कार्तिक ३ काठमान्डौं,
ओली सरकारले गरेको कोभिड–१९बाट सङ्क्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने निर्णयलाई नेकपा (क्रान्तिकारी माओवादी)ले सरकारको जनस्वास्थ्यप्रति गरिएको खेलवाड हो र आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक हो भन्ने मान्यताका विरुद्धको कुरा हो भन्दै पार्टी प्रवक्ता प्रतिकको नामबाट निम्नअनुसारको एउटा प्रेस वक्तव्य प्रकाशित गरिएको छ,ः
प्रेस–वक्तव्य
हिजो २०७७ कात्तिक २ गते ओली सरकारले गरेको कोभिड–१९बाट सङ्क्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने निर्णयप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । यो जनस्वास्थ्यप्रति गरिएको खेलवाड हो र आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक हो भन्ने मान्यताका विरुद्ध छ । हाम्रो पार्टी यो जनविरोधी निर्णयको घोर विरोध गर्दछ र यस्तो निर्णय गर्ने सरकारको तीव्र भत्र्सना गर्दछ ।
महामारी सम्बन्धी सरकारले पहिले गरेका गलत निर्णयहरु र त्यसको रोकथामका सन्दर्भमा गरिएको लापरवाहीका कारण अहिले महामारीको सङ्क्रमण जनसमुदायसम्म फैलिएको छ । महामारी रोकथामका निमित्त औषधि किन्ने नाममा जनताको करबाट उठेको राष्ट्रिय ढुकुटीमा भ्रष्टाचार गर्ने, जनताको स्वास्थ्यप्रति खेलवाड गर्ने, जोखिमयुक्त क्षेत्रमा कामगर्ने कर्मचारीका समस्यालाई बेवास्ता गर्नेे र तिनै गरिब जनतालाई ऋणको भारी बोकाई सांसदहरुलाई गैरकानुनी ढङ्गले दशैंभत्ता बाडेर मस्तीमा डुब्ने कामले यो सत्ता, व्यवस्था र सरकारको नालायकिपनको पुष्टि गर्दछ । यस्तो गंभीर स्थितिमा सरकारले गरेको उक्त निर्णय खारेजीको माग गर्दै भ्रष्टाचार, अनियमितता र जनस्वास्थ्यप्रतिको खेलवाडका विरुद्ध दरो आवाज उठाउन हाम्रो पार्टी सम्बन्धित पक्ष तथा सम्पूर्ण जनसमुदायसँग हार्दिक अपील गर्दछ ।
प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)
मितिः २०७७ कात्तिक ३ गते
ओली सरकारले गरेको कोभिड–१९बाट सङ्क्रमितहरुको परीक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने निर्णयका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)को प्रेस वक्तव्य
यस्तो जनविरोधी निर्णयको घोर विरोध गर्दै यस्तो निर्णय गर्ने सरकारको तीव्र भत्र्सना