रफिकुल आलम एक विपन्न मजदुर थिए ।
उनको घर झापा गाउँपालिका–३ रुहिमारि हो
दिनभर गिटी वालुवा र माटोसंग खेल्दै ट्याक्टर चलाउनु उनको दैनिकी थियो ।

बुधबार कत्लावारीका ताजामुल हकले गोरु काटे
मुस्लिम समुदायले गोरुको मासु खानु भनेको कथित ब्राह्मण क्षेत्रीले खसिको मासु खानु जस्तै हो ।
वर्तमान सत्ताले त्यसलाई ‘गौ हत्या’ को संज्ञा दियो ।
गोरु काट्नु अपराध हो भन्यो ।
ताजामुल र अब्दुल सलामलाई हत्कडि लगाइयो ।

मुस्लिम समुदायले शासक वर्गको विरोध गर्यो ।

शासक वर्गले निहत्था मुस्लिममाथि गोलि चलायो
पुलिसको गोलिले रफिकुल आलमको हत्या भयो ।

मानौं रफिकुल भन्दा गोरु महान हो
मानौं एउटा गोरु काट्नु हजारौं रफिकुल मर्नु भन्दा धेरै हो ।
मानौं हत्या नै एक अचुक बदला हो
उनीहरुले रफिकुलको हत्या गरे !

अहिले रफिकुलको घर अँध्यारो छ
रफिकुलका अवोध छोराछोरी आफ्नो प्रीय बा खोज्दै छन
रफिकुल कि श्रीमतीको मुटु चुंडिएको छ
रफिकुलका बा आमा नबाल््ने पत्थर भएका छन ।

मित्रहरू हो !
यो एक बर्बरता हो
कथित धर्म, ईश्वर र जातको नाममा
प्रतिक्रियावादी शासक वर्गले
मानवजातिको विरुद्धमा गरेको यो एक अक्षम्य अपराध हो ।

जिउँदा रफिकुलहरुले बुझ्नु पर्दछ कि
यो व्यवस्था ध्वस्त गरेर मात्रै हाम्रो अधिकार स्थापित हुन्छ ।

आउ जिउँदा रफिकुलहरु !
यो व्यवस्थालाई धुलो खरानि गर्न हातेमालो गरौं
नयाँ जनवादी क्रान्तिको बाटोमा हिड्ने साहस गरौं !

प्रतिक्रिया

सम्बन्धित खवर