भाद्र ६ काठमान्डौ,
सरकारले किसानलाई उपयुक्त समयमा आवश्यक मल उपलब्ध नगराएकोमा चार किसान संगठनहरुको संयुक्त बक्तब्य प्रकाशित गरेका छन्, जसको पूर्ण पाठ तल दिइएकोछ–
संयुक्त बक्तब्य
देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र त्यसमा पनि मूख्यतः धानबालीका लागि आबश्यक पर्ने रासायनिक मल खाशगरी यूरिया र डिएपी सरकारले समयमा उपलब्ध गराउन नसकेर देशैभरीका किसानहरुमा आज हाहाकार मच्चिएको छ । कोभिड–१९ को बहानमा सरकारको यस्तो गैर जिम्मेवार रबैया र मूख्य बाली लगाउने बेलामा किसानहरुलाई परेको यो गम्भीर मार्काप्रति हामी चार किसान संगठनहरुको अत्यन्तै गम्भीर ध्यानाकर्षण भएको छ । शुरुमा मल आउैदछ, केही मौज्दाद पनि छ भनेर किसानको मागलाई बेवास्ता गर्दै किसानको आवाजलाई मौन पार्न खोजियो र अन्ततः मल ल््याउन नसक्ने लाचारी प्रकट गरेर उम्कने जुन घोर गैर जिम्मेवार ब्यबहार सरकारले देखाएको छ त्यसको हामी चार किसान संगठन तीब्र निन्दा तथा बिरोध र भत्र्सना गर्दछौ तथा मन्त्रि परिषदको आज बसेको पछिल्लो बैठकले पनि किसानको यो समस्यका बारेमा एक शब्द चुइक्क नबोलेको स्थितिले कृषि र किसानका समस्याप्रति सरकार कति उदासीन रहेको छ भन्ने पनि प्रष्ट देखिएको छ । यस्तो किािसमको रबैयाबाट तत्काल मुक्त भएर किसानलाई आबश्यक मल उपलब्ध गराउन हामी जोडदार माग गर्दछौं ।
शुरुमा धान रोपाई गर्दा नै रासायनिक मल चाहिने किसानहरुले रोपेको २२ दिनमा ‘टप ड्रेसिङ्ग’ गर्न पाइने आशा लगाएर पर्खिएर बसे । तर सरकारले कोरोना भाइरसको कारण लक डाउनको स्थितिमा मल ल्याउन नसक्ने भनेर बाहानाबाजी गर्दै तर्कने र किसानहरुसँग झर्कने काम गरेर रमिते भएर बस्यो । अब किसानको धानबाली उत्पादन न्यून हुन जाने र किसान थप मार्कामा पर्ने, आम उपभोक्ताले अनिकाल ब्यहोर्नु पर्ने र खाद्यान्न लगायतका बस्तुहरुमा फेरि पनि बाह्य देशहरुकै भर पर्नु पर्ने जुन नाजुक स्थिति सिर्जना हुदैछ त्यसको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्दछ र न्यून उत्पादनको जिम्मा सरकारले लिएर किसानलाई क्षतिपूर्ति दिनु पर्दछ भन्ने पनि हामी माग गर्दछौं ।

भैरबराज रेग्मी सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष
अखिल नेपाल किसान महासंघ(अप्फो) अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)
लोकनारायण सुबेदी कृष्ण राना
अध्यक्ष इञ्जार्ज
अखिल नेपाल किसान यूनियन अखिल नेपाल प्रगतिशील किसान संघ
२०७७ भाद्र ६

प्रतिक्रिया

सम्बन्धित खवर