश संयोजक र सल्लाहकार सहित पुनः बैठक बस्ने योजना छ – महासंघका अध्यक्ष इन्द्र रावतले भने – त्यस पछि प्रदेश हुदै जिल्लातहको बैठकबाट योजना बनाउने तयारीमा छौ । जिल्ला जिल्लाका बैठक पछि एउटा रिर्पाेट पनि आउछ ।
पदाधिकारी बीच संगठनका बिभिन्न योजना सहित संर्घषका खाका समेत कोर्दै अगाडि बढने एजेण्डा समेत तय भएको छ । सोमबार बिहान भएको जुम बैठकमा महासचिव रामकुमार श्रेष्ठ, सचिव रनसुर महतरा कोषाध्यक्ष रवि पाण्डेय र सल्लाहकार नारायण पंगेनीले धारणा राखेका थिए । त्यस्तै महासंघका फ्याक्र्सन ईन्चार्ज , महासंघका सल्लाहकार र प्रदेश संयोजक सहितको बैठक गरेर प्रदेश प्रदेशका बैठक र योजना गर्ने एजेण्डा बनाइएको महासचिव रामकुमार श्रेष्ठले जानकारी दिए । संगठनको बैठकमा एक किसिमको स्प्रिरिड पैदा भएको छ –उनले भने । त्यस्तै क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक रवि पाण्डे र उनकी जिवनी साथी एंव संचारकर्मी लक्ष्मी घिमिरेलाई कोरोना मुक्त भएका छन् ।