१ साउन, काठमाण्डौं,
नेपालमा आज बिहिबार (१ असार) सम्म पिसीआर प्रविधिबाट ३ लाख ३ हजार ८१० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,९८१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,०५६ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्र्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २३ हजार ५०० रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
आज थपिएका १६७ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ भने आज निको भएर २१४ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ११ हजार २४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । साथै हालसम्म मृतकको संख्या ३९ पुगेको छ ।
आज १६७ जना नयाँ संक्रमित थपिए
नेपालमा आज १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी धनुषामा २७ जना, नवलपरासीपुर्वका १७ जना, ओखलढुंगामा १५ जना, कैलाली र कन्चनपुरमा १४्१४ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमाण्डौंमा जम्मा १ जना संक्रमित भेटिएका छन भने भक्तपुर र ललितपुरमा केहीदिनदेखि संक्रमित शून्य रहेका छन ।
नेपालमा आज १६७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७,३४४ पुग्यो
त्यस्तै रौतहटमा १२, बाँकेमा ८, डडेल्धुरामा ८, इलाममा ६, दैलेखमा ६, झापामा ४ सुनसरीमा ४, अछामका ४, मोरङमा ३, मकवानपुर र ३, सुर्खेतमा ३ जना थपिएका छन ।
त्यस्तै सल्यान, बाग्लुङ, जाजरकोट र पर्सामा २÷२ जना र उदयपुर, बझाङ, बर्दिया, सुर्खेत, रुकुमपश्चिम, बारा, काठमाण्डौं, स्याङजा, दाङ, मुगु, रुपन्देही र प्युठानमा १÷१ जना गरी आज जम्मा १६७ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका १६७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ३४४ पुगेको छ ।
आज २१४ जनाले कोरोनालाई जितेर घर फर्किए
नेपालमा आज २१४ जनाले कोरोनालाई जितेर घर फर्र्किएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २१४ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन ।
नेपालमा आज २१४ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ११,२४९ पुग्यो ।
आज २१४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११ हजार २४९ पुगेको छ । कूल निको हुने ६४।८५ प्रतिशत हो ।
कुन प्रदेशमा कति निको भए त ?
मन्त्रालयका अनुसार प्रदेश १ मा ७४४ जना, प्रदेश २ मा २,५३८ जना, बाग्मति प्रदेशमा ४०६ जना, गण्डकी प्रदेशमा ९३५ जना, प्रदेश नं ५ मा ३,५३७ जना, कर्णाली प्रदेशमा १,४७९ र सुदूरपश्चिम प्रदेशमा १६१० जना निको भएर घर फर्किएका हुन ।
कुन प्रदेशको आइसोलेशनमा कति छन त ?
प्रदेश १ मा ६७ जना, प्रदेश २ मा १,९१५ बाग्मति प्रदेशमा ४२८, गण्डकी प्रदेशमा ३८५, प्रदेश नं ५ मा ५५८ जना, कर्णाली प्रदेशमा ३१९ जना र सुदूरपश्चिम प्रदेशमा २,३८४ जनाको प्रदेशका बिभिन्न जिल्लामा रहेका आइसोलेशनमा उपचाररत रहेका छन ।
कुन प्रदेशमा कतिजनाको मृत्यु भयो त ?
प्रदेश १ मा शून्य, प्रदेश २ मा ५ जना, बाग्मति प्रदेशमा ९ जना, गण्डकीमा ५ जना, प्रदेश नं ५ मा १० जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ६ जना गरी जम्मा ३९ जनाको मृत्यु भएको हो ।
‘काठमाण्डौं उपत्यकामा ३ हजार कोरोनाको नमुना परीक्षण गर्दा ३ संक्रमित भेटिए’
स्वास्थ्य मन्त्रालयले काठमाण्डौं उपत्यकामा ३ हजारको हाराहारीमा कोरोनाको नमुना परीक्षण गर्दा जम्मा ३ जनामात्र कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ ।
पछिल्ला दिनमा पिसीआर नमुना परीक्षण घटाउँदै गएको मन्त्रालयले संक्रमितको संख्या घट्दै गएको, पोजेटिभ केस कम देखिएको र कन्ट्रयाक ट्रेसिङ गर्नु नपरेको तथा क्वारेन्टिनमा रहेका व्यक्तिहरुमा लक्षण नदेखिएको कारण पिसीआर परीक्षण घटाउँदै लगेको विहिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यी विभिन्न कारणले पिसीआर परीक्षणको दायरा दैनिक ६.७ हजारबाट घटाएर ४–५ हजारमा समिति राखिएको समेत जानकारी दिएका छन ।
‘काठमाण्डौं उपत्यकामा ३ हजार कोरोनाको नमुना परीक्षण गर्दा ३ संक्रमित भेटिए’
‘हाल हामीसँग १० हजार नमुना परीक्षण गर्ने क्षमता रहेको छ । आवस्यकता परेमा हामीले दैनिक १० हजार भन्दा बढी पिसीआर जाँच गर्न सक्षम छौं,’ डा. प्रवक्ताले भने, ‘हालैमात्र काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा नमुना परीक्षण गर्दा जम्मा ३ जनाको मात्रै पोजेटिभ आएको छ ।’
उनले संक्रमण दर कम भएकोले परीक्षण कम गरिदै लगेको बताउँदै जोखिम भने नघटेको बताएका छन । डा. गौतमले पिसीआर पोजेटिभ रेट घटेर २ देखि ३ मा झेरको समेत बताए ।
नेपालमा असार ३१ सम्मको कोरोना अपडेटः १७,१७७ संक्रमित, ११,०२५ निको, ३९ को मृत्यु