बेलायतले ईयूको साथ छाड्यो, ईयु छाड्ने पक्षमा ५२ प्रतिशत मत

बेलायतले ईयूको साथ छाड्यो, ईयु छाड्ने पक्षमा ५२ प्रतिशत मत

Leave EUलण्डन– युरोपियन युनियनलाई छाड्ने कि नछाड्ने भनी बेलायतमा लामो समयदेखि चलेको बहस शुक्रबार टुंगिएको छ । ईयूलाई छाड्ने कि नछाड्ने भनी विहीबार जनमत संग्रह गरिएको थियो ।

जनमत संग्रहबाट ईयू छाड्ने पक्षमा १ करोड ७४ लाख १० हजार ७ सय ४२ मत खस्यो भने ईयूसँगै रहने पक्षमा १ करोड ६१ लाख ४१ हजा २ सय ४१ मत खसेको छ । जनमत संग्रहबाट आएको यो नजितासँगै बेलायतले ईयूलाई छाडिदिएको छ ।

बेलायत यूरोपियन युनियन संघमा रहने नरहने फैसला गर्न भएको जनमत संग्रहमा ४ करोड ६४ लाख ९९ हजार ५ सय ३७ जनाले भाग लिएका थिए । विहीबार विहान सातबजेदेखि राती १० बजेसम्म मतदान भएको थियो ।

बेलायतको इतिहासमा योे तेस्रो पटक राष्ट्रिय जनमत संग्रह गरिएको हो । यो जनमत संग्रह भन्दा अघि बेलायत युरोपीय संघमा रहने वा अलग हुने मुद्दामा चार महिनासम्म अभियान चलाइएको थियो ।

सन् २००८ देखि बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न थालेको थियो । सन् २००८ मा ग्रेट ब्रिटेनको अर्थव्यवस्था मन्दीको चपेटामा परेपछि बेरोजगारी बढेको थियो । त्यही आर्थिक मन्दीको कारण जनाउँदै ईयूलाई छाड्नुपर्ने मत बढ्दै गएको थियो ।

बेलायतले प्रत्येक वर्ष युरोपियन युनियनको बजेटका लागि ९ अर्ब डलर दिँदै आएको छ । ईयूबाट बाहिरिएपछि उक्त रकम दिनु नपरेपछि केही आर्थिक सुधार हुने बेलायतीको अपेक्षा छ ।

बेलायत र ईयू आवतजावतमा समेत छुट भएका कारण बेलायतले नोक्सान बेहोर्दै आएको छ । प्रधानमन्त्री डेभिड क्यामरन तथा कन्जरभेटिम पार्टी भने युरोपियन युनियनबाट बाहिरिन नहुने पक्षमा थिए । (एजेन्सीको सहयोगमा)