सभ्यता

प्रकाशित मिति : २०७७ कार्तिक ७

- ✍इन्दिरा अधिकारी सुनाखरी

शताब्दीऔं पूर्व ,
शासकहरुले रोपेको सभ्यता !
कोहि पिडक ,
कोहि पीडित भएर युगान्त युग सम्म बाचिरहेको छ !

चाहे !
त्यो ,
फारसी होस,
या युनानी , जे जे भए पनि ,
बलियोले निर्र्धोलाई ,
शोषण ,
दमन र उत्पीडन गर्र्दै ,सिन्धु घाटिको वरिपरि हुर्केको सभ्यता !

क्रमश
बसाइँ सर्र्दै ,
सिन्धु नदि वरिपरि ढाकिएको ,
सिन्धु होस या हिन्दु !
मोहन जुदारोको होस ! या
हरप्पाको होस !
चर्चा परिचर्चा जे जे भए पनि !
एकले गरेको अर्र्काेले घ्वस्त बनाउने सभ्यता !
त्यसैगरी !
आर्य हुन या द्रविण
चाहे
बुच्छे
चुच्चे
थेप्छे र ढ्याब्रे जो जो भए पनि !
एक आफसमा वैमनस्य रोपेर विकास भएको सभ्यता !

ती !
युरोप ,
आस्टिक ,
अफ्रीका र अन्य थुप्रै थुपै मुलुक बाट ओइरिएरका मनहरुका विचमा ,
शक्तिको प्रदशन गर्दै हुर्केको सभ्यता !

निश्चय नै !
बलियो र निर्दो विचको शक्ति प्रदर्शन !
आर्य र द्रविण विचको होस ! या
आर्य र आर्य विचको होस !
जो जसको भए पनि ,
विजयी मालिक र पराजय दास ,
त्यही देखिन रोपियो दास र मालीकको सभ्यता !

एक अर्कामा !
हार जितको लडाइ चलिरहन्छ !
आर्यले द्रविणलाई मात्र हैन ,
आर्य आर्य भित्र दास र मालिकको पर्खाल उठाइन्छ !
यदि यस्तो नहुदो हो त ,
राजा , महाराजा,
राज गुरु पुरेत ,
महामन्त्री र मन्त्रीहरु , सबै सबै साक्षी राखेर ,
आफ्नै कुल बधुको वस्त्रहरण गरिने थिएनहोला !

त्यसैगरी !
नियमकानुन ,
प्रशासन र अदालत आफ्नै अनुकुलतामा बनाइए !
दक्षता ,
योग्यता ,
क्षमता र सिप श्रम बिभाजन गर्दै रोपियो जातको सभ्यता !

र !
मानिसको !
जन्मने प्रक्रिया,
रगत एकै हुदाहुदै पनि ,
फरक ब्याख्या गरेरै अलग्याइयो !
बाह्मण !
क्षेत्री !
सुद्र आदि इत्यादि ,उदायो भेदभाव को सभ्यता !

त्यो !
रुस ,
चिन,
युरोप ,
अफ्रिका ,
अन्य थुप्रै थुपै मुलुकहरुमा बिद्रोह निश्तेज गर्न !
अनुलंनिय ,
वंश वृक्ष झै ,
रोपियो छुवाछूत को सभ्यता !

यस्तै !
विभेदी ,
रंङभेद र जाति भेदका संरचनाहरु जन्मिए !
यिनै विभेदी किताब छिचाल््न !
हरेक कुप्रथा ,
कु संस्कार ,
कुरिती र मानवीय विभेद अन्त्य गर्न !
बुद्ध !
स्वस्फूर्त दरबार त्यागेर निस्कन्छन !
शासकहरु !
जताततै ,
राजनीति ,
आर्थिक ,
सामाजिक ,र सांस्कृतिक ,विभेदलाई मान्नथाले राज्यको मेरुदण्ड !
त्यो ,
जुनसुकै काल !
किरात ,
लिक्षवी ,
मल्ल ,
राणा ,
शाह र गणतन्त्र किन नहोस !
आज पनि !
तिनका अवसेसहरु ,
रंग भेद ,
जाति भेद र वर्ग भेद मा छर्लङ्ग छन !

कैयौं !
अमानवीय ,
नरसंहारका ज्वलन्त उदाहरण !
जर्ज ल्फोयिड र नवराजहरु !
ह्वाइट हाउस र रुकुम चौरजहरिया माटोमा !

त्यसैले !
विभेदी सभ्यतालाई ध्वस्त बनाउन !
रसातलमा भासिएका मनहरु ,
विद्रोह को मसला बोकि ,
सुनामी झै आधिवेरी झै ,महा सागरको छाल झै , उर्लेर आउ !

रंङभेद ,
जातिभेद,
वर्गभेद,
छुवाछूत , विभेदी प्रथा निमिट्यान्न पार्न !
आगो ओकल्दै चट्याङ बनेर बज्र !
वाइट हाउस र सिंहदरवारहरुमा !
त्यही ,
खरानिमा नयाँ आधार ,
विभेद रहित समाजको निर्माण !
उमार मानव जातिको सभ्यता !
अनि पो
मुस्कुराउने छ धर्र्ती !
आकाश !
नदि नाला र मरुभूमि !
संँगै सँगै फुल्ने छ मानव जातिको सभ्यता !