गोरखा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहेको अवस्थामा गोरखाको द्रव्य शाह क्याम्पस हाताभित्र बम विस्फोट भएको छ ।
गोरखा नगरपालिका ८ लक्ष्मीबजारमा रहेको क्याम्पसमा सोमवार ठूलो आवाजमा बिफोष्ट भएको थियो । क्याम्पसको पूर्वपट्टी रहेको पुस्तकालय नजिकै विस्फोट भएको थियो ।
बिष्फोट भएको स्थलमा सुतरी डोरी र केही बारुद भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । अहिले घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक एसपी जनकराज पाण्डेयले बताए ।
यता गोरखा क्याम्पसमा अखिल (क्रान्तिकारी) ले लगाएको ताला अझै खुल्न नसक्दा स्ववियु निर्वाचन प्रभावित हुने भएको छ ।
मनोनयन दर्तामा मर्यादा क्रम नमिलेको भन्दै अखिल क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गरेको थियो ।