असार ९ काठमान्डौ,
अफगानिस्तान कम्युनिस्ट (माओइस्ट) पार्टीका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद–लेनिनवाद–माओवाद प्रतिको अगाध विश्वास र प्रतिवद्धताका साथ अफगानिस्तान र सम्पूर्ण विश्वका श्रमजीवि वर्ग तथा आम जनताका मुक्तिका निमित्त प्रतिवद्ध कमरेड जियाको असामयिक निधन भएकोछ । उहाँको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणद्धारा क्रान्तिकारी श्रद्धाञ्जली अर्पण गर्दै समवेदना सन्देश पठाइएकोछ र त्यसको पूर्णपाठ तल दिइएकोछ–
समवेदना सन्देश
केन्द्रीय समिति,
अफगानिस्तान कम्युनिस्ट (माओइस्ट) पार्टी,
विषय ः समवेदना सन्देश
कमरेडहरु,
अफगानिस्तान कम्युनिस्ट (माओइस्ट) पार्टीका अध्यक्ष कमरेड जियाको हृदयघातका कारण हुन गएको असामयिक मृत्युको खबरले हामी अत्यन्त मर्माहत भएका छौं । यस दुःखद घडीमा हामीले कमरेड जियाप्रति क्रान्तिकारी श्रद्धाञ्जली अर्पण गर्दछौं र पार्टीका आम कार्यकर्ता, अफगानिस्तानका क्रान्तिकारी जनता तथा कमरेड जियाका शोक सन्तप्त आफन्त र परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
कमरेड जियाको दुःखद निधनको घटनाले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा गम्भीर क्षति पु¥याएको छ । कमरेड जियाको निधन अफगानिस्तानका सर्वहारा वर्ग तथा उत्पीडित जनताका लागि मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कै लागि एउटा गंभीर क्षति हो भन्ने तपाईहरुको भनाइ एकदम सही छ । तर, जतिसुकै दुःखदायी भए पनि र जतिसुकै ठुलो क्षति बेहोर्नु पर्ने भए पनि हामीले उहाँको क्रान्तिकारी विरासतलाई निरन्तर पछ्याएर मात्र त्यो पीडा र क्षतिलाई शक्तिमा बदल्न सक्छौं, हामीसंग अर्को कुनै विकल्प छैन । माक्र्सवाद–लेनिनवाद–माओवाद प्रतिको अगाध विश्वास र प्रतिवद्धताका साथ अफगानिस्तान र सम्पूर्ण विश्वका श्रमजीवि वर्ग तथा आम जनताका मुक्तिका निमित्त कमरेड जियाले छाडनु भएको विन्दुबाट क्रान्तिलाई अगाडि बढाउने प्रक्रियामा नै यो क्षतिमाथि कमरेडहरुले विजय प्राप्त गर्नुृ हुनेछ । कमरेडहरुको यो प्रयासमा हाम्रो पार्टी सधैं तपाइहरुको साथ हुने छ ।
सर्वहारा अन्तराष्ट्रियतावादी अभिनन्दन सहित !
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर