तनहूँ । नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको आयोजनामा बुधबार तनहूँको डुमे्रमा आयोजना गरिएको राष्ट्रिय स्वाधिनताको रक्षार्थ जागरण अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ ।
राष्ट्रिय स्वाधिनताको रक्षार्थ गर्न थालिएको जनजागरण अभियान अन्तरगतको कार्यक्रममा जनयुद्ध दिवस र जनयुद्धका सहिदहरुको पक्षमा नाराबाजी गर्न लागेको भन्दै प्रहरीले करिब एक घण्टा हस्तक्षेप गरेर कार्यक्रम गर्न नदिएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ का अध्यक्ष क. नेत्र रानाभाटले बताउनुभयो ।
अभियानको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपनि त्यसलाई भण्डाफोर गर्दै कार्यक्रम गरिएको थियो ।
जनजागरण कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ का इन्चार्ज क. चन्द्रहरि सुवेदीले
राष्ट्रिय स्वाधिनताको रक्षार्थ गरिएको कार्यक्रममा पनि प्रहरी हस्तक्षेप गरेर कार्यक्रम गर्न नदिनुले सत्ताधारी नेकपाको नाङ्गो चरित्र प्रष्ट भएको बताउनुभयो । कार्यक्रममा सुवेदीले एमसीसी खारेजीको लागि देशभर जनजागरण अभियान चालिएको बताउनुभयो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ का अध्यक्ष क. नेत्र रानाभाटको अध्यक्षता र सञ्चालनमा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ का सेक्रेटरी क. केशबहादुर परियार र तनहु सेक्रेटरी क. बाबुराम सुबेदी लगायतले बोल्नुभएको थियो ।

यसैबीच नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ को आयोजनामा तनहूँको भानु नगरपालिकामा जनयुद्ध दिवस विविध कार्यक्रम गरी मनाइने भएको नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ का सेक्रेटरी केशबहादुर परियारले बताउनुभयो ।

हार्दिक शुभकामना !

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर