झाँकी र ¥यालीसहित आन्दोलनको रुपमा मनाइदै २५ औं विश्व आदिवासी दिवस, राष्ट्रिय सभागृहको विशेष समारोहलाई महासचिव किरणले सम्बोधन गर्ने

प्रकाशित मिति : २०७६ श्रावण २४

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट आदिवासी जनजातिहरुले २५ औं विश्व आदिवासी दिवस आन्दोलनको रुपमा मनाउदै छन् । सो पार्टी निकट अखिल नेपाल जनजाति महासंघको मुख्य आयोजनामा आज अर्थात् शुत्रबार (२४ साउन) जुलुस सहितको ¥याली र साँस्कृतिक कार्यक्रमसहित विशेष समारोहको आयोजना गरिदैछ । उक्त समारोहलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको महासंघका अध्यक्ष डा. ओम गुरुङले बताए ।

अध्यक्ष गुरुङका अनुसार दिउसो १२ बजे बसन्तपुरबाट शुरु हुने झाँकी सहितको ¥याली भृकुटी मण्डप स्थित राष्ट्रिय सभागृहमा पुगी विशेष समारोहमा परिणत हुनेछ । कार्यक्रममा आदिवासी जनजाति साँस्कृतिक परिवार र सामना साँस्कृतिक परिवारले गीत संगीत प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ ।

विश्वको विभिन्न देशहरुमा करिब ३७ करोड आदिवासी जनजातिहरुको सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक अधिकार प्रवद्र्धन गर्न संयुक्त राष्ट्र संघले अगस्त ९ लाई उक्त दिवस घोषणा गरेको २४ बर्ष पुरा भई २५ औ बर्षमा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय महिलाहरुका लागि मार्च ८, मजदुरका लागि मे १ जस्तै आदिवासीहरुको अगस्ट ९ लाई अन्तर्राष्ट्रिय पर्वको रुप मनाउने गरिएको छ । नेपालमा भने आदिवासी जनजातिप्रति नेपालको नोकरशाही दलाल पुँजीपति तथा सामन्ती ब्रम्हाणवादी राज्यव्यवस्थाले यस दिवसलाई बेवास्त गर्दै आएको छ ।

जातीय मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर लैजानुपर्ने, आत्मनिर्णयको अधिकारसहितको स्वायत्त शासनमा आधारित पहिचानसहितको संघीयता, समानुपातिक प्रतिनिधित्व लगायतका मुद्दाहरु उठाउँदै आएको महासंघले छरिएर रहेका मुक्तिकामी जनजातिहरुलाई संगठित गर्दै आएको छ र आफ्नो मुक्ति अभियानलाई अगाडि बढाउन सशक्त आन्दोलनको तयारी पनि गरिरहेको छ । पछिल्लो समय आमूल परिवर्तनका पक्षधर जनजातिहरु डा. गुरुङ नेतृत्वको अखिल नेपाल जनजाति महासंघमा संगठित हुँदै गएका छन् ।