भदौ २६ काठमान्डौ,
नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका केन्द्रीय समिति सदस्य कमरेड हरेराम पटेललाई सरकारले गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ । उहाँको गिरफ्तारीलाई लिएर पार्टी प्रवक्ता प्रतीकद्धारा प्रेस वक्तव्य प्रकाशित गरिएको छ, जसको पूर्ण पाठ तल दिइएकोछ ः
प्रेस–वक्तव्य
हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य कमरेड हरेराम पटेललाई यही २०७७ भाद्र २५ गते बारा जिल्लाको सपहीबाट गिरफ्तार गरेको घटनाप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले गरेको यो गिरफ्तारी अन्यायपूर्ण र पूर्वाग्रहपूर्ण छ । हाम्रो पार्टीले यस गिरफ्तारीको घोर विरोध गर्दै उहाँलाई अविलम्ब, निसर्त र ससम्मान रिहाइ गर्न सरकारसँग जोडदार माग गर्दछ ।
मितिः २०७७ भदौ २६ गते

प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)

प्रतिक्रिया

सम्बन्धित खवर