चेपाङहरुको घरमा आगो लगाएर विचल्लीमा पारेको भन्दै जनजाति महासंघले निकाल्यो यस्तो वक्तव्य

चेपाङहरुको घरमा आगो लगाएर विचल्लीमा पारेको भन्दै जनजाति महासंघले निकाल्यो यस्तो वक्तव्य


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनजाति महासंघले एक वक्तव्य जारी गरी चितवन जिल्ला मादी न.पा.–९ कुसुमखोलामा वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्वासी चेपाङ्हरुको घर बस्तीमा आगो लगाएर मध्यबर्खामा विचल्लीमा पारेको भन्दै कडा विरोध गरेको छ । महासंघका अध्यक्ष डा. ओम गुरुङले जारी गरेको वक्तव्यमा यस्तो विवेकहीन कार्य र राज्य आतंकको घोर बिरोध गर्दै कुसुम खोलाबाट उठिवास पारिएका सुकुम्वासी चेपाङ्हरुलाई खान बस्न र स्वास्थ्य उपचार तथा अन्य आधारभूत सेवा सुविधाको अविलम्ब व्यवस्था गर्न जोड्दार माग गरिएको छ ।
मंगलबार जारी गरिएको वक्तव्यमा भनिएको छ, “यही साउन ४ गते चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीहरुद्धारा जलाउने र भत्काउने काम भएकोले सुरक्षाकर्मिहरुको त्यस्तो निन्दनीय कार्यप्रति बस्ती जलाईएको र भत्काईएको घट्नाले अखिल नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । एकातिर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस जस्तो प्राणघातक रोगको सम्क्रमणबाट उच्च जोखिममा परेका र अर्कोतिर अबिरल बर्षाका कारण बाढी पैरो र डुबानमा परी कस्टपूर्ण जीवन बिताइरहेका चेपाङजस्ता अति गरिब तथा अति सिमान्तक्रित जातिलाई यस्तो संकटपूर्ण अवस्थामा राज्यले खाने, बस्ने र स्वास्थ्य उपचार जस्ता आधारभूत सेवा सुबिधा उपलब्ध गराउनु पर्नेमा उल्टै बन समरक्षणको नाममा वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्वासी चेपाङहरुको घर जलाउने र भत्काउने गरी उनिहरुलाई बिचल्लिमा पार्नु जस्ता निकृष्ट र अमनवीय कार्यको अखिल नेपाल आदिवासी जनजाति महासंघ घोर भ्रत्र्सना गर्दछ । राज्यले गरेका र गर्ने यस्ता निकृष्ट र अमनवीय कार्यबाट नेपालका आदिवासी जनजातिहरुप्रति यो राज्य र अहिलेको सरकार कति अनुदार, कति निर्दयी, कति असहिष्णु र कति बिभेद्कारी छ भन्ने स्पस्त हुन्छ । अखिल नेपाल आदिवासी जनजाति महासंघ सरकारको यस्तो विवेकहीन कार्य र राज्य आतंकको घोर बिरोध गर्दै कुसुम खोलाबाट उठिवास पारिएका सुकुम्वासी चेपाङ्हरुलाई खान बस्न र स्वास्थ्य उपचार तथा अन्य आधारभूत सेवा सुविधाको अविलम्ब व्यवस्था गर्न जोड्दार माग गर्दछ ।”