काठमाडौं । क्रान्तिकारी युवा लिगको ३ नं. प्रदेशले २२ अप्रिल अथात् बैशाख ९ मा गर्ने भनेको युवा मार्चपास मे डे अर्थात् मजदुर दिवस (बैशाख १८) गते हुने भएको छ । आयोजकहरुले जनाए अनुसार युवा र मजदुरहरुले संयुक्त रुपमा वृहत् ¥याली तथा मार्चपास मे डे मै गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रमलाई भव्य बनाउन युवा र मजदुरका नेताहरु तयारीमा जुटेको सम्बद्ध स्रोतले जनाएको छ ।