पदाधिकारी चयन ग¥यो अखिल (क्रान्तिकारी)ले, शैक्षिक माफियाहरु विरुद्ध प्रतिरोध संघर्ष गर्ने

पदाधिकारी चयन ग¥यो अखिल (क्रान्तिकारी)ले, शैक्षिक माफियाहरु विरुद्ध प्रतिरोध संघर्ष गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठक पदाधिकारी चयनसहित महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

०७३ माघ २३–२५ मा सम्पन्न राष्ट्रिय भेलाबाट सेवन्त राज भण्डारीलाई अध्यक्षमा चयन गरेको संगठनले लामो समयसम्म पदाधिकारी चयन गरेको थिएन । पार्टी कार्यालय बुद्धनगरमा मंगलबार सम्पन्न बैठकले उपाध्यक्षमा विष्णु नेम्वाङ र उपेन्द्र शाही, महासचिवमा राम नेपाली, सचिवहरुमा क्रमशः पेशल दाहाल, ज्ञानु खतिवडा, किरण अधिकारी थारु, ललित थापा र सुनिता बुढाथोकी, कोषाध्यक्षमा शिलु न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी बैठकले संगठनको सचिवालय सदस्यमा क्रमशः राम बहादुर महरा, अमृत चापागाईं, फडिन्द्र कार्की, रोमस श्रेष्ठ, मनकुमार न्यौपाने, महेश श्रेष्ठ, सुर्य कार्की, दिपेन्द्र लामछिाने, केपी भट्ट, ईश्वरी गुरागाईं, तिर्थ राई, किसन राई, रञ्जित शाह, भुवन सिहं धामी, प्रदिप थापा मगरलाई चयन गरेको छ । 

संगठनको नीति र अनुशासन विपरीत कार्य गरेका केन्द्रीय सदस्यहरु सुभाष विक, हरिवोल श्रेष्ठ, परेक नेपाली र वासु देवकोटालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निस्कासनको कारबाही गरेको छ भने वासु न्यौपाने (नेपाल संस्कृत वि.), खेमराज पोखरेल (भक्तपुर) र डिल्ली वली (सल्यान)लाई केन्द्रीय समितिमा थप गरेको छ । 

आगामी फाल्गनुमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीको बैठकले प्रादेशिक संरचना अनुसार नेताहरुको कार्यविभाजन पनि गरेको छ । जस अनुसार ७ वटा भौगोलिक संरचना र १ गैरभौगोलिक (विश्वविद्यालय + CTEVT प्रदेश) गरी गरिएको कार्यविभाजन अनुसार १ नं प्रदेशमा ज्ञानु खतिवडा, २ नं प्रदेशमा किरण थारु, ३ नं प्रदेशमा ललित जंग थापा, ४ नं प्रदेशमा विष्णु नेम्वाङ, ५ नं प्रदेशमा उपेन्द्र शाही, ६ नं प्रदेशमा राम नेपाली, ७ नं प्रदेशमा राम बहादुर महरा, ८ नं प्रदेश (गैरभौगोलिक)मा पेशल दाहाल संयोजक रहने गरी कार्यविभाजन गरिएको छ ।

संगठनका महासचिव राम नेपालीले दिएको जानकारी अनुसार बैठकले सरकारी सामुदायिक मा.वि. मा कक्षा ११ र १२ लाई पूर्ण निशुल्क गराउन संघर्ष गर्ने, विद्यार्थीहरुलाई स्वास्थ्य उपचारमा ५०% छुटको लागि संघर्ष गर्ने, शुल्क वृद्धि र शैक्षिक माफियाहरु विरुद्ध प्रतिरोध संघर्ष गर्ने, प्रदेश स्तरिय शैक्षिक सुधारको लागि संघर्ष गर्ने र  संगठन सुदृढीकरण तथा विस्तार अभियान संचालन गर्ने आदि निर्णय पनि गरेको छ । पछिल्लो समय शैक्षिक माफियाहरुका विरुद्ध आक्रामक बन्दै आएको यो संगठनले विध्यार्थी आन्दोलनभित्र सच्चा क्रान्तिकारी धारको नेतृत्व गर्दै आएको छ ।