नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःद्वारा श्रद्धाञ्जली व्यक्त

नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःद्वारा श्रद्धाञ्जली व्यक्त


काठमाडौं । मोर्चाका पूर्व केस र हाल ३ नं. प्रदेशका सदस्य अजय बज्राचार्यका बुबा जीवनरत्न बज्राचार्यको ८३ बर्षको उमेरमा भाद्र १८ गते, २०७७ मा निधन भएको उल्लेख गर्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःले दिवंगत जीवनरत्न बज्राचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठद्वारा जारी शोक वक्तव्यमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । दिवंगत बज्राचार्यका जीवनसंगिनीसहित ६ जना छोरा र एउटी छोरी रहेका छन् । अजय बज्राचार्य उहाँको माइलो छोरा हुनुहुन्छ ।