अक्टुवर क्रान्ति एक विश्व क्रान्ति थियो : कमरेड सीपी गजुरेल

अक्टुवर क्रान्ति एक विश्व क्रान्ति थियो : कमरेड सीपी गजुरेल

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष कमरेड सीपी गजुरेलले लेनिनले रुसमा सम्पन्न गरेको महान् अक्टुबर क्रान्ति एक विश्व क्रान्ति थियो भन्दै यसको वैश्विक चरित्रका बारेमा प्रकाश पारेका छन् । २२ अप्रिल अर्थात् नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अबसरमा अध्यक्ष गजुरेलले उक्त कुरा बताएका हुन् ।

लेनिनले विश्व क्रान्तिलाई मार्ग दर्शन गर्ने गरी समग्र विचारको विकास गरेकाले यो केवल मार्क्सवाद रुसी भूमिमा मात्र लागू गरिएको नभई मार्क्सवादको थप सार्वभौम विकास पनि थियो ।

एउटा देशमा मात्र क्रान्ति संभव छैन भन्ने ट्राटस्की र एकदेशीय समाजवाद पनि त्यहाँको विशिष्टतामा लागू हुन्छ भन्ने लेनिनका बीचमा निकै ठूलो दुईलाइनसंघर्ष चलेको थियो । मार्क्सले व्याख्या गरे झैं पुँजीवाद अन्तर्गत औद्योगिक विकास नभएसम्म समाजवादी क्रान्ति संभव नभएको ट्राटस्कीको र साम्राज्यवादी कडी कमजोर भएको रुसजस्तो देशमा एकदेशीय विशिष्टतामा पनि क्रान्ति संभव भएको लेनिनको जिकिर थियो ।

लेनिन यसमा सफल भएर रुसमा क्रान्ति सम्पन्न गरिएपछि यसको विश्वव्यापी प्रचारमा लेनिन जुटे । मार्क्स र एंगेल्सका बेलामा पनि हुने गरेका टुटफुट र उतार चढावबाट पाठ लिएर अन्तर्राष्ट्रिय गठन र प्रचारप्रसारमा लेनिनले तिब्रता ल्याउने कामहरुको थालनी गर्न थाले । तर पनि त्यहाँ टुटफुट र विभाजनहरु आइ नै रहे ।

स्वयम् लेनिन पनि निकै लामो ट्टफुट र एकताको प्रक्रियाबाट आएका थिए । उनलाई मेन्सेविक एक महिलाले गोलीसमेत् हानेकी थिइन् । यस्तो संगीन अवस्थामा पनि लेनिन कम्मर कसेर अन्तर्राष्ट्रिय पुनर्गठन तथा प्रचारमा जुटिरहेका थिए ।

रुसमा स्थापना भएको समाजवादले मार्क्सवादलाई प्रयोगमा नआउने युटोपिया हुनबाट जोगाएको थियो । नेपालमा पनि चिनियाँ महान नेता माओको विचार र कार्यदिशाबाट प्रभावित र निर्देशित भएर १० वर्षे जनयुद्ध चल्यो तर नेताहरुको गद्दारी र धोखाका कारण त्यो टिक्न सकेन ।

अब क्रान्तिकारी माओवादी पार्टीले बिद्रोहको कार्यदिशा अबलम्बन गर्दै संघर्षलाई अघि बढाउने सोच विकसित गरिरहेकाले लेनिनका बारेमा बढी पढ्न र बुझ्न आवश्यक रहेको छ ।