
काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट प्रगतिशील कानुन व्यवसायी एशोसियसन नेपालका केन्द्रीय भेला आयोजक समितिका सदस्य अभिवक्ता देवकुमार मोक्तान नेपाल बार एशोसियसन काभ्रेको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । ६ असोजमा भएको निर्वाचनमा सबै पदाधिकारी, कार्यसमितिका सदस्य र पार्षद सदस्यहरु निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

प्राप्त जानकारी अनुसार उपाध्यक्षमा विजयभक्त श्रेष्ठ, सचिवमा मधुसुदन वाग्ले, सहसचिवममा लालतारा अधिकारी, कोषाध्यक्षमा रामप्रसाद मानन्धर, सदस्यहरुमा दिनेशकाजी श्रेष्ठ, परमात्माराम पराजुली, हरिशरण बस्नेत, पुष्पराज थापा, निरोज प्रसाद नेपाल, प्रकाश बञ्जरा, कमल प्रसाल तिमिल्सिना रहेका छन् भने पार्षद सदस्यहरुमा इश्वर शर्मा बञ्जरा, मुकुन्द मुनकर्मी, कुमार तिमिल्सिना, शान्ता पन्त र बुघरन्न मानन्धर रहेका छन् ।































