काठमाडौं लगायत देशका विभिन्न भागमा वर्षा

काठमाडौं लगायत देशका विभिन्न भागमा वर्षा

काठमाडौं, फागुन २७ । आइतबार दिउँसो काठमाडौं उपत्यकासहित पोखरा आसपासका क्षेत्रदेखि पूर्वी पहाडी भू–भागहरुमा मौसम बदली भएर मेघ गर्जनसहित वर्षा भएको छ । स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भू–भागमा वर्षा भएको हो ।

‘स्थानीय वायुमा आएको परिवर्तनका कारण देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा भएको हो’, जल तथा मौसम विभागकी मौसमविद् शान्ति कँडेलले जानकारी दिए । विभागका अनुसार आइतबार काठमाडौँको अधिकतम तापक्रम २६.६ र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ ।