काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई २०८ सांसदले विश्वासको मत दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा २०८ मत प्राप्त भएको छ भने विपक्षमा ६० मत प्राप्त भएको छ ।

बैठकमा जम्मा २६८ जना सांसदहरुको उपस्थिति रहेको थियो । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री ओलीले प्राप्त गरेको मत सांसदहरुको संख्याको बहुमत भएको बताउँदै उनले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।

प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले मत हालेका थिए भने विपक्षमा नेपाली कांग्रेसका सांसदहरुले मत हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर