गोली हान्ने अधिकार सहित परिचालन गरियो ३८ हजार सेना

गोली हान्ने अधिकार सहित परिचालन गरियो ३८ हजार सेना

काठमाडौं, २० मंसिर । विहीबार हुने प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने भएका छन् । परिचालित सैनिकहरुलाई निर्वाचन विरोधी कुनै क्रियाकलाप भए गोली होन्ने अधिकार समेत दिइएको रक्षामन्त्री भीमसेनदास प्रधानले बताएका छन् ।

‘भोलि हुने ४५ जिल्लाको निर्वाचनमा सुरक्षाका लागि ३८ हजार सेना खटाइएको छ’ बुधबार राजधानीमा आयोजत साक्षात्कार कार्यक्रममा रक्षामन्त्री भीमसेनदास प्रधानले भने, ‘पहिलो र दोस्रो चरणको निर्वाचन गरेर कूल ६४ हजार २० सेना परिचालन हुनेछन् ।’

निर्वाचन विथोल्ने गतिविधि गर्नेलार्ई गोली हान्ने अधिकार नेपाली सेनालाई दिईएको पनि उनले बताए भने, निर्वाचन विथोल्न खोज्ने तत्वहरुलाई निस्तेज पार्न नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं ।’

निर्वाचनलाई स्वतन्त्र, भयरहित र निश्पक्ष रुपमा सम्पन्न गर्न सुरक्षा निकायहरु परिचालित भईसकेको बताउँदै रक्षामन्त्रीले भने, ‘निर्वाचनको मुखमा भएका थुप्रै घटनाहरु हामीले निस्तेज पारेका छौं, त्यसैले मत हाल्न जाँदा डराउनु पर्ने स्थिति छैन ।

निर्वाचन सुरक्षाका लागि हेलिकप्टरमार्फत् समेत अनुगमन भइरहेको बताउँदै प्रधानले तीन घेरामा सुरक्षा प्रदान गरेको बताए भने, पहिलो घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा शशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् ।’