यतिखेर देशमा प्रतिक्रियावादी संविधानअन्तर्गत प्रदेश र केन्द्र दुवैको चुनावको रौनक चलिरहेको छ । त्यही चुनावको आमुखमा ‘वाम’ र ‘लोकतान्त्रिक’ गठबन्धन पनि बनेका छन् । एकले अर्कालाई कसरी पछार्ने र सत्तामा पुग्ने भन्ने स्वार्थअनुरुप यी गठबन्धन भएका हुन् । अझ ‘वाम’भित्र त माके र एमाले दुवै चुनावपछि एकता गर्ने वाचासहित गठबन्धन गर्न पुगेका छन् । के हो यो वाम गठबन्धन ? चुनावकै मुखमा दुई फरक धारका, एकले अर्कालाई सरापेर नथाक्ने, विचारमा फरक छौ भनेर प्रचार गर्ने र परस्पर कटाक्ष र छिर्के हानेर सत्तामा पुग्ने दुई पार्टी एकाएक एक हप्ताभित्र कसरी जोल्टिन पुगे आश्चर्य लाग्दो र चामत्कारिक दुवै छ ।
राजनीतिमा चमत्कार भन्ने नै हुँदैन । गठबन्धन त निश्चित प्रवृत्ति, विचार, सिद्धान्त र दर्शनबाट प्रेरित शक्ति हुन्छ । विज्ञानले पनि कुनै कुरालाई एकाएक हुने मान्दैन । नयाँ कुरा घटित हुन त्यसको बिऊ अतीतमै रोपिएको हुन्छ नयाँ घटना, परिघटना त्यसैको परिणाम वा निष्कर्ष मात्रै हुने गर्छ । शून्यबाट एक्कासी नयाँ परिणाम निस्कनै सक्दैन र शून्य वस्तुतः विज्ञानका दृष्टिमा हुँदै हुँदैन । (व्यावहारिक प्रयोजन बाहेक) । यसरी हेर्दा माके–एमाले जोल्टिन पुग्नुका पछाडि उनका प्रवृत्ति, चरित्र, विचार, सिद्धान्त, दर्शन सबैको मेल नै मुख्य कारण हो । दुवै संसद्वादी–सुधारवादी पार्टी हुन् । दुवै वैदेशिक शक्तिबाट निर्देशित छन् । दुवैले यही संविधान र यही व्यवस्था मान्छन् । दुवैले दलाल पुँजीपतिको एकाधिकारलाई नेपाली अर्थव्यवस्थामा स्वीकारेका छन् । दुवै दक्षिणपन्थी अवसरवादी चरित्रका छन् । दुवैले आ–आफ्ना आधारभूत मूल्य र सिद्धान्त त्यागेर प्रतिक्रियावादीकरण गरेका छन् । दुवै भारतीय विस्तारवादबाट पालित–पोषित हुन लालयित छन् । दुवैले देशका नदीनाला, प्राकृतिक स्रोत, साधन भारतलाई सुम्पिने, दिल्लीधाम पुगेर आशीर्वाद लिने र देशघाती काममा सहमति गर्ने गर्दै आएका छन् र दुवै देश र जनताप्रति होइन आफ्नो स्वार्थ, हित, नाफामा केन्द्रित हुँदै सत्ताको सुख लिन जस्तो सुकै अनैतिक कुकर्म गर्न पनि तयार हुन्छन् । दुवैमा धूर्तता, कपट, छल, झुटोपन, बेइमानी, द्रव्यधूर्त, (द्रव्यपिचास) प्रवृत्ति कुटाकुट गरेर भरिएको छ । दुवै भ्रष्टाचारका अनुयायी छन्, लूट खसोट, तस्करी, बेइमानी, घुस, कमिसन, माफियाकरण, गुण्डागर्दी, चुुसुवा प्रवृत्तिमा पनि दुबै समान छन् । दुवैमा राष्ट्रिय चिन्तन, जनउत्तरदायित्व, स्वाभिमान, इमान्दारिता भन्ने चिज छैन । जसरी हुन्छ, देशलाई लूट, सुखभोग गर, विलास र आनन्द प्राप्त गर, भन्ने उपभोक्तावादी चरित्र पूर्ण हावी छ । देश र जनताको पीडा र वेदना, समस्या र जटिलता, अभाव र गरिबीसँग कुनै संवेदना छैन । विकास, प्रगति, समृद्धि, स्वीट्जरल्याण्ड, सिंगापुर, हङकङ बनाइदिने झुटा आश्वासन र भ्रमको खेती गर्न पनि दुवै माहिर छन् । यही सब समान प्रवृत्तिले उनीहरु नजिक भई जोल्टिन पुगेका हुन् । त्यो पनि चुनावको मुखैमा । यसमा उनीहरुको भित्री कारण मात्र छैन बाह्य शक्तिको भूमिका पनि कारण बनेर आएको छ । यिनीहरु दुवै बाहिरबाट निर्देशित र सञ्चालित छन् । प्रभुहरुका दासका रुपमा, साम्राज्यवादीका दलालका रुपमा, विदेशी शक्तिका नोकरका रुपमा परिचालित भएर नै जोल्टिन पुगेका हुन् । यसर्थ यिनीहरुको यो गठबन्धन सत्ताको निम्ति हो । स्वार्थको निम्ति हो र प्रतित्रिmियावादी हित्तचित्त मिल्नुको परिणाम हो । यो गठबन्धन अवसरवादी, स्वार्थी, लोभपाप केन्द्रित, गलत उद्देश्यले लक्षित गठबन्धन पनि हो । त्यसैले यो गठबन्धनको नियत ठीक छैन । गलत नियत र खराब अन्तर्यले अभिप्रेरित भएकोले नै यो बेठीक छ । यिनै दुयृखाले गठबन्धनले आ–आफ्नै चुनाव जित्ने, दुईतिहाइ ल्याउने, संविधान संशोधन गर्ने र चमत्कार गर्ने जस्ता भूmटको खेती गर्दै आएका छन् । उनीहरुले फेरि सत्यमाथि पर्दाहाल्ने, भ्रम छर्ने, जनताका आँखामा छारो हालेर चुनाव जित्ने जाल फैलाएका छन् । वाम गठबन्धनको हौवा त्यही एउटा नाटक हो । स्वार्थ र पापबाट प्रेरित नाटक । संविधान जारी भएपछि सबै समस्या समाधान हुने उद्घोष गरे, देश झन् जटिलतामा फस्दै गयो । स्थानीय चुनावपछि सिंहदरबार गाउँगाउँ पुग्ने, समृद्धि, विकास, उन्नति, रोजगारी बढ्ने उद्घोष गरे, मुलुक झन्भन्दा झन् कठिन पीडाबाट गुज्रिरहेछ । अहिले फेरि यी दुई चुनावबाट चमत्कार गर्ने गफ लडाइरहेका छन् यो पनि जनतालाई भ्रम पार्ने र छल गर्ने प्रपञ्च मात्रै हो । यिनका कुरामा विश्वास ग¥यो भने देशको हविगत नारकीय बन्ने मात्रै हो । देशको दियालिया र टाटपल्टाइ मात्रै हो । पटकैपटक मुलुकमा असफल भएको र संसारैबाट विस्थापित भइरहेको संसदीय व्यवस्था, असफल सिद्ध बाजारु, खुला, नवउदारवादी अर्थतन्त्रलाई अँगालेर र निकृष्ट उपभोक्तावादी जीवन पद्धतिमा डुबेर उनीहरुले गफलाएका कुरामा विश्वास गर्नु आकाशको फल आँखातरी मर बाहेक केही होइन ।
तसर्थ, यिनका भूmटका पुलिन्दा, भ्रमका पोका, बेइमानीका खाका आश्वासनै आश्वासनका घोषणापत्रमा विश्वास गरेर पुनः यिनै शक्तिलाई जनताले विश्वास गरे भने देशको विघटनलाई रोक्न सकिने छैन । कोशी, गण्डकी, महाकाली, कर्णाली, अरुणलगायत देशका मुख्य नदीनाला बेचेर दिल्लीसामु सधंै लम्पसार पर्ने धोकेबाजहरुले नक्कली राष्ट्रवादको नाराले मधेस टुक्र्याउने जमर्काे गरेकै हुन् । देशका सीमा दिनदिनै मिचिंदा मौन सम्मति गरेर दिल्लीश्वरका पाउमा सत्ताको भिक माग्न जानेहरुले राष्ट्रवादको हौवा चलाउनु अनर्गल प्रलाप मात्र हो । विदेशी मालिकका इसारामा सत्ता चलाउने र सत्ता खाने प्रपञ्च गर्नेहरुले राष्ट्रवाद फलाक्नु पनि नक्कली जाल मात्रै हो । कपट र धूर्ततामा माहिरहरुले चुनावको बेला सधैं यस्तै फलाक्ने गरेका छन् र फलाकिरहन्छन् ताकि जनताको दिमाग भुट्न सकियोस् । चुनाव जित्न पाइयोस् र फेरि उही लूटको शासन चलिरहोस् । यसैले यिनका कुरा पत्याएर जनता झुक्किइरहने खेल बन्द हुन जरुरी छ । जनताले सधैं कुखुरा चोर स्यालका छट्टु कुरा पत्याइरहनु हुन्न भन्ने मेरो राय छ । यी दुवै गठबन्धनबाट देशको स्वाधीनता रक्षा भूअखण्डताको सुरक्षा, न्यायपूर्ण शासन र राष्ट्रको समृद्धिमा रुपान्तरण सम्भव छैन ।
दलाल पुँजीपति वर्गको हितमा काम गर्ने दलालहरुले चुनावको मुखमा विकास र समृद्धिको सपना बाँड्नु छल र प्रपञ्चबाहेक केही होइन । उनका घोषणापत्र भूmटका पुलिन्दा हुन् भन्ने कुरा हरेक चुनावमा उनीहरुले बाँडेका सपनाहरु आजसम्म एउटा मात्रै पनि पूरा नभएका कुराले नै पुष्टि गर्छ । सानो मन्त्रिमण्डलको बाचा गरेकाले आज पाँच दर्जन बढी मन्त्रीहरुको नियुक्ति गरेकै सानो कुराबाट पनि त्यसको पुष्टि हुँदैन र ? चुनाव जितेपछि बाटो पखाल्ने र हरियाली नै हरियाली बनाउने सपना बाँडेकाहरुको प्रतिज्ञा अहिले देशका हरेक सडकको दुरावस्थाको स्थितिले पुष्टि गर्दैन र ? यसैकारण अब सचेत, विवेकशील, जागरुक जनताले बुझ्नुपर्छ यिनबाट न त देशको समृद्धि न राष्ट्रियताको रक्षा नै सम्भव छ । यी सबै पिपलपाते चरित्रका अवसरवादी, स्वार्थी, लोभीपापी, ढोंगी र पाखण्डी हुन् । यी धूर्त र बेइमानहरुले चुनावको बेला तपाई हाम्रा मस्तिष्क पोली खान रचेका भ्रमका पोका हुन् । यो बुझेर सही र इमान्दार उम्मेदवारलाई रोज्न जरुरी छ ।
देजमोका उमेदवारहरु देशभक्त छन्, स्वाभिमानी छन्, नैतिक र इमान्दार छन् । उनीहरुले आजसम्म देशविरुद्ध कुनै गतिविधि गरेका न त तथ्य छन्, न प्रमाण । देश र जनताको मुक्तिखातिर उनले आजसम्म खेलेको भूमिकाले त्यसको पुष्टि गर्छ । उनीहरुको राजनीतिक सिद्धान्त, चरित्र र विचार राष्ट्रप्रेम र स्वाभिमानले ओतप्रोत छ । उनीहरु न त झुटको खेती गर्छन् न पाखण्डी र चामत्कारिक कुरा नै गर्छन् । जे बोल्छन्, त्यसैमा दृढ रहन्छन् । भारतीय विस्तारवादविरुद्ध उनीहरुले सधैं आवाज उठाएका छन् । सीमा मिचिंदा, अतिक्रमण हुँदा, हस्तक्षेप हुँदा, विदेशीले निर्देशन र आदेश गर्दा सडकमा आवाज बुलन्द गर्दै आएका छन् । मधेस र तराईका समस्याबारे स्पष्ट दृष्टिकोण लिएका छन् । राष्ट्र बिखण्डनका विरुद्ध संघर्ष गरेका छन् । देशमा व्याप्त घुस, कमिशन, तस्करी, भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी, अनैतिकता, जनउत्तरदायित्व विहीनता, गैरजिम्मेवारीविरुद्ध सधैं विद्रोह बोलेका छन् । देशलाई विकृति र विसंगतिको गर्तमा जाक्ने हर प्रपञ्चविरुद्ध सही विचार दिएका छन् । एउटा राजनीतिक ‘इथिक’मा दृढतासाथ उभिएका छन् र देशको आमूल परिवर्तन र नयाँ जनवादी व्यवस्थाको पक्षमा अटल छन् ।
सही विचारले मात्र देशलाई सही दिशामा अघि लैजान सकिन्छ । झुटका सपना बाँड्नेहरुले, गलत विचार बोक्नेहरुले, विदेशीबाट सञ्चालितहरुले दलाल र दास संस्कार बोकेकाहरुले देशलाई सही बाटोमा लैजान सक्दैनन् र भड्खालोमा जाक्नेछन् । तसर्थ, ठीक समयमा ठीक निर्णय लिनु जनताको स्वतन्त्र मूल्य हो । आफ्नो स्वतन्त्रताको प्रयोग गरौं । एक गिलास रक्सी र एक थाल मासु भातमा भोट नबेचौं र २–४ कौडीको भाउ, तपाईको अभिमत होइन । २–४ कौडीमा भोट नबेचौं । सही, इमान्दार, नैतिक र चरित्रवान मान्छेलाई भोट हालौं । एकपटकको गल्तीले जीवनभर पछुताउनु हुन्न । देशभक्तहरुको मोर्चा, देजमोका उमेदवारलाई भोट हालौं । ताकि संसद्मा खबरदारी गर्ने मान्छेहरुको उपस्थिति होस् । देशलाई नयाँ युगतर्पm लैजाने बाटो प्रशस्त बनोस् । यथास्थितिका नारकीय पीडाबाट देश मुक्त गर्न सकियोस् र संसदीय व्यवस्था र नवउदारवादी असफल व्यवस्थाबाट देशलाई मुक्त गर्न सकियोस् ।