गुल्मी । नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, अखिल (क्रान्तिकारी) ५ नं. प्रदेशले छुट्टा छुट्टै संकलन गरेको पहिलो पीडितहरुका राहत एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ । अर्जुन तरामुले सञ्चालन गरेको कार्यक्रममा क्रान्तिकारी माओवादी तथा देजमो ५ नं. प्रदेशको तर्फबाट ३० हजार, अखिल (क्रान्तिकारी) ५ नं. प्रदेशको तर्फबाट २० हजार र देजमो रुपन्देहीको तर्फबाट १० हजार गरी संकलित ६० हजार रुपैयाँ देजमोका केन्द्रीय उपाध्यक्ष तथा ५ नं. प्रदेशका अध्यक्ष केवी गुरुङले मंगलबार सत्यवती गाउँपालिकाका वडा नं. ३ का अध्यक्ष रुकबहादुर रानामार्फत् पीडितहरुलाई बुझाए ।

हार्दिक शुभकामना !

सो अवसरमा क्रान्तिकारी माओवादीका पिविएम तथा गुल्मी इन्चार्ज धनेश्वर पोखर, गुल्मी जिल्ला सेकरेटरी टिकाराम राना, रुपन्देही जिल्ला सेकरेटरी बिनोद मरासिनी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


अखिल (क्रान्तिकारी)ले विध्यालय, कलेज लगायत सर्वसाधारणसँग राहत संकलन गरेको थियो । विध्यार्थी, शिक्षक तथा सर्वसाधारणबाट संकलन गरिएको रकम पहिरो पीडितलाई बुझाइएको विध्यार्थी नेता महेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार