समाजवादी अर्थब्यबस्थामा नै किसान मजदुरहरुको मुक्ति

समाजवादी अर्थब्यबस्थामा नै किसान मजदुरहरुको मुक्ति

भारतीय अपराध अनुसन्धान ब्यूरोले सन २०१९मा प्रकाशीत तथ्यांकअनुसार भारतमा मात्रै आत्महत्या गर्नेको सख्या १लाख ३९ हजार एकसय बत्तिस रहेकोे जनाएको छ । त्यस मद्ये ३२ हजार ५ सय पैसठ्ठी जना ज्यलादारी मजदुर र ४३हजार भन्दा बढी किसानहरूले आत्महत्या गरेको रिपोर्टमा उल्लेख छ । किसान र मजदुरहरुको यति ठूलो सख्यामा हुने आत्महत्याको मुल कारण कमजोर आर्थिक आधारलाई नै उल्लेख गरिएको छ । उपरोक्त तथ्यांकले नै स्पष्ट गर्दछ भारतीय किसान र मजदुरहरुको अबस्था कति दयनीय र कारुणिक छ । त्यो प्रश्न खाली भारतीय मजदुर र किसानको मात्रै होइन, पुँजीवादी अर्थब्यस्थाको अमानवीय शोषणकारी नीतिको परिणाम हो । भारतीय अर्थ,राजनीतिलाई लोकतान्त्रिक र लोक कल्याणकारी मानेर त्यसको वकालत गर्नेहरुले गरिबीका कारण मर्न बाध्य भएका ती मजदुर र किसानहरुको बाच्न पाउने अधिकारको सुरक्षा गरेको खोइ ? त्यति मात्रै होईन , जातीय ,धार्मिक र लैङ्िगक विभेदले मर्न बाध्य हुनेहरुको सख्या पनि कम छैन । सन २०१८मा कृषि र फलफूलको अध्यन गर्ने उद्देश्यले हामी भारतका करिब एक दर्जन राज्यहरुको भ्रमण गरेका थियौ र त्यस क्रममा नागपुर युनिभर्सिटीका वैज्ञानिकहरुसङ्ग्को सम्वाद र अन्तरक्रियामा त्यहाँका प्रोफेसरहरुले भारतीय किसानहरुको दयनीय अवस्था र भारतीय अर्थनीतिले किसानहरुमा पारेको नकारात्मक प्रभावका बारेमा जुन विश्लेषण गरेका थिए त्यो कुरा भारतीय सरकारको आधिकारिक संस्था अपराध अनुसन्धान ब्यूरोले प्रमाणीकरण गरेको तथ्यले नयाँ ताजकी बनायो । त्यतिबेला उनिहरुले भनेका थिए मोदिको अर्थनीतिले मुठ्ठिभर कर्र्पाेरेट पुँजीवादीहरुलाइ संरक्षण गर्ने भएकोले प्रतिवर्ष ४० हजार किसानले आत्महत्या गर्न बिवस हुनुपर्ने कुरा गरेका थिए । अहिले भारतीय अपराध अनुसन्धान ब्यूरोले त्यो कुरलाइ प्रमाणित गरेको छ ।
यो बिषय खाली भारतीय किसान र मजदुरको मात्र होइन । पुँजीवादी साम्राज्यवादी अर्थनीतिको सारतत्व हो । त्यसैले अहिलेको आवस्यकता पँुजीवादी अर्थब्यबस्थाका विरुद्ध सघर्ष गर्दै समाजवादी अर्थब्यबस्थाको पक्षमा सम्पुर्ण किसान मजदुरहरु सगठित भएर सघर्ष गर्नु नै सहि विकल्प हो । जस्तो माथी नै चर्चा गरियो उत्पीडित बर्ग समुदाय लिङ्गका जनताले समनता स्वतन्त्रताका लागि बिद्यमान पुजीवादी ब्यबस्थाका विरुद्ध संयुक्त सघर्ष गरेर नै मुक्ति सम्भव छ , त्यसका लागि एकातिर घरेलु प्रतिक्रियावाद र अर्र्काेतिर बाह्यरुपमा साम्राज्यवादका विरुद्ध सघर्ष गर्नु नै आजको विश्व राजनीतिको कार्यभार बन्न गएको छ । यो ऐतिहासिक कार्यभार पूरा गरेर मात्रै आर्थिक असमानता शोषण दमन र उत्पीडनबाट किसान र मजदुरहरुले मुक्ति प्राप्त गर्न सक्ने छन ।
नेपालमा आत्महत्या गर्नेहरु मध्ये ७.३ प्रतिसत आर्थिक कारणले हुने गरेको नेपाल प्रहरिको रिपोर्टमा उल्लेख गरेको पाइन्छ । त्यो डाटा आफैमा कति आधिकारिक छ भन्न सकिन्न । तर , नेपालमा पनि गरिबीका कारणले ज्यान गुमाउनेको सख्या उल्लेख्य रहेकोे छ । पछिल्लो समय कोरोनाले पारेको प्रभाव वा साम्राज्यवादी कर्र्पाेरेट पुँजिले उत्पन्न गरेको समस्याबाट सबैभन्दा ठूलो मानवीय क्षति किसान र मजदुरमा पुगेको छ । त्यसैले पुँजीवादी अर्थब्यस्थाका विरुद्ध विस्वका सम्पुर्ण किसान मजदुर एक भएर आफ्नो न्याय समनता र स्वतन्त्रताको लागि एकजुट भएर सघर्ष गरेर मात्र मुक्ती सम्भव हुनेहुँदा त्यो दिसामा सचेत पहलको आबस्यकता छ । अहिले जुन मात्रामा किसान र मजदुरहरु निराश र सघर्षबाट पलायन भएर जसरी आत्महत्याको बाटो समातेका छन त्यो गलत हो । त्यो गलत बाटोबाट उन्मुक्ति पनि सघर्षले मात्र दिन सक्दछ ।
२०७७ ÷०५ ÷२१