जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चको आधारभूत र समसामयिक राजनीतिक प्रशिक्षण सम्पन्न

जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चको आधारभूत र समसामयिक राजनीतिक प्रशिक्षण सम्पन्न


आस्विन १७ काठमाण्डौ,
जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिको आयोजनामा आधारभूत राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मित्रपार्क, काठमाडौमा सम्पन्न राजनीतिक प्रशिक्षणमा मुख्य प्रशिक्षक एवं पार्टी पिबिएम कमरेड वसन्तले आधारभूत राजनीतिक प्रशिक्षण दिनु भएको थियो । त्यसै गरि पार्टी पिबिएम कमरेड सागर, कमरेड प्रवेश र पार्र्टी सिसिएम कमरेड वसन्तले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयमा केन्द्रित भएर समसामयिक राजनीतिक प्रशिक्षण दिनु भएको थियो ।


मञ्चका केन्द्रीय संयोजक विष्णु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका १ नम्बर प्रदेश संयोजक गणेश घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा मञ्चका केन्द्रीय सचिब धर्मराजले स्वागत मन्तव्य राख्नु भएको थियो ।

अहिले सम्पर्क मञ्चले सडक संघर्ष, राजनीतिक प्रशिक्षण सँगै संगठन विस्तार अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाएको छ । यहि असोज ४ गते मञ्चले राष्ट्रघाति एमसीसी खारेज गर भन्दै काठमाडौको माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन एवं सभा गरेको थियो ।