‘ओली–दाहालको समाजवाद निर्माणको हुइँया ख्रुश्चेवी संशोधनवादको केही फरक ढङ्गको पुनरावृत्ति मात्र हो’ : हुकुमबहादुर सिंह

प्रकाशित मिति : २०७५ जेष्ठ २६

१. एमाले–माकेको गठबन्धनबाट बनेको ‘नेपाल कम्युनिस्ट पाटी (नेकपा)’ले भन्ने गरेको ‘समाजवाद निर्माण’लाई क्रान्तिकारी माओवादीले झुठ्को खेती भनेको कुरालाई तपाईँले ख्रुश्चेव र माओविचको महाविवाद भनी एक आलेखमार्फत् सार्वजनिक गर्नु भएको छ । नेपालको सन्दर्भमा यसको प्रसङ्ग जोडिदिनुस् न ।

अहिलेको नव गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भन्ने गरेको ‘समाजवाद निर्माण’लाई क्रान्तिकारी माओवादीले झुठ्को खेती भनेको कुरा माक्र्सवादी–लेनिनवादी दृष्टिकोणबाट सही देखिन्छ । किनभने प्रथम नेकपा एमाले र माओवादी केन्द्र विघटन गर्दै गठन गरिएको ‘नेपाल कम्युनिस्ट पाटी (नेकपा)’ सिद्धान्त, विचार र कार्यदिशाको हिसावले ख्रुश्चेभी नवसंशोधनवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्दछ, त्यसैले त्यो कम्युनिस्ट पार्टी नै होइन र यो पार्टी खासमा दुई जना ‘पुँजीवादी लेफ्टीनेन्टहरु–ओली र दाहाल’को पार्टी हो । र, योे पार्टी निर्वाचन आयोगमा दर्ता भएको कम्युनिस्ट नामको एउटा संसदीय राजनीतिक दल हो ।

दोस्रो अहिले नेपालमा आफूलाई ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’भन्नेहरुले संसद र प्रदेश निर्वाचनमा करीब करीब दुई तिहाई मतका साथ सरकार बनाएका छन् । उनीहरु आफूलाई माक्र्सवादी—लेनिनवादी भन्दछन् र सर्वहाराले सत्ता खोसेको झै गरी देशमा समाजवादी क्रान्ति गर्ने भनेर कोकोहोलो पनि गर्दैछन् । उनीहरुको समाजवादी क्रान्तिको डम्फूको ताल नेपालको संविधान २०७२ हो । जसमा समाजवाद उन्मूख अर्थतन्त्र लेखिएको छ भन्ने छ । के निश्चित हो भने वर्तमान संविधानमा लेखिएको समाजवादउन्मूख अर्थतन्त्रले उनीहरुलाई केबल एकाधिकार दलाल नोकरशाही पु“जीवादतर्फ मात्रै लैजान्छ । तै पनि जनताका बीचमा आफूलाई माक्र्सवादी—लेनिनवादी भन्ने भ्रम दिइरहेकाले उनीहरुले भन्ने समाजवाद कस्तो हो, जनताका बीचमा स्पष्टताका लागि बहसको खांचो अवश्य छ ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा विश्व सर्वहारा क्रान्तिका दुईवटा मोडल स्थापित छन् : रसियन र चिनियाँ मोडल । त्यसैगरी समाजवादी निर्माणका सन्दर्भमा पनि हामीसित दुईवटा अनुभवहरु छन् : रसियन र चिनियाँ अनुभवहरु । यी अनुभवहरुसित ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’भन्नेहरुले परिकल्पना गरेको समाजवादको कहिं कतै पनि मिलन हुनै सक्दैन । यदि छ भने ख्रुश्चेभको नवसंशोधनवादले अगाडि सारेका तीन शान्तिपूर्णहरू– शान्तिपूर्ण सङ्क्रमण, शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धाको अवलम्वनसित छ । जसलाई नेपालमा स्व. मदनभण्डारीले अगाडि ल्याएको नया“नाम जनताको बहुदलीय जनवाद(जबज) भनिन्छ । ख्रुश्चेभको बदनाम नवसंशोधनवाद नै सारमा नेपालमा मदन भण्डारीको जबजमा पुनरावृत्ति हो । जसलाई अहिले एमाले र माकेको संयुक्त पार्टी– ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ले मार्गनिर्देशक सिद्धान्त मानेको छ । तर माक्र्सवाद–लेनिनवाद–माओवादले वर्गसङ्र्घलाई स्वीकार गर्नुका साथै वर्गसङ्र्घ र सर्वहाराको अधिनायकत्व दुवैलाई मान्यता दिन्छ ।

आजको समयमा माक्र्सवादी हुनका लागि वर्ग सङ्घर्ष र सर्वहाराको अधिनायकत्वलाई स्वीकार गर्नु मात्रै काफी हुँदैन, एउटा माक्र्सवादी भनिन उसले महान् सर्वहारा सांस्कृतिक क्रान्तिका आधारभूत बुझाइलाई स्वीकार गर्नुपर्दछ । यसरी वर्ग सङ्घर्ष, बलप्रयोगको सिद्धान्त, सर्वहाराको अधिनायकत्व र सर्वहारा सांस्कृतिक क्रान्तिका आधारभूत बुझाइलाई स्वीकार नगर्नेहरु आखिरमा माक्र्सवादी—लेनिनवादी नभई ख्रुश्चेभको नव संशोधनवादीहरु हुन् । वर्तमानमा सरकारी ख्रुश्चेभको नव संशोधनवादी कम्युनिस्टहरुको काम नेपालमा पुँजीपतिको चालबाजीपूर्ण योजनालाई नेपालको धर्तीमा कार्यान्वयन गर्ने नै हो । तै पनि नेपालका कम्युनिष्ट समर्थक जनतालाई समाजवादका कुरा गरेर केही समयसम्म भ्रममा राखिरहन उनीहरु चाहन्छन् । यस्ता ख्रुश्चेभी नव संशोधनवादीहरुका विरुद्ध सैद्धान्तिक, राजनीतिक, वैचारिक सङ्घर्ष चलाएर मात्र नेपाली जनतालाई यिनीहरुको गलत उद्देश्यहरुबारे स्पष्ट बनाउन सकिन्छ ।

१९५३ मा, स्तालिनको मृत्युपछि, जसरी ख्रुश्चेभद्वारा नेतृत्व गरिएको एउटा संशोधनवादी गुटले ‘कु’ ग¥यो र सोभियत सङ्घको कम्युनिष्ट पार्टीमाथि, अनि अन्तर्राष्ट्रिय सर्वहाराको नेतृत्वदायी पार्टीमाथि नियन्त्रण ग¥यो, त्यो बेलामा रुस, जो समाजवादको पहिलो भूमि थियो, त्यसमा पुँजीवादको पुनः स्थापनाको प्रक्रिया सुरू गरे र साम्राज्यवादी क्याम्प, खासगरी अमेरिकी साम्राज्यवादसित सम्वन्धको विकास गरे । उक्त समयमा ख्रुश्चेभको नव संशोधनवाद विरूद्ध माओको लडाई अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा “माहान बहस”को रुपमा प्रशिद्ध छ ।

त्यसबेला विश्वका कम्युनिष्ट पार्टीहरूका धेरै नेतृत्वहरूले संशोधनवादी ख्रुश्चेभी लाइनको समर्थन गरका थिए । घेरै विशिष्ट स्थापित नेताहरू र पार्टीहरूले उनीहरूका आफना देशहरूमा संशोधनवादी लाइन पहिला नै लिन सुरू गरिसकेका थिए । अमेरिकामा ब्रोउडरले समाजवाद र पुँजीवादबीच साझेदारीको सिद्धान्त पहिले नै ल्याइसकेको थियो र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट बाहिर गइसकेको थियो; थोरेज, फ्रान्सबाट प्रतिनिधित्व गरेको तेस्रो अन्तर्राष्ट्रियको नेता, जसले फासिवादविरोधी मोर्चा अवधिमा पुँजीपतिहरूसित नजिकको सम्बन्ध विकास गरेको थियो, युद्धपछिका वर्षहरूमा फ्रेन्च उपनिवेशहरूका जनताप्रति राष्ट्रिय निरङ्कुशतावादी पदहरू लिएको थियो र फ्रेन्च साम्राज्यवादी पुँजीपतिको एउटा नोकर बन्यो; इटलीको तोगलियाती, अर्को प्रमुख तेस्रो अन्तराष्ट्रियको नेता, जसले पुँजीवादी संसदमार्फत ‘संरचनागत सुधार’गर्दै ‘सुधार’ र ‘पुनर्संरचना’द्वारा पुँजीवादलाई समाजवादमा लैजान चाहन्थ्यो; भारतीय कम्युनिष्ट पार्टी नेतृत्वले शान्तिपूर्ण मार्गलाई स्वीकार गर्नलाई उनीहरूको कार्यनीतिक लाइन पहिले नै परिवर्तन गरिसकेका थिए । यसरी यी संशोधनवादी शक्तिहरू, जसलाई माओले भन्नु भएको थियो–“उनीहरुको सुरु अवस्थामा नै आवश्यकता बमोजिम आलोचना गरिएन र परास्त गरिएन, ती ख्रुश्चेभसित एकदमै खुशीसाथ साझेदारी गर्न पुगेका थिए ।” जो अहिले नेपालमा त्यसको पुनरावृत्ति भएको छ ।

त्यस समयमा समाजवादी क्याम्पभित्र केबल चिनियाँ कम्युनिष्ट पार्टी र अल्बानियाको लेबर पार्टीले मात्रै ख्रुश्चेभको संशोधनवादलाई पहिचान गरी अस्वीकार ग¥यो र माक्र्सवाद–लेनिनवादको एउटा साहस र प्रतिवद्धताका साथ रक्षा ग¥यो । शान्तिपूर्ण सङ्क्रमणको अर्थ संसदीय व्यवस्थाद्वारा समाजवादतर्फको शान्तिपूर्ण सङ्क्रमण हो । ख्रुश्चेभले प्रस्ताव राख्यो कि वर्तमान युगमा संसदमा शान्तिपूर्ण रूपले एउटा बहुमत विजयद्वारा समाजवाद प्राप्त गर्न सकिने सम्भावना थियो र अनि समाजवाद ल्याउनलाई सुधारहरू गरेर ल्याउन सकिन्छ । उसले यसरी क्रान्तिको आवश्यकतालाई इन्कार ग¥यो । यो सिद्धान्त वर्नस्टिन र अन्य सामाजिक –प्रजातन्त्रवादीहरूको संशोधनवादको एउटा पुनरावृत्ति थियो ।

माओको निर्देशनमा चलेको चिनियाँ कम्युनिष्ट पार्टी यो सङ्घर्षको अग्रभागमा थियो । बीसौ सोभियत पार्टी कङ्ग्रेसको दुई महिनाभित्रै चिनियाँ कम्युनिष्ट पार्टीले सर्वहाराको अधिनायकत्वको ऐतिहासिक महत्वमाथि एउटा लेख प्रकाशित ग¥यो, जसले स्तालिनलाई एउटा महान् माक्र्सवादी–लेनिनवादीको रूपमा उच्च मूल्याङकन ग¥यो । यसको लगत्तै डिसेम्वर १९५६मा अर्को लेख सर्वहाराको अधिनायकत्वको ऐतिहासिक महत्वमाथि ज्यादा जोडदिंदै प्रकाशित गरियो । यसले समाजवादी क्याम्पले उसका मित्रहरू र शत्रुहरू को हुन् स्पष्टसित छुटयाउनु पर्दछ भनी जोड दियो । यो पार्टी फोरमहरूभित्र खासगरी १९५७ मा ६०वटा भाइचारा पार्टीहरूको वैठकहरूमा र १९६०मा ८१वटा भाइचारा पार्टीहरूको वैठकहरूमा र सोभियत पार्टी नेतृत्वसितका बैठकहरूमा ख्रुश्चेभी संशोधनवादी लाइनसित सङ्घर्षका लागि र त्यसलाई पराजित गर्न एउटा सात वर्षे लामो प्रयाससितको योजनामा जोडिएको थियो ।

अहिले नेकपा एमाले र माओवादी केन्द्र विघटन गर्दै गठन गरिएको ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ ले सन् १९५६को सोभियत सङ्घको कम्युनिष्ट पार्टीको बीसौं कङ्ग्रेसमा ख्रुश्चेभको नवसंशोधनवादका विषयहरूलाई अन्य कम्युनिष्ट पार्टीहरूबीचमा फैलाउन सुरू गरेको इतिहास छ । र, त्यही इतिहासको अलि फरक ढङ्गको पुनरावृत्ति अहिले नेपालमा ओली–दाहाल गठबन्धनका नाममा भएको छ ।

शान्तिपूर्ण संक्रमण
शान्तिपूर्ण संक्रमणको अर्थ संसदीय व्यवस्थाद्धारा समाजवादतर्फको शान्तिपूर्ण संक्रमण हो । ख्रुश्चेभले प्रस्ताव राख्यो कि वर्तमान युगमा संसदमा शान्तिपूर्ण रूपले एउटा बहुमत विजयद्धारा समाजवाद प्राप्त गर्न सकिने सम्भावना थियो र अनि समाजवाद ल्याउनलाई सुधारहरू गरेर ल्याउन सकिन्छ । उसले यसरी क्रान्तिको आवश्यकतालाई इन्कार ग¥यो । यो सिद्धान्त वर्नस्टिन र अन्य सामाजिक –प्रजातन्त्रवादीहरूको संशोधनवादको एउटा पुनरावृति थियो ।

शान्तिपूर्ण सहअस्तित्व
ख्रुश्चेभले समाजवादी राज्यको विदेश नीतिको जनरल लाइनको रूपमा भिन्नै सामाजिक प्रणाली भएका राज्यहरूबीच शान्तिपूर्ण सहअस्तित्व प्रस्ताव ग¥यो । उसले यसरी पुँजीवादी राज्यहरूसित शान्तिपूर्ण सहअस्तित्वको लेनिनको नीतिलाई तोडमरोड ग¥यो, जुन सर्वहारा अन्तराष्ट्रवादको समाजवादी राज्यको विदेश नीतिको केबल एउटा पक्षमात्रै थियो । ख्रुश्चेभले साम्राज्यवादसित शान्तिपूर्ण सहअस्तित्वलाई कायम राख्ने उसको इच्छाबमोजिम सबै अन्य चीजहरूलाई यसको अधीन बनायो । उसले उत्पीडित राष्ट्रहरूको सङ्घर्षलाई मद्द्तको नीति र अन्य समाजवादी देशहरूलाई सहयोग दिन र सबन्ध बनाउन साम्राज्यवादी शक्तिहरूसित शान्तिपूर्ण सहअस्तित्वको आवश्यकतामाथि आधारित बनायो । यो अरु केही नभएर केबल साम्राज्यवादसित साझेदारीको एउटा नीति थियो ।

शान्तिपूर्ण प्रतिस्पर्धा
शान्तिपूर्ण प्रतिस्पर्धा यो सिद्धान्त थियो कि पुँजीवाद र समाजवादबीच अन्तरविरोध पुँजीवादी र समाजवादी प्रणालीबीच आर्थिक प्रतिस्पर्धामार्फत् समाधान गरिने छ । यो सिद्धान्तले यसरी साम्राज्यवादको प्रतिक्रियावादी र युद्ध पिपासु चरित्रलाई स्वीकार गर्न इन्कार ग¥यो । यसले भ्रम सृजना ग¥यो कि समाजवादी र साम्राज्यवादी क्याम्पबीचको अन्तरविरोध एउटा प्रतिरोधविहीन अन्तरविरोध थियो, जसलाई सङ्घर्षको शान्तिपूर्ण रूपमार्फत् समाधान गरिने छ ।

 

यसरी ख्रुश्चेभको तीन शान्तिपूर्णहरूको सिद्धान्त एउटा पूरै संशोधनवादी सिद्धान्त थियो, जसलाई उसले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमाथि लाद्न चाहन्थ्यो । यो साम्राज्यवादसित नजिकको सम्बन्ध बनाउनतिर निर्देशित थियो । उसको योजना कार्यान्वयन गर्न र साम्राज्यवादी शक्तिहरूको स्वीकारोक्ति प्राप्त गर्न, ख्रुश्चेभले साथसाथै व्यक्ति विरोधको नाममा स्तालिनमाथि एउटा विषालु आक्रमण ग¥यो । क्रान्तिकारी सिद्धान्त जुन स्तालिनले खडा गर्नु भएको थियो र यसको लागि लड्नु भएको थियो, त्यसलाई तोडन विश्वभरिका क्रान्तिकारीहरू र जनसमूहहरूबीच स्तालिनको व्यक्तित्वलाई ध्वस्त गर्नु उसका लागि पहिलो आवश्यकता थियो । यो काम अनेकौं झुटहरू र फरेबहरूको प्रचारप्रसारको एउटा अभियानमार्फत् गर्न सकिन्थ्यो ।

वर्तमानमा नेपालमा प्रचण्ड–ओलीहरुले पनि अनेकौं झुटहरू र फरेबहरूको प्रचारप्रसारको एउटा अभियानमार्फत् नेपालका क्रान्तिकारी कम्युनिस्टहरुका विरुद्ध विभिन्न षड्यन्त्रमूलक कार्यहरु गर्न तम्सिएका छन्, जसका विरुद्ध नेपालका क्रान्तिकारी कम्युनिस्टहरुलाई गोलबन्द गर्दै यो महान् बहसलाई क्रान्तिकारीहरुले संयुक्तरुपले अगाडि बढाउन जरुरी छ ।

२. ख्रुश्चेवी नवसंशोधनवाद विरुद्धमा माओको क्रान्तिकारी धार र नेपालमा ओली–दाहालको संशोधनवाद विरुद्ध क्रान्तिकारी माओवादीको क्रान्तिकारी धार विचारका हिसाबले एकै ठाउँमा छन् त ?

अप्रिल १९६०मा चिनियाँ कम्युनिष्ट पार्टीले ‘लेनिनवाद जिन्दावाद !’ प्रकाशित ग¥यो र साम्राज्यवाद, युद्ध र शान्ति, सर्वहारा क्रान्ति र सर्वहाराको अधिनायकत्वमाथि लेनिनवादका आधारभूत सिद्धान्तहरूलाई उचा गर्दै दुई अरू लेखहरू प्रकाशित ग¥यो । यी लेखहरूले नाम उल्लेख नगरी सोभियत कम्युनिष्ट पार्टीको संशोधनवादी अवस्थितिहरूको विरोध ग¥यो ।

संशोधनवादीहरूले यद्यपि उनीहरूका संशोधनवादी अवस्थितिहरूअझ ज्यादा व्यवस्थित गर्ने उनीहरूका प्रयासहरूसित निरन्तरता दिए । यसरी १९६१मा आयोजना गरिएको सोभियत कम्युनिष्ट पार्टीको बाइसौं कङग्रेसमा स्वीकृत गरिएको कार्यक्रमले माक्र्सवाद–लेनिनवादको मूल मर्मलाई संशोधन ग¥यो, मूलतः सर्वहारा क्रान्तिका सिकाइहरू, सर्वहाराको अधिनायकत्व र सर्वहाराको पार्टी आदिमाथि संशोधन थिए । यसले घोषणा ग¥यो कि सोभियत सङ्घमा सर्वहाराको अधिनायकत्व अब ज्यादा आवश्यक छैन र कि सोभियत कम्युनिष्ट पार्टीको सर्वहाराको अग्रदस्ताका रूपमा परिवर्तन गरि सकिएको थियो । कङ्ग्रेसले एउटा “सबै जनताको राज्य”को सिद्धान्त र “समग्र जनताको पार्टी”लाई पहिले नै हास्यप्रद तरिकाले स्वीकृत गरिसकेको थियो । कङ्ग्रेसमा ख्रुश्चेभले अल्बानियन पार्टीमाथि खुल्ला र पब्लिक आक्रमण सुरू ग¥यो र यसको नेता एन्भर होक्जालाई सत्ताच्युत गर्नसमेत् आव्हान ग¥यो । चाउ एन लाईले नेतृत्व गरेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले यसको विरोध ग¥यो ।

ख्रुश्चेभले चिनियाँ कम्युनिष्ट पार्टीमाथि खुल्ला आक्रमणका लागि सुरू गर्न अन्य कम्युनिष्ट पार्टीहरूलाई हौसला दिंदै आह्वान ग¥यो । सोभियत सङ्घबाट प्रकाशित अनगिन्ति लेखहरूले चिनियाँ नेतृत्वमाथि आक्रमण पनि ग¥यो । चिनियाँ कम्युनिष्ट पार्टीले अन्त्यमा केही आक्रमणहरूको उत्तर दिन सुरू ग¥यो, इटालियन पार्टीका तोग्लियात्ती, फ्रेन्च पार्टीका थोरेज, अमेरिकी कम्युनिष्ट पार्टीका गस हल र अरूहरूका विभिन्न सिरिजमा सातवटा लेखहरू जुन १९६२को अन्त्य र १९६३को सुरूमा प्रकाशित गरिए ।

चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख विचारहरूको एउटा सारांश १९६३को जुन १४को प्रशिद्ध चिट्ठीमा राखिएका थिए, जसको शीर्षक ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको जनरल लाइनसित सम्वन्धित एउटा प्रस्ताव’ थियो । यसलाई सोभियत सङ्घको कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीलाई एउटा खुल्ला चिट्ठीद्वारा उत्तर दियो । समग्र सवाल अब खुल्ला रूपमा बाहिर आइसकेकाले, चिनियाँ कम्युनिष्ट पार्टीले बहसलाई खुल्ला प्रेसमार्फत् सञ्चालन गर्ने निर्णय ग¥यो । यसले सोभियत सङ्घको कम्युनिष्ट पार्टीको खुल्ला चिट्ठीमाथि नौवटा आलोचनाहरू बाहिर ल्यायो र जनसमूहका अगाडि सबै सवालहरूलाई स्पष्ट बनायो ।

यो सङ्घर्ष, जुन १९६३मा खुल्ला रूपमा आयो र १९६४भरि निरन्तर रहयो, जसलाई महान् बहसका रूपमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रशिद्ध बन्यो । यो महान् बहस विश्व कम्युनिस्ट आन्दोलनका लागि अति नै ऐतिहासिक महत्वको थियो । सही मानेमा यो आधुनिक संशोधनवाद विरूद्ध एउटा सैद्धान्तिक र विस्तृत सङ्घर्ष थियो । यसले विश्वभरिका सबै सर्वहारा क्रान्तिकारी शक्तिहरूका लागि विश्वास प्रदान गर्ने ग¥यो । यो माक्र्सवाद–लेनिनवादको एउटा वैज्ञानिक विकास पनि थियो, जसले त्यो अवधिका लागि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यसको क्रान्तिकारी जनरल लाइन दियो । यो सङ्घर्षको पछाडिको चालक शक्ति माओ नै हुनुहुन्थ्यो ।

यही महान् बहसमार्फत् माओले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका अगाडि सबभन्दा महत्वपूर्ण प्रश्नहरूको उत्तर दिएर माक्र्सवाद–लेनिनवादको विज्ञानलाई विकसित गर्नु भयो– विश्वमा आधारभूत अन्तरविरोधहरू, को मित्रहरू र को शत्रुहरू हुन्, आन्दोलनको लक्ष्यहरू र विश्व समाजवादी क्रान्तिको विजय प्राप्त गर्नका लागि मार्ग आदि । यी मान्यताहरू जुन १४को चिट्ठीमा प्रमुख रूपले राखिएको थियो । दोस्रो विश्व युद्धपछि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले सामना गरिहेका विभिन्न गम्भीर सवालहरू–नव–संशोधनवाद, युद्ध र शान्ति, शान्तिपूर्ण सहअस्तित्व, युगोस्लाभिया, ख्रुश्चेभको संशोधनवाद र त्यसबाट झिकिएका ऐतिहासिक पाठहरूमाथि नौवटा आलोचनाहरूले क्रान्तिकारी अवस्थितिहरूलाई निश्चित र वर्णनात्मक गरायो । यो त्यही महान् बहसमार्फत माओवादले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी पक्षहरूको मार्गनिर्देशक विचारका रूपमा अरू बढता स्वीकृति पायो ।

अहिले नेपालमा एमाले र माकेको मिलनबाट नेपाली कम्युनिस्ट आन्दोलनमा काफी भ्रमहरु सृजना भएका छन्, तीनलाई जनताको बीचमा स्पष्ट पार्न अर्को महान् बहसको आवश्यकता छ र अहिले अन्तर्राष्ट्रिय स्तरमा स्थापित माओजस्ता क्रान्तिकारी नेता छैनन् । तर पनि अहिलेको आवश्यकता ख्रुश्चेभको नवसंशोधनवाद विरूद्ध माओको लडाइँबाट पाठ सिक्दै एमाले र माकेका विरुद्ध सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसको महान जिम्मेवारी पूरा गर्ने अभिभारा अहिले नेपालका केही सीमित क्रान्तिकारी कम्युनिस्टहरुका काँधमा आएको छ । र यी मध्ये तुलनात्मक रुपले हामीसित सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसको महान् जिम्मेवारी पूरा गर्ने अभिभारा अहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष क.मोहन वैद्य ‘किरण’को काँधमा आएको छ ।

हुन त सन् १९६३–०६४को समयको जस्तो कम्युनिस्ट आन्दोलन छैन, अहिले नेपालमा कम्युनिस्ट नेता तथा कार्यकर्ताले सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसको आवश्यकतातर्फ त्यति रुची राख्दैनन्, उनीहरुको ध्यान पद र पैसामा केन्द्रित भएको छ । देश र जनताको मुक्ति आफूले प्राप्त गर्ने त्यही पद र पैसामा तौलनी गर्दछन् । तै पनि क्रान्तिकारीका लागि क्रान्तिकारी आशावादका साथ कसरी माओले ख्रुश्चेभको नवसंशोधनवाद विरूद्धको लडाइँ लड्दै माक्र्सवाद–लेनीनवादको विकासमा महत्वपूर्ण योगदान दिनुभएको थियो, त्यसबाट पाठ सिक्दै एमाले र माकेका विरुद्ध सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसलाई नेपाली जनताको विचमा तीब्रताका साथ लैजाने महान् जिम्मेवारी पूरा गर्नै पर्ने भएको छ । र यो महान् बहसमा नेपालका अन्य क्रान्तिकारी बुद्धिजीवीहरु, लेखकहरु तथा पार्टीका नेता र कार्यकर्ताहरुको सहभागिताको पनि त्यत्तिकै आवश्यकता पर्छ ।

३. माओको महान् बहस र क्रान्तिकारी माओवादीले उठाएको विचार सङ्घर्षमा कत्तिको तादात्म्यता पाउनु हुन्छ ?

मूल प्रश्न क्रान्तिकारी सिद्धान्त, विचार, राजनीति र कार्यदिशाका हो । माओको महान बहसमा माओले उठाएका क्रानितकारी विचार, राजनीति, सिद्धान्त र कार्यदिशाका अधारमा नै अहिले नेकपा(क्रान्तिकारी माओवाद)िले प्रचण्ड र ओलीको बीचको पार्टी एकताबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेको छ । समयको हिसाव र पार्टीको आत्मगत तथा वस्तुगत अवस्थालाई हेर्दा क्रान्तिकारी माओवादीले उठाएको विचार सङ्घर्षमा राष्ट्रियस्तरमा पहलकदमीको आवश्यकता देखिएको छ । साथै वर्तमानमा देखिएको संशोधनवादी हावाहुरीका विरुद्ध नेपालमा पनि महान् बहसलाई नेतृत्वगर्ने हैसियत यदि कसैसित छ भने वर्तमानमा केबल नेकपा (क्रान्तिकारी माओवाद)िका महासचिव क. मोहनवैद्य ‘किरण’ सित मात्रै छ । के आवश्यक छ भने उक्त सैद्धान्तिक, वैचारिक, राजनीतिक तथा कार्यदिशामा हुने बहसलाई बलियो जग प्रदान गर्न पार्टीको सामरिक कयैदिशालाई पनि उत्तिकै माथि उठाउनका लागि पहलकदमीको आवश्यकता छ । त्यसो भएमा माओको महान् बहस र क्रान्तिकारी माओवादीले उठाएको विचार सङ्घर्षमा तादात्म्यता पाउन सकिने छ ।

फेरि ख्रुश्चेभी नवसंशोधनवादको प्रभाव उक्त समयको सुरु अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जति बलियो देखिएको थियो, माओको त्यसका विरुद्धको महान् बहसले त्यसलाई ध्वस्त बनाउन सफल भएको थियो भने नेपालमा वर्तमानको ओली–प्रचण्डको प्रभाव त्यस हिसाबले त्यति बलियो छैन । तै पनि क्रान्तिकारीहरुले त्यसका विरुद्धको विचार सङ्घर्षको झण्डालाई माथि उठाउने महान् जिम्मेवारी लिन ढिला गर्नु हु“दैन । उनीहरु मात्रै कमजोर नभई क्रान्तिकारीहरुको पनि अवस्था त्यति बलियो छैन जति बेला माओको नेतृत्व थियो । माओले भनेको–“सबै साम्राज्यवादीहरु आखिरमा कागजी बाघ हुन् ।” उहा“को यो भनाइ वर्तमानमा प्रचण्ड–ओलीवारे पनि सत्य हो ।

४. महान् बहसको समय र अहिलेको समयमा आत्मगत र वस्तुगत दुवै हिसाबले कत्तिको अन्तर छ ?

सन् १९६३को महान् बहसको समय र आजको समयको आत्मगत र वस्तुगत दुवै हिसाबले काफी अन्तर छ । आजभन्दा करिब ५ दशक पहिले माओको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले ख्रुश्चोभको नवसंशोधनवादका विरुद्ध सैद्धान्तिक सङ्घर्ष चलाएको थियो । अब ती देशहरुमा माक्र्सवादी–लेनिनवादीको अस्तित्व समाप्त भएको छ । र त्यहा“ समाजवादी व्यवस्थाको पतन भइसकेको छ । त्यसबाट शिक्षा लिंदै प्रथम, कुनै समाजवादी देशमा सर्वहारावर्गको अधिनायकत्व कमजोर वा समाप्त भयो भने त्यहा“ समाजवादी व्यवस्थाको अस्तित्व कायम रहन सक्दैन । द्वितीय, कुनै देशमा माक्र्सवादी–लेनिनवादी पार्टीको निर्माण गर्न क्रान्तिकारी आन्दोलनलाई सफल पार्न अवसरवादी विचार र भड्कावहरुका विरुद्ध सम्झौताहीन र लगातार सङ्घर्षले निर्णयात्मक महत्व राख्छ । माओको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले सोभियत संशोधनवादका विरुद्ध गरेको सङ्घर्ष सिद्धान्तको सङ्घर्ष थियो र त्यसको सम्वन्ध सर्वहारावर्ग र विश्व समाजवादी व्यवस्थाका महानतम् हितहरुसित थियो । अहिले नेपालमा पनि मोहनवैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा प्रचण्ड–ओली नवसंशोधनवादका विरुद्ध गरेको सङ्घर्ष पनि सिद्धान्तकै सङ्घर्ष हो र यसको समवन्ध पनि सर्वहारा र विश्वसमाजवादी व्यवस्थाको महानतम् हितहरुसित सम्बन्धित छ ।

५. के गरिएमा नेपाली ख्रुश्चेभी नवसंशोधनवादको अन्त्य होला ?

१४ नोभेम्वर १९६४को “हुङ्छी–रातोझण्डा”को सम्पादकीय (अङ्क२१ र २२) मा ख्रुश्चोभको पतन किन भयो ? भन्ने शीर्षकमा लेखिएका निम्न वाक्यहरुले यो प्रश्नलाई स्पष्ट पार्न मद्दत गर्ने छन्, जसमा लेखिएको छ– “जनसमुदायले ख्रुश्चोभका विरुद्ध यो पतनका लागि सयकडौं र हजारौसम्म अभियोग लगाएका छन् । तर पतनको सबैभन्दा मुख्य कारण के हो भने उनले माक्र्सवादी–लेनिनवादीद्वारा अनुसन्धान गरिएको ऐतिहासिक विकासको नियम तथा सोभियत सङ्घका जनतालगायत संसारभरिका क्रान्तिकारी जनताको इच्छाको विपरीत इतिहासको पाङ्ग्रोलाई पछाडि फर्काउन र गति अवरुद्ध पार्नका लागि व्यर्थ प्रयत्न गरे । जनताको मार्गमा खडा भएको अवरोध अवश्य हटाइनु पर्छ । उनी र उनीजस्ता व्यक्तिहरुले चाहुन् वा नचाहुन् , जनता अवश्य ख्रुश्चोभलाई बर्खास्त गर्न तयार भए ।

ख्रुश्चोभको पतन सोभियत सङ्घका जनतालगायत् संसारभरिका क्रान्तिकारी जनताले चलाएको संशोधनवादका विरुद्धको सङघर्षको अपरिहार्य परिणाम हो ।” त्यसमा थप जोडदिंदै भनिएको छ– “हाम्रो युग त्यो युग हो, जसमा पु“जीवाद र साम्राज्यवाद आफ्नो विनासको बाटोतिर ओरालो लाग्दै गइरहेका छन् तथा समाजवाद र साम्यवाद विजयेन्मुख दिशामा अग्रसर भइरहेका छन् । यो युगले सम्बन्धित मुलुकको ठोस परिस्थितिको प्रकाशमा जनतामा आफ्नै प्रयत्न र पाइला–पाइलामा सर्वहारा विश्व क्रान्ति सम्पन्न गर्ने तथा साम्राज्यवादविहीन , पु“जीवादविहीन, मानिसद्वारा मानिसको शोषणविहीन नया“ विश्व स्थापना गर्ने ऐतिहासिक कार्यभार सुम्पेको छ । यो एतिहासिक विकासको रोक्नै नसकिने धारा हो र विश्वका क्रान्तिकारी जनताको साझा माग हो ।”

ख्रुश्चोभले इतिहासका अवसरवादीहरु र संशोधनवादीहरुका सवै माक्र्सवादविरोधी विचारहरु जम्मा गरे र तीसँग “शान्तिपूर्ण सह–अस्तित्व”, “शान्तिपूर्ण प्रतिस्पर्धा” र “शान्तिपूर्ण सङ्क्रमण”, “सम्पूर्ण जनताको राज्य” र “सम्पूर्ण जनताको पार्टी”समेत संशोधनवादी कार्यदिशाको पूर्ण झण्डा बोके । उनले साम्राजयवादप्रति आत्मसमर्पणको दिशा पक्रे तथा जनताका क्रान्तिकारी सङ्घर्षहरुलाई विरोध गरे र तिनलाई भड्काउनका लागि वर्ग–समन्वयको सिद्धान्त प्रयोग गरे ।

इतिहास साक्षी छ, जसले ऐतिहासिक धारालाई पछाडि फर्काउने सुन्दर सपना देख्छन्, ती सबै गद्दारहरुको अन्त कलङ्कपूर्ण नै भएको छ । थुप्रै उदाहरणहरुले के देखाएका छन् भने सामाजिक विकास र जनताको चाहनाविपरीत चल्ने र नराम्रो कामगर्ने व्यक्ति जतिसुकै वीर होस वा घमण्डी किन नहोस, खाली निन्दा र उपहासको पात्र बनेर रहन्छ । अरुलाई क्षति पु¥याउने उद्देश्यले काम सुरु गर्नेको अन्त्य स्वयम् उसको सर्वनाश बाटै हुन्छ । ती व्यक्तिहरुमाथि लागु हुने यही एउटा नियम हो ।

पहिलो अन्तर्राष्ट्रियको क्रममा बाकुनिनजस्ता “महानुभाव”आफ्नो समयका माक्र्सवादविरोधी उद्दण्ड ‘वीर’ थिए, तर इतिहासको रद्दीको टोकरीमा फ्या“किन उनलाई बेर लागेन । दोस्रो अन्तर्राष्ट्रियको कालमा बन्र्सटिन र काउत्स्कीजस्ता माक्र्सवादविरोधी ‘वीरहरु’लाई भयङ्कर ‘शक्तिमान’ ठानिन्थ्यो । उनीहरु नेतृत्वदायी स्थितिमा पुग्न सफल भएका थिए, तर अन्त्यमा इतिहासले उनीहरुलाई बदनाम गद्दार भनेर उल्लेख ग¥यो । लेनिनको मृत्युपछि विरोधी गुटका प्रमुख नेता ट्राटस्कीले स्वयम्लाई ‘वीर’का रुपमा मान्दथे तर तथ्यले “उनी वीर हुनुको साटो एकजना अभिनेताजस्तो लाग्दथे तथा जुनसुकै परिस्थितिमा पनि अभिनेतालाई वीर ठान्ने भूल गर्नुहु“दैन”भन्ने स्तालिनको भनाइलाई पुष्टि गर्दछ । त्यसैगरी नेपालमा अहिले चलाइएको संशोधनवादी होहल्लाको पनि अनत्य निश्चित छ । अहिले नेपालमा पनि स्वयम्लाई ‘वीर’का रुपमा मान्ने प्रचण्ड–ओलीहरुको अन्त्य पनि माथि उल्लेखित माक्र्सवाद विरोधीहरुका भन्दा बदनाम भएर जाने निश्चित प्रायः छ ।