‘खण्डहर कोइलवास’मा साहित्यिक जागरण अभियान

‘खण्डहर कोइलवास’मा साहित्यिक जागरण अभियान

दाङ १६ कार्तिक – दाङस्थित ‘ऐतिहासिक नाका’ कोइलाबासमा ‘साहित्य जागरण अभियान’ कार्यक्रम भएको छ ।
आइतवार प्रगतिशिल साहित्य परिवार तुल्सीपुरले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा राष्ट्रिय स्वाधीनता , जनतन्त्र र जनजिविकाको विविध पक्ष र कोइलावासको ईतिहास एंव बिकृति बिसंगतिका बिरुद्ध सर्जकहरुले सिर्जना प्रस्तुत गरे ।
कार्यक्रममा प्रमुख अतिथि ईच्छुक स्मृति प्रतिष्ठानका अध्यक्ष तथा प्रगतिवादी साहित्यकार एंव लेखक हिरामणी दुखीले कोइलावास संगको आफ्नो अनुभुतिका साथै कृष्ण सेन ईच्छुक प्रति समर्पित कवितावचन गरे । बरिष्ठ पत्रकार समेत रहेका दुखीले प्रगतिशिल साहित्य र साहित्यमा बर्गपक्षधरता हुने बताए ।
प्रगतिशिल लेखक संघका पूर्वअध्यक्ष रामप्रसाद जैसी पहिलेको कोइलावास र अहिलेको खण्डहर कोइलावासबारे रचना पस्किए ।
कार्यक्रममा साहित्यकार तथा सर्जकहरु प्रमोद धिताल ,छविलाल कोपिला,दिपक समीर,यम रेग्मी,निमबहादुर थापा,राधिका परियार,टिका बस्नेत, धुब्ररत्न तुलाधर, एमपी रत्न तुलाधर,गुरु प्रसाद बुल बुल, मनोज थापा मगर, सुदृष्टि लक्ष्मी, रमा नेपाली र ईश्वरी प्रसाद गैरे लगायतले अनुभुति रचना तथा भावना ब्यक्त गरे ।
कार्यक्रम प्रगतिशिल साहित्य परिवार तुल्सीपुरका अध्यक्ष खगेश्वर भण्डारीको अध्यक्षता सहसचिव दुर्गा विकको संचालनमा भएको थियो ।