भारतीय अपराध अनुसन्धान ब्यूरोले सन २०१९मा प्रकाशीत तथ्यांकअनुसार भारतमा मात्रै आत्महत्या गर्नेको सख्या १लाख ३९ हजार एकसय बत्तिस रहेकोे जनाएको छ । त्यस मद्ये ३२ हजार ५ सय पैसठ्ठी जना ज्यलादारी मजदुर र ४३हजार भन्दा बढी किसानहरूले आत्महत्या गरेको रिपोर्टमा उल्लेख छ । किसान र मजदुरहरुको यति ठूलो सख्यामा हुने आत्महत्याको मुल कारण कमजोर आर्थिक आधारलाई नै उल्लेख गरिएको छ । उपरोक्त तथ्यांकले नै स्पष्ट गर्दछ भारतीय किसान र मजदुरहरुको अबस्था कति दयनीय र कारुणिक छ । त्यो प्रश्न खाली भारतीय मजदुर र किसानको मात्रै होइन, पुँजीवादी अर्थब्यस्थाको अमानवीय शोषणकारी नीतिको परिणाम हो । भारतीय अर्थ,राजनीतिलाई लोकतान्त्रिक र लोक कल्याणकारी मानेर त्यसको वकालत गर्नेहरुले गरिबीका कारण मर्न बाध्य भएका ती मजदुर र किसानहरुको बाच्न पाउने अधिकारको सुरक्षा गरेको खोइ ? त्यति मात्रै होईन , जातीय ,धार्मिक र लैङ्िगक विभेदले मर्न बाध्य हुनेहरुको सख्या पनि कम छैन । सन २०१८मा कृषि र फलफूलको अध्यन गर्ने उद्देश्यले हामी भारतका करिब एक दर्जन राज्यहरुको भ्रमण गरेका थियौ र त्यस क्रममा नागपुर युनिभर्सिटीका वैज्ञानिकहरुसङ्ग्को सम्वाद र अन्तरक्रियामा त्यहाँका प्रोफेसरहरुले भारतीय किसानहरुको दयनीय अवस्था र भारतीय अर्थनीतिले किसानहरुमा पारेको नकारात्मक प्रभावका बारेमा जुन विश्लेषण गरेका थिए त्यो कुरा भारतीय सरकारको आधिकारिक संस्था अपराध अनुसन्धान ब्यूरोले प्रमाणीकरण गरेको तथ्यले नयाँ ताजकी बनायो । त्यतिबेला उनिहरुले भनेका थिए मोदिको अर्थनीतिले मुठ्ठिभर कर्र्पाेरेट पुँजीवादीहरुलाइ संरक्षण गर्ने भएकोले प्रतिवर्ष ४० हजार किसानले आत्महत्या गर्न बिवस हुनुपर्ने कुरा गरेका थिए । अहिले भारतीय अपराध अनुसन्धान ब्यूरोले त्यो कुरलाइ प्रमाणित गरेको छ ।
यो बिषय खाली भारतीय किसान र मजदुरको मात्र होइन । पुँजीवादी साम्राज्यवादी अर्थनीतिको सारतत्व हो । त्यसैले अहिलेको आवस्यकता पँुजीवादी अर्थब्यबस्थाका विरुद्ध सघर्ष गर्दै समाजवादी अर्थब्यबस्थाको पक्षमा सम्पुर्ण किसान मजदुरहरु सगठित भएर सघर्ष गर्नु नै सहि विकल्प हो । जस्तो माथी नै चर्चा गरियो उत्पीडित बर्ग समुदाय लिङ्गका जनताले समनता स्वतन्त्रताका लागि बिद्यमान पुजीवादी ब्यबस्थाका विरुद्ध संयुक्त सघर्ष गरेर नै मुक्ति सम्भव छ , त्यसका लागि एकातिर घरेलु प्रतिक्रियावाद र अर्र्काेतिर बाह्यरुपमा साम्राज्यवादका विरुद्ध सघर्ष गर्नु नै आजको विश्व राजनीतिको कार्यभार बन्न गएको छ । यो ऐतिहासिक कार्यभार पूरा गरेर मात्रै आर्थिक असमानता शोषण दमन र उत्पीडनबाट किसान र मजदुरहरुले मुक्ति प्राप्त गर्न सक्ने छन ।
नेपालमा आत्महत्या गर्नेहरु मध्ये ७.३ प्रतिसत आर्थिक कारणले हुने गरेको नेपाल प्रहरिको रिपोर्टमा उल्लेख गरेको पाइन्छ । त्यो डाटा आफैमा कति आधिकारिक छ भन्न सकिन्न । तर , नेपालमा पनि गरिबीका कारणले ज्यान गुमाउनेको सख्या उल्लेख्य रहेकोे छ । पछिल्लो समय कोरोनाले पारेको प्रभाव वा साम्राज्यवादी कर्र्पाेरेट पुँजिले उत्पन्न गरेको समस्याबाट सबैभन्दा ठूलो मानवीय क्षति किसान र मजदुरमा पुगेको छ । त्यसैले पुँजीवादी अर्थब्यस्थाका विरुद्ध विस्वका सम्पुर्ण किसान मजदुर एक भएर आफ्नो न्याय समनता र स्वतन्त्रताको लागि एकजुट भएर सघर्ष गरेर मात्र मुक्ती सम्भव हुनेहुँदा त्यो दिसामा सचेत पहलको आबस्यकता छ । अहिले जुन मात्रामा किसान र मजदुरहरु निराश र सघर्षबाट पलायन भएर जसरी आत्महत्याको बाटो समातेका छन त्यो गलत हो । त्यो गलत बाटोबाट उन्मुक्ति पनि सघर्षले मात्र दिन सक्दछ ।
२०७७ ÷०५ ÷२१

प्रतिक्रिया

सम्बन्धित खवर