काठमाडौं । अमेरिका छिरेका आप्रवासीहरुप्रति कडा रबैया अपनाएको भनेर अमेरिकी जनता ट्रम्प प्रशासनविरुद्ध सडक प्रदर्शनमा ओर्लिएका छन् ।

हालै मात्र अमेरिका प्रवेश गरेका अफ्रिकी मूलका केही आप्रवासीहरुका छोराछोरीहरुलाई तिनका आमाबाबुबाट अलग्याएको कुरालाई लिएर अमेरिकामा यो विरोध जनाइएको हो । ‘तिमीहरुलाई अमेरिकामा स्वागत छ’ लेखिएका प्लेकार्डहरु बोकेका जनताले वासिङ्गटन डीसी र न्युयोर्कमा विरोध प्रदर्शन गरेका हुन् ।

छुट्याइएका केटाकेटीहरुको न त स्पस्ट नाम, थर र ठेगाना खुल्ने गरी नामावली राखिएको छ, न त उनका आमाबाबासँग भेट्न नै दिइएको छ । सङ्घीय आप्रवासन कार्यालयका बाहिर केही दिनदेखि राष्ट्रपतिका कदमविरुद्ध विरोध प्रदर्शनका कार्यक्रमहरु हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर