काठमाडौं । जारी एभरेष्ट प्रिमियर लिगको बुधबार भईरहेको दोस्रो खेलमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रियट्सलाई १ सय १० रनको विजय लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दोस्रो जितको खोजिमा रहेको काठमाडौंले १९ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९ रन जोडेको हो ।
काठमाडौंका कप्तान केभिन ओव्रायनले सर्वाधिक ४२ तथा सिद्धान्त लोहनीले २१ रन बनाउनु वाहेक अन्य खेलाडीहरुले सम्झनलाएक प्रदर्शन गर्न सकेनन् । काठमाडौंका ८ खेलाडीहरुले दोहोरो अंक समेत छुन सकेनन् । उसका तीन खेलाडीले खाता समेत खोल्न सकेनन् ।
काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा ललितपुरका पवन सर्राफले ३ तथा रासिद खान र योगेन्द्र सिंह कार्कीले समान २–२ विकेट लिए । ललितपुरले यसअघि खेलेका ३ खेलमा २ मा जित तथा एकमा हार व्यहोरेको छ । यस्तै काठमाडौंले एक खेल खेल्दा त्यसमा जित हात पारेको छ ।
यो समाचार बनाईराख्दा जवाफी ब्याटिङ गरिरहेको ललितपुर प्याट्रियट्सले विना कुनै क्षति चार ओभरमा ३७ रन बनाएको छ ।