सरकार गठनका लागि देउवाउले बोलाएको बैठक एमालेद्वारा बहिस्कार

सरकार गठनका लागि देउवाउले बोलाएको बैठक एमालेद्वारा बहिस्कार

काठमाडौं । सहमतीय सरकार गठनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पहलमा सर्वदलीय बैठक बोलाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समय सकिन लाग्दा देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको पहल सुरु गरेका हुन् ।

देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएको छैन । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलका नेताहरु सहभागी छन् ।

बैठकमा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले बिहीबार सहमतीय सरकारका लागि सात दिनको समय दिएकी थिइन् ।

राष्ट्रपतिले दिएको सहमतीय सरकार गठनको समयसीमा बुधबार सकिँदैछ । सहमतिका लागि दिएको समयसिमाभित्र सहमतीय सरकार गठन हुन नसकेमा राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि समय दिनेछिन् ।