अपडेट : विमान दुर्घटनामा ७१ जनामध्ये ४९ जनाको मृत्यु, २१ घाइते

अपडेट : विमान दुर्घटनामा ७१ जनामध्ये ४९ जनाको मृत्यु, २१ घाइते

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एस २ एजियु कल साइनको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेकाे छ । युएस बंगला विमानमा सवारमध्ये ९ जना उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ भने दुर्घटनाग्रस्त विमानबाट २८ जनाको शव बाहिर निकालिएको छ ।

महानगरीय प्रहरी कन्ट्रोल कक्षका अनुसार ८ जनाको शब केएमसी अस्पताल सिनामंगल र एकजनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

गृहको विपत्त महाशाखाका प्रमुख सहसचिव कृष्णबहादुर राउतका अनुसार विमानमा ३३ नेपाली र ३४ जना विदेशी नागरिक सवार थिए । यस्तै ४ जना चालक दलका सदस्य रहेका थिए ।

घाइतेहरुको सिभिल, केएमसी र नर्भिक अस्पतलामा उपचार भइरहेको बताइएको छ । बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै विमानमा आगलागी भएको थियो ।