भाद्र २९ काठमान्डौ,
देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल कि केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)कर्णाली प्रदेश सदस्य, इच्छुक साँस्कृतिक प्रतिष्ठानकी कार्यसमिति सदस्य, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय सहसचिव, अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय सचिवालय सदस्य समेत रहेकी नेतृ क. चन्द्रा थानीको निधनप्रति कर्णाली प्रदेश संगठन समितिका संयोजक दिपकवहादुर शाहीद्धारा श्रद्धाञ्जली व्यक्त गरिएको छ, जसको पूर्णपाठ तल दिइएकोछ ।
हार्दिक श्रदाञ्जली
देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल कि केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)कर्णाली प्रदेश सदस्य, इच्छुक साँस्कृतिक प्रतिष्ठान कार्यसमिति सदस्य, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय सहसचिव, अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय सचिवालय सदस्य समेत रहेकी नेतृ क. चन्द्रा थानी उपचारत रहेको अवस्थामा २०७७ साल भाद्र २८ गते अपरान्ह ४ः१५ बजे उहाँको निधन भयो । २०७७ भाद्र १७ गते उपचारको लागि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । कमरेड चन्द्रा थानी पित्त थैलीको पत्थरीको शल्यक्रियाका लागि मेडिसिटी अस्पतालमा भर्ना हुनु भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) पश्चिम ब्यूरोद्धारा जारी गरिएको श्रद्धाञ्जली वक्तव्यमा क. चन्द्राको क्रान्तिप्रतिको प्रतिबद्धता सदैव संगठनको लागि प्रेरणाको श्रोत रहने उल्लेख गरिएको छ र भनिएको छ, “शोकको यस घडीमा कमरेड चन्द्राप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त उहाँका जिवनसाथी क. चक्रपाणी शर्मा लगायत परिवारजन एवं पार्टी संगठनका सबै सदस्यहरुमा समवेदना व्यक्त गर्दछौं । क.थानीको निधनले सिङ्गो क्रान्तिकारी आन्दोलनमा अपुरणीय क्षति पुगेको छ ।”
वि.सं. २०१७ साल चैत्र १६ गते सुर्खेतको वयलकाँडमा पिता प्रजापति थानी र आमा भूमिदेवी थानीको जेठो सन्तानको रूपमा जन्मनु भएकी चन्द्रा थानी नेपाली कम्युनिस्ट आन्दोलनको एउटा अथक योद्धा हुनुहुन्थ्यो । वि.सं. २०३५÷०३६ को विद्यार्थी आन्दोलन मार्फत बाम राजनीतिमा होमिनु भई २०३८ सालमा एकिकृत चौमबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभई ४ दशक नेपाली कम्युनिस्ट आनदोलनमा संघर्षरत हुनुहुन्थ्यो साथै प्रगतिशील साहित्यीक आन्दोलनमा समेत उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पाइन्छ ।
क. थानीको परिवारमा उहाँका श्रीमान चक्रपाणी शर्मा तिन जना छोरीहरू– सुस्मीता, स्मीता र अस्मीता अनि एकजना छोरा– गेहेन्द्र शर्मा हुनुहुन्छ । उहाँका जीवनसाथी नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी)को वैकल्पीक पोलिटव्युरो सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज हुनुहुन्छ ।
दिङ्गत क.चन्द्रा थानीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार, आफन्तजन, पार्टीपंक्ति लगायत सम्पूर्ण शुभचिन्तकहरू प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
मिति ः २९ भदौं २०७७
…………………………….
संयोजक
क. दिपकवहादुर शाही
कर्णाली प्रदेश