ओली नेतृत्वको सरकार अहिलेसम्मकै ठूलो भ्रष्टाचारी : प्रवक्ता प्रतीक

प्रकाशित मिति : २०७६ श्रावण २०

- मधुकर थापा


धरान । नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता तथा पूर्वी ब्यूरोका इन्चार्ज प्रतीकले ओली नेतृत्वको वर्तमान सरकार अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी भएको टिप्पणी गरेका छन् । प्रवक्ता प्रतीकले पार्टीको १ नं. प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सुनसरीको धरानमा सम्बोधन गर्ने क्रममा यस्तो टिप्पणी गरेका हुन् ।

प्रवक्ता प्रतीकले ओली सरकारले कम्युनिस्टको नाम भजाई कम्युनिस्ट नामलाई नै बद्नाम बनाएको समेत टिप्पणी गरे । सरकारले जनविरोधी र राष्ट्रघाती गतिविधिले क्रान्तिको लागि अनुकूल वातावरण बनाएको विश्लेषण गर्दै प्रवक्ता प्रतीकले परिस्थितिलाई उपयोग गर्न क्रान्तिकारीहरुले पहल लिनुपर्ने आवश्यकता औल्याए ।

यसैबीच, क्रान्तिकारी माओवादीको १ नं. प्रदेशको बैठकले प्रतिरोध संघर्ष र जनसंघर्ष उठानमा मुख्य जोड गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशका सबै जिल्लाहरुमा १५ दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।