गौशाला । महोत्तरी जिल्लाको बर्दिबासमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको जनाएको छ ।

नगरपालिका कार्यालय अगाडि रहेको बालुवाको ढेरमाथि स्टीलको खाजा खाने बक्सामा बारुद भरेर बनाइएको बम विष्फोट गराएको प्रहरी उपरीक्षक कुबेर कठायतले बताए छन् ।

बम विष्फोटबाट कुनै मानवीय वा भौतिक क्षति नभएको जनाइएको छ । नेपाली सेनाको फस्ट राइफल गणका डिस्पोजल टोलीले सो स्थानमा गएर थप बमको खोजतलाश गरेकोमा केही पनि फेला नपरेको पनि प्रहरीले जानकारी दिएको छ । अहिले सो स्थानको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर