विमान दुर्घटनाले स्तब्ध तुल्याएको भन्दै देजमोले दियो मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली

प्रकाशित मिति : २०७४ फाल्गुन २८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एस २ एजियु कल साइनको विमान दुर्घटना हुँदा मृत्यु हुनेहरुप्रति नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले श्रद्धाञ्जली व्यक्त गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले आफ्नो फेसबुक पेजमा स्टाटस लेखेर मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उहाँले आफ्नो फेसबुक पेजमा देजमो केन्द्रीय कार्यालयको तर्फबाट भन्दै लेख्नुभएको छ, “बंगलादेशको यूएस बंगला विमान काठमाडौं एअरपोर्टमा अवतरण गर्दा धावन मार्गमा दुर्घटना हुँदा ..को ज्यान गएको र … जना घाइते भएको घटनाले हामीलाई स्तब्ध पारेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट मृत्यु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली, शोकाकूल परिवारजनप्रति गहिरो समवेदना तथा घाइते हुनेहरुको शिघ्र स्वाथ्यलाभको कामना…”

सोमबार दिउसो भएको विमान दुर्घटनामा परी हालसम्म ४९ जनाको मृत्यु भएको र २१ जना घाइतेहरुको केएमसी, टिचिङ, ग्राण्डीलगायतका अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ । उपचरार्थ कतिपय घाइतेहरुको स्थिति गम्भीर रहेकोले मृत्यु हुनेहरुको संख्या अझ बढ्ने जनाइएको छ ।