काभ्रेमा अनेमसंघ (क्रान्तिकारी)को जिल्ला भेला सम्पन्न

काभ्रेमा अनेमसंघ (क्रान्तिकारी)को जिल्ला भेला सम्पन्न


बनेपा । अनेमसंघ (क्रान्तिकारी) काभ्रेको भेला शनिबार बनेपामा सम्पन्न भएको छ । भेलाले तेलीमाया थिङको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटि निर्माण गरिएको छ । भेलाले संगठनको उपाध्यक्षमा अस्मिता स्याङ्तान, सचिवमा लक्ष्मी लामा, सहसचिवमा कृष्ण माझी र कोषाध्यक्षमा सिर्जना तामाङलाई चयन गरेको छ । भेलाले सदस्यहरुमा निर्मला घिसिङ, जुनुमाया थिङ, समिक्षा गौतम, सिर्जना गौतम, फुलमायागौतम लगायतलाई चयन गरेको छ ।

संगठनकी केन्द्रीय महासचिव शारदा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा पार्टी केस कान्छाराम तामाङ, क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज सोमानसिंह तामाङ, संगठनकी ३ नं. प्रदेशकी सचिव धनमाया निरौला, अखिल (क्रान्तिकारी)की उपाध्यक्ष शिलु न्यौपानेलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।