राष्ट्रिय स्वाधीनताको अभियानमा हस्तक्षेप र नेताकार्यकर्तामाथिको धरपकड नरोके कडा प्रतिरोधमा उत्रने क्रान्तिकारी माओवादीको चेतावनी

प्रकाशित मिति : २०७६ फाल्गुन १


काठमाडौं । राष्ट्रिय स्वाधीनताको रक्षा तथा संगठन विस्तारको जारी अभियानको क्रममा प्रहरी प्रशासनले क्रान्तिकारी माओवादीलाई ठाउँ ठाउँमा अवरोध खडा गर्ने र कार्यक्रममा हस्तक्षेप गरी नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिरहेको भन्दै क्रान्तिकारी माओवादीले उक्त कार्य नरोके कडा प्रतिरोधमा उत्रने चेतावनी दिएको छ । क्रान्तिकारी माओवादीका ३ नंं प्रदेशका सचिव प्रवेशले आज एक वक्तव्य जारी गरी पार्टीका जारी अभियानको क्रममा अभियान दलको पर्चा र नेपालको वास्तविक नक्सा खोस्ने, अभियानकै कार्यक्रम अन्तर्गत बिहीबार अर्थात् फागुन १ गते जनयुद्ध दिवस मनाउने क्रममा दोलखा पार्टी सेक्रेटरी तथा प्रदेश सदस्य गोविन्द काफ्ले, जिल्ला सदस्य भगवानचन्द्र उप्रेतीलाई गिरफ्तार गरेको र साउण्ड सिस्टमसमेत जफत गरेको भन्दै प्रहरी प्रशासनको उक्त कदमलाई फासिवादी र निरंकुश घटनाको संज्ञा दिंदै त्यसको घोर निन्दा एवम् भत्र्सना गरेको छ ।

वक्तव्यमा गएराती भक्तपुर जिल्ला सदस्य सुन्दर श्रेष्ठको घरमा छापा मारी नेपालको नक्सा र पर्चा जफत गरेको र चितवन जिल्लामा अभियान दलमाथि हस्तक्षेप गरेको भन्दै यस्तो गैरन्यायिक र संविधान प्रदत्त शान्तिपूर्ण कार्यक्रम गर्न पाउने अधिकार कुन्ठित गराउने कार्य नरोके सशक्त प्रतिरोध गर्न बाध्य हुने उल्लेख गरिएको छ । माथि गरेको हस्तक्षेप घरमा छापा मार्ने लगायतका कार्य गरी क्रान्तिकारी माओवादीका कार्यक्रममा प्रहरीद्वारा ठाउँ ठाउँमा हस्तक्षेप, दोलखाका सेक्रेटरी काफ्ले पक्राउ, भक्तपरका नेताको घरमा छापा मारियो, चितवनमा पर्चा र नेपालको नक्सा खोसियो, पार्टीद्वारा सशक्त प्रतिरोध गर्ने चेतावानी
क्रान्तिकारी माओवादीलाई जनयुद्ध दिवस मनाउ अवरोध पर्चा र नेपालको नक्सा खोस्ने, जनयुद्ध दिवस मनाउन