नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति जाजरकोटको प्रेस वक्तब्य

गाउँपालिकास्तरमा भ्एका भ्रष्टाचारी क्रियाकलापहरु प्रति घोर भत्सर्ना गर्दै भारतको उत्तराखण्डमा रोयर बसेका कुल्ली मजदुरहरुको यथासिघ्र उद्दार गरियोस भनी जोडदार माग गर्दछ

प्रकाशित मिति : २०७७ जेष्ठ १०
नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति जाजरकोटले जाजरकोट जिल्लाकै विकट गाउँपालिकाको रुपमा चिनीने बारेकोट गाउँपालिका लगायतका जिल्लाका विभिन्न स्थानहरुका जनता भारतमा गएर कृही कमाई गर्ने र चीनको लाहासमा गएर खाद्यान्न किनमेल गर्ने गर्दै परापूर्व कालदेखि दुःखद जिवन यापन गर्दै आएका तर अहिले ती हजारौं गरिव मजदुरहरु भारतको विभिन्न स्थानमा अलपत्र परेका छन । भारतको उत्तरा खण्डमा मात्र करिब ६३ जनाको लिष्ट जिल्ला पार्टीसँग आईपुगेको छ भन्दै भारतको उत्तराखण्डमा रोयर बसेका कुल्ली मजदुरहरुको यथासिघ्र उद्दार गरियोस भनी जोडदार माग गरेको छ । प्रेस वक्तब्यको पूर्ण पाठ तल दिइएकोछ ः
प्रेस वक्तब्य
विश्व कोरोना भाईरस (कोभिड १९)को कहरमा रहेको अवस्थामा नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाकै विकट गाउँपालिकाको रुपमा चिनीने बारेकोट गाउँपालिका लगायतका जिल्लाका विभिन्न स्थानहरुका अयmभ तय तजभ क्ष्लमष्ब न्य तजय तजभ ीबजबकब गर्दै परापूर्व कालदेखि दुःखद जिवन यापन गर्दै आएका हजारौं गरिव मजदुरहरु भारतको विभिन्न स्थानमा अलपत्र परेका छन । भारतको उत्तरा खण्डमा मात्र करिब ६३ जनाको लिष्ट हामीसँग आईपुगेको छ । लिपुलेक कालापानी र लिम्पीयाधुराको विषय अलि पेचीलो ढंगले गएपछि अझ भारतीयहरुले कुल्ली मजदुरी गरि भारतमा बसीरहेका नेपालीहरु माथि दुरब्यवहार गरिरहेको उनीहरु बताउँछन् । जंगल र सडकका छेउछाउहरुमा पाल टाँगेर टंटलापुर घाम र मच्छेडको चर्को टोकाईको पिडामा जिवन यापन गरिरहेका उनीहरुलाई भारतीय प्रहरी प्रशासनले उक्त ठाउँ छोडी नेपाल जान भन्दै धरपकड गरेको कुरा उनीहरु बताउँछन । उनीहरुलाई यो गंभिर नोवेल कोरोना महामारीको अवस्थामा त्यहाँको सरकारले न काम दिएको छ नत खानको लागि कुनै राहत दिएको छ ।
जिल्लाको बारेकोट गाउँ पालिकामा राजनीति वाहेक अरु कुनै कुराले छोएको छैन । जब चुनाव आउँछ चलहपहल बढ्छ त्यो क्षेत्रको विकास गर्ने कुरा आउँछन त्यहाँको सुन्दर मनोरम प्राकृतिक दृश्य, बनजंगल, खोलानालाको, बन्यजन्तु र वहुमुल्य जडीबुटीहरुको वखान गर्दै त्यो क्षेत्रलाई राष्ट्रिय निकुन्ज बनाउँछौं, रिङरोड बनाउँछौं, शिक्षा, स्वास्थ्य र संचारको ब्यापक विकास गर्दै अन्ततः स्वर्ग बारेकोट बनाउँछौं भन्दै त्यहाँका जनताहरुलाई ढाँट्ने गरेको कुरा त्यहाँका स्थानीहरु बताउँछन् । संसारकै लोपोन्मुख पन्छी गिद्दको र रेड पाण्डाको संरक्षणका लागि विशेष योजना ल्याउने लल्कार नेताहरुबाट अविरल मुखरित भई नै रहेको हुन्छ ।
हाल सम्म त्यहाँ भरपर्दो संचार माध्यम नै छैन । त्यो क्षेत्रको संचारको एकमात्र माध्यमको रुपमा रहेको सि.डी.एम.ए.को टावरमा ब्याकअप नभएको कारण दिनमा चर्को घाम लाग्दा मात्र मोवाईलले काम गर्ने गर्छ भने बदली भएको दिन र सुर्यास्त पछाडी सम्पर्क विहिन हुनुपर्दछ । त्यहाँ नमस्तेको टेलीकमको टावर गत आर्थिक वर्षको शुरुमा नै बन्न थालेको हो । आज सम्म पनि उक्त टेलिफोनको टावर तयार हुन सकेको छैन । टावर गाड्नका लागि खनिएको खाडल जस्ताको त्यस्तै छ । सामानहरु बाटोको विभिन्न ठाउँमा अलपत्रको अवस्थामा देखिन्छन् । त्यहाँ सम्म स्थानीय रेडियोहरुले पनि नटिप्ने हुनाले २१ औं सताब्दीको जाजरकोट जिल्लाको बारेकोट गाउँ पालिका सञ्चारविहिन रहेको छ । गाउँपालिका भित्रका सडक निर्माण, भवन निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि  आदि सबै क्षेत्रमा सिण्डिकेट प्रणालिको लादिएको र एकलौटी दादागीरीमा चलाईएको छ ।
बारेकोटको कुसे गाउँ पालिकाको सिमाना हानीसल्ला देखि छेरागाड सम्मको  सामुदायिक सडक निर्माणका लागि  १ करोड २० लाख निर्णय भईसकेको योजनालाई निजि स्वार्थ पुरा गर्नका लागि राष्ट्रिय ठेकेदारहरुको प्रतिस्पर्धा गराउनुले समानुपातिक, समावेशी र सहभागिता मुलक लोकतान्त्रीक संघिय शासन प्रणालीको मुल्य मान्यताको अवज्ञा गरेको प्रमाणित गर्दछ ।  
क्वारेन्टाईनको अवस्थामा पनि राहत वितरण समितिमा सरकारी दल र पहुँचवाला जाती वर्गसमुदायका मानिसहरु मात्र रहेका छन् । राहत वितरण कार्यमा सिण्डीकेट लगाई आफ्ना नतागोता र पार्टीका कार्यकर्तालाई मात्र वितरण गरिएको छ। केही समय अघि नेपालका विभिन्न स्थानहरुबाट बारेकोट गाउँ पालिका पुगेका जनताहरुलाई क्वारेन्टाईनमा राखिएको ५ दिनमै समुहको एकजना आफ्नो मान्छेलाई मात्र ¥यापिड टेष्ट गरि घर पठाउने जस्तो जोखिम पूर्ण गैर जिम्मेवार कार्य त्यहाँका जिम्मेवार समितिले गरेको हो । ध्ज्इ को मापदण्ड अनुसारको क्वारेन्टाईनको अवधि पुरा नगरेको हुनाले त्यहाँ भविश्यमा हुन सक्ने खतराको जिम्मेवारी पनि त्यही समिति हुनेछ । यस्तो गैर जिम्मेवारीका विषयमा रचनात्मक टिप्नी गर्ने ब्यक्तिहरु संग निमछरो ब्यवहार गरेको कुरा प्रति अपत्ति रहेको छ ।
चाहे महाअपत्तिको यस घडीमा होस या अन्य कुनै गम्भीर अवस्थामा पनि स्थानीय सरकारको भुमिका निकै खेदजनक रहेको छ । यस्ता प्रकारका सहभागितामुलक, समावेशी र समानुपातिक राज्यब्यवस्थाको खिलापमा अलोकतान्त्रीक आपत्ति जनक भ्रष्टाचारी क्रियाकलापहरु प्रति घोर भत्सर्ना गर्दै संवन्धित निकायको ध्यानाकृष्ट गराउन चहान्छौं । भारतको उत्तराखण्डमा रोयर बसेका कुल्ली मजदुरहरुको यथासिघ्र उद्दार गरियोस भनी जोडदार माग गर्दछौं ।
मिति ः १० गते शनिवार २०७७
नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति जाजरकोट
रामबहादुर बुढा‘राजन’
संयोजक