नवउदारवादी पुँजीवादकै खरानीबाट वैज्ञानिक समाजवादको उदय

नवउदारवादी पुँजीवादकै खरानीबाट वैज्ञानिक समाजवादको उदय

भूमिका
विश्व मानव विकासको इतिहासको अध्ययनबाट के स्पष्ट हुन्छ कि विश्वमा जे जस्ता महामारी,युद्ध तथा अन्य संकट आएका छन् ती सबै मान्छेकै गल्तीबाट उत्पन्न गरिएका हुन् । तर ती सबैको नकारात्मक असर आखिरमा गरिब मान्छे र गरिब देशलाई नै बढी डसेको छ र नेपालजस्तो देश जहाँका जनता जीवन नीर्वाहामूखी कृषि, दैनिक ज्यालादारी र खुद्रा व्यापारले मात्र धानिएका छन्, तिनीहरुको हालत कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
यो लेखको उद्येश्य यहाँ विश्वमा जे जस्ता महामारी आएका छन् ती महामारीका कारण त्यसले गर्ने क्षति कति भएहोला, त्यो विगतका तथ्यांकले नै बताएको छ तर यस्तो महामारी किन बढ्दै गएको छ ? भन्नेबारे चाहिँ मानव समुदायले साच्चै नै सोच्नै पर्ने आवश्यकता भएको छ र यसका पछाडिको मूल कारण के हुन सक्छ ? यसमा पनि गहन खोजको आवश्यकता छ । यसका लागि विश्वमा बसोवास गर्ने समग्र मानव समुदायमाथि भइरहेको यी अनेक संकट र आक्रमण वारे कदापी ढिलाइ नगरी सोंच्नु आवश्यक भएको छ ।
पहिलो र अति महत्वराख्ने प्रश्न हो –यस्ता संकट र माहामारीको जिम्मेवार को हुन त ?
इतिहासको संक्षिप्त समिक्षाबाट पनि एउटा तत्थ्य के पत्ता लाग्छ भने सन् १९८० पछि विश्वमा मौलाउँदै गएको नवउदारवादी पु“जीवाद, जसले एकाधिकार पुँजीवादको आडमा विश्वव्यापीकरण, नवउदारीकरण र नीजीकरणका कारण लाखौं विपन्न परिवारको जीवन लथालिंग बन्दै गएको छ । बसाइसराई, तीव्र सहरीकरण र उच्च बेरोजगारीआदि विश्व एकाधिकार पु“जीवाद (वर्तमान रुप साम्राज्यवाद) रहेसम्म कहिल्यै नसल्टिने समस्या बनेका छन् । सन् १९८० पछि विश्वमा फैलिएको एडसको माहमारी(जो धनाडय व्यक्तिहरुको ऐयाशीका कारण उत्पन्न भएको थियो )ले पनि त ९० प्रतिशत एड्सको मार अफ्रिका तथा एशीयाका गरीब तथा विकासोन्मुख देशमा परेको इतिहास ताजै छ ।
यसरी सन् १९८०देखि खल्बलिएको विश्व अर्थतन्त्र र समाज अहिलेसम्म नतंग्रिएको निष्कर्ष चोमस्कीजस्ता समाजवादी अर्थविद्हरुले निकालेका छन् । नवउदारवादी पुँजीवादकै खरावीको परिणाम अहिले विश्वमा सामाजिक असमानता अझै बढदै गएको छ र गरीव र धनीबीचको असमानताको खाडल झन झन चौडा बन्दै गएको छ र मानिसहरु रोजगारीका अवसरहरु खोज्दै गाउँ छाडेर देश विदेशका सहरहरुमा खाँदिन पुँगेका छन् । यी सब कारणले पनि एड्स, कोरोनाजस्ता महामारीले विश्वका सहरहरुमा रहेका जनतामाथि बलियो आक्रमण गरेको विगतको यथार्थता हो ।
एडस,कोरोनाजस्ता महामारीबाट बच्नका लागि आखिरमा एउटा महत्पूर्ण भूमिका स्वास्थ्य केन्द्रहरु नै हुन्छन्् । तर नवउदारवादी पुँजीवादको आडमा ल्याइएको विश्वव्यापीकरण, नवउदारीकरण र नीजीकरणका कारण नेपालजस्ता विश्वका देशहरुमा सार्वजनिक अस्पत्तालको अवस्था अप्ठ्यारोमा पर्दै जानु र सार्वजनिक स्वास्थ्यसेवा निजी अस्पतालतिर उर्लिर्दै जानु सार्वजनिक अस्पत्तालहरुको भूमिका त्यति सशक्त देखिएको छैन् ।
नवउदारवादी पुँजीवादको आडमा ल्याइएको विश्वव्यापीकरण, नवउदारीकरण र नीजीकरणका कारण समग्र राज्य सत्ता निजी अस्पताल पोस्न हतारिएको देखिन्छ । उदाहरणका लागि जव कोरोना सुरुमात्रै के भएको थियो(यसको माहामारी रुप त अझै पछि को कुरा थियो) नेपालका निजी अस्पतालहरुले सार्वजनिक स्वास्थ्यसेवा दिन आनाकानी गरेका कुरा बाहिर आएका थिए । सामान्य रुघाखोकीका विरामीलाई अस्पत्तालको गेटबाटै फर्काइदिएका कुराहरु बाहिर आएका थिए । कोरोना सुरु हुँदा नेपालको तत्कालीन समाजवादको नारा दिने कम्युनिस्ट सरकार र समग्र राज्य सत्ता, जसले निजी अस्पताल पोस्ने काम गरिरहेका थिए्, सार्वजनिक अस्पताल र नीजी अस्पतालबीचमा समन्वय एवं सहकार्य गर्न स्मेत तत्कालिन नेपाल सरकारले सकिरहेको थिएन । यस्ता माहमारी रोकथामका लागि कस्तो स्वास्थ्य सेवा चाहिन्छ भन्ने त भरखरै चीनजस्तो स्वास्थ्य सेवा भएको देशले मात्रै सजिलै कोरोनाजस्ता महामारीको सामना र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य सार्वजनिक भएको थियो । र यसले पनि समाजवाद र समाजवाद मात्तै यस्तो व्यवस्था हो जसले सही मानेमा कोरोनाजस्ता माहमारीको बेलैमा मुकाविला गर्न सक्छ भन्ने नै हो । चीनमा वैज्ञानिक समाजवाद त छैन तै पनि चीनको विशेषतामा अधारित समाजवादले देश र जनताको पक्षमा निकै राम्रा काम गरेको छ भनेर विश्व समुदायले पनि भनिरहेका छन् । यद्धपि भविश्यको चीन अहिलेको अमेरिका हुनेछ किनभने चीनले अहिले विश्वव्यापार संगठन, विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, विश्वव्यापीकरण, उदारीकरण र नीजिकरणआदि जे जतिको घोडामा अमेरिका तथा युरोप र जापानका सरकारहरु सवार छन्, तिनै घोडामा चीन सवार हुन तयार देखिएको छ ।
इतिहासमा भएका माहामारीहरु
विगतमा फैलिएको कोरोना भइरसलाई संयुक्त राष्ट्र संघले दोस्रो विश्व युद्धपछिको महामारी भनिरहेको थियो । किनभने त्यो भन्दा अगाडि यस्ता अनगिन्ति महामारी भएका छन् । पहिलो विश्वयुद्ध सन् १९१४ जुलाई २८मा सुरु भएको थियो । यसका पछाडिको एउटा प्रमुख कारण दुनियाँभर फैलिरहेकै युरोपेली बजारका बीचको होडबाजी थियो । चार वर्षसम्म लम्बिएको त्यो युद्धमा २१ लाख मान्छेको ज्यान जाँदा पनि हारजित भइरहेको थिएन । आखिरमा सबै खाले युद्ध र नरसंहारको मार त पृथ्वी र पृथ्वीमा वस्दै आएका गरीबले नै झेल्नु पर्छ भन्ने त्यसवेला नै देखिएको थियो । यद्धपि विश्वका गरीव जनताका लागि त्यो युद्धको एउटा राम्रो परिणाम आशाको किरण लिएर पहिलो समाजवादी देश सोभियत संघको उदय भयो । त्यो युद्धको एउटा नराम्रो परिणाम युद्धको डढेलो झेलिरहेको पृथ्वीले विश्वयुद्धको चौथो वर्षको सुरुआत, सन् १९१८ मार्चमा नै इन्फ्लुएन्जाको संक्रमणको सामना गर्नु पर्र्यो । करिब ५ करोड मान्छेको ज्यान लिने उक्त महामारीको उग्ररुप विश्वले त्यतिबेला देख्यो, जतिबेला स्पेनका राजा अल्फाँसो तेह्रौं इन्फ्लुएन्जाबाट संक्रमित भए । मे २२, १९१८ मा स्पेनको ‘एबीसी न्युजपेपर’ मा प्रमुख समाचार बनेको यस महामारीलाई ‘स्पेनिस इन्फ्लुयन्जा’ को नाम दिंदै स्पेनले महामारीको दोष फ्रान्समाथि लगायो । यसको करिब ५ महिनापछि नोभेम्वर ११, १९१८ मा अमेरिकी नेतृत्वमा चार वर्ष लामो विश्वयुद्ध बिसाइयो । त्यतिबेलासम्म स्पेनिस फ्लुकै कारण काम गर्ने २० देखि ४० वर्षका झन्डै ३ करोड ४० लाख नौजवानको ज्यान गइसकेको थियो (जैके तबनबर्गर र डीएम मरन्स, २००६; १९१८ इफ्लुयन्जा ः द मदर अफ अल प्यान्डेमिक) ।
अहिले विश्वका सबै देशहरु घनाजंगल मासेर सहर वसाइएका देशहरु हुन् । जव जंगल मासिन्छ अनि जंगल मासिएपछि जगली पशुपक्षीहरु पनि सहरको वोरीपरी खानका लागि झुम्मिन्छन् । स्पेनिस इन्फ्लुयन्जाजस्तो महामारीको ठ्याक्कै एक सय वर्षपछि चीनको वुहान राज्यबाटै कोरोना भाइरसको संक्रमण जागेको हो । यसको दोष जंगली जनावर–चमेरोलाई दिइए पनि मान्छेले प्रकृति र जंगली जीवजन्तुमाथि गरिरहेको रजाइँको चर्चा कही कतै गरिरहेको पाइएको छैन् । पृथ्वीसँग बिग्रँदो सम्बन्धको मार फेरि पनि विपन्न र कम आय भएका सामाजिक समूहमा बढी परेको राहतका नाममा ५ किलो चामलका लागि दिनभरका दिनभर लाइनमा बसिरहेको देखिन्छ । जवकि पृथ्वीसँग बिग्रँदो सम्बन्धका लागि विश्वका अति धनी र सम्पन्न देशहरु अमेरिका, चीन, फ्रान्स जापान, जर्मन, बेलायतआदि नै जिम्मेवार छन् ।
प्रकृतिसँग मानिसका बिग्रँदो सम्वन्धलाई कसरी सुधार्ने ?
समाज विकासको साथै भौतिक विकासको ट्रेन्ड हेर्दा दुनियाँमा जहाँ सहर, उद्योग र व्यापारको विकास भएको छ, त्यहाँका अधिकांश रैथानेहरु(ष्लमष्नभलयगक जबदष्तबतक) कित विस्थापित गरिएका छन् कित ज्यालादारी कामदार बनेका देखिन्छ । जब यीनीहरु बाहिर पारिन्छन् उनीहरूका रैथाने खानेकुरामाथि आगन्तुक(वाहीरबाट बसाइसरी आएका)हरुको बर्चश्व कायम बन्दै जान्छ र ती चीजहरुको व्यापार(बेचविखन) उनीहरुले गर्न थाल्दछन् । ती आगन्तुकहरु, जो वाहीरबाट बसाइसरी आएका हुन, जसले कतिपय खानाको पर्यावरणीय, सामाजिक तथा सांस्कृतिकजस्ता मर्मबारे बुझेका हु“दैन र बुझन पनि चाहादैनन् । ती खानेकुरा जंगली पशुपक्षीबाट कसरी खान योग्य बनाइएका थिए, त्यसको खोजीनीति उनीहरबाट हुँदैन । यहीँनेरबाट प्रकृति, जीवजन्तु र मानिसको सम्बन्धमा खटपट सुरु भएको इतिहास पाइन्छ । र, परिणाम प्रकृतिलाई आफ्ना नंग्राहरु–बहुराष्ट्रिय कम्पनीहरुमार्फत अनाधिकृतरुपले एक आपसमा खरीद बिक्रि गरेर त्यसबाट आफ्नो समृद्धि र सन्तुष्टिको स्वाद लिंन खोज्ने नवउदारवादी पु“जीवादका गलत कार्यहरुको कारण कोरोनाजस्तो महामारी बनेर समग्र मानव समुदायमाथि प्रकृतिले बज्र प्रहार गर्दछ र समाजमा माहामारीको रुपमा देखापर्छ । जसको सामाजिक एवं सांस्कृतिक क्षतिपूर्ति नै छैन ।
बहुराष्ट्रिय कम्पनीहरु कसरी प्रकृतिमाथि अत्यधिक शोषण गरेर अत्यधिक फाइदा लिन खोज्छन भन्ने यो उदाहरणले स्पष्ट पार्न मद्त गर्दछ । यसवारे ‘जर्नल अफ अवेसिटी प्रिभेन्सन’ लेख्छ– अहिले विश्वमा गहुँबाट मात्रै दैनिक १ सय २२ भन्दा बढी खानेकुराका परिकार बन्छन् । जति परिकारको संख्या बढेको छ, उति धेरै प्रविधि र मेसिनको प्रयोग बढेको छ । खानेकुराका प्रकार थपिँदै जाँदा, व्यावसायिक खेती गर्ने घनाजंगल तीव्र गतिमा मासिएको छ । रेनफरेस्ट एक्सन नेटवर्क–२०१७ का अनुसार विश्वमा बहुराष्ट्रिय कम्पनीहरुले चलाएका ठूला खाद्य उत्पादक कम्पनीका कारण बर्सेनि २० हजार हेक्टर जंगल सखाप भइरहेको छ । फर्निचर बनाउँदा होस या खानी उत्खनन गर्दा वन नै मासिएको छ । यसरी मान्छेका सबै प्रगति र उन्नति पृथ्वी(प्रकृति)को बेचबिखनमा उभिएका छन् र यी सबैका पछाडि अति विकसितदेशका बहुराष्ट्रिय कम्पनीहरु जिम्मेवार छन् ।
जर्नलले अझ स्पष्ट पार्दै लेख्दछ, अहिलेसम्म करिब १३ लाख १९ हजार हेक्टर जंगल मासेर उद्योग, खानी तथा सहरी विकास भएका छन् । यसको क्षेत्रफल दक्षिण अमेरिकी देश कोस्टारिकाको डेढ गुणा जति हुन आउँछ । एक वर्ग किमिमा करिब ७५ हजार रूख हुर्कन्छन् । यो हिसाबमा त अहिलेसम्म समृद्धिको नाममा करिब ६९ अर्ब रूख काटिइसकेका छन् । यसले कति पशुपक्षीको बसोबास नष्ट भयो होला । सयौं पशुपक्षी त गाँसबास नपाएरै पृथ्वीबाट अस्ताइसकेका छन् । कति मान्छेको वरपर आइपुगेका पशुपक्षीको कारण मान्छे र प्रकृतिको सम्बन्ध लथालिंग भएको छ । जर्नलले जोड दिएर भनेको छ । यी सबैका कारण पृथ्वीमा बढदै गएको तातो पनाले एक दिन विश्वको समग्र सृष्टि इतिहासको गर्भमा जाने सबैलाई थाहा नभएको कहाा होर ?
म्यासाचुसेटस इन्स्टिच्युट अफ टेक्निोलोजी (एमआएटी)का इमेरिटस प्रोफेसर एवम अरिजोना विश्वविद्यालयका लरिएट प्रोफेसर नोम चोम्स्कीले कोभिड–१९ को सन्दर्भमा यसो भनेका थिए । उनकै शब्दमा –“कोभिड–१९ को आँधीबेहरीले पुँजीवादी अर्थतन्त्र त ठप्पै भएको छ । विश्व–मन्दी अब रोकेर रोकिन सक्ने अवस्थामा छैन ।”
यस्तो महामारी कुनै महाविपत्तिको रुपमा विश्वमा आउँछ भन्ने अनेकौ पूर्वानुमान नगरिएका पनि होइनन । यसवारे विभिन्न फिल्महरु बनाएका थिए, पुस्तकहरु लेखिएका थिए तर किन विश्वले र विश्वका वैज्ञानिकहरुले यसवारे गम्भीर भएर किन यसका विरुद्ध विश्व मानव समुदायलाई बचाउनका लागि कुनै तैयारी गरेनन त ? यसवारे नोम चोम्स्कीको भन्दछन्–‘भविष्यमा आउन सक्ने महाविपत्तिको पूर्वसावधानी अपनाउने काममा कुनै नाफा नदेख्ने’ आर्थिक प्रणालीको सोच्ने नवउदार पुँजीवादको क्रुर तरिकाले त्यस्तो संकटको पूर्वतयारी गरेन ।
जव विश्वमा कोरोना भाइरस एउटा महामारीका रुपमा फैलिंदै गयो, विश्वले देख्दै गयो, देखिरहेको पनि छ कि यो महामारीको सामनामा गर्न संयुक्त राज्य अमेरिकाको पुरै असफल देखियो । यसअर्थमा संरा अमेरिका संसारकै सबभन्दा बढी प्रभावित देश बन्न गयो । भाइरसको महाव्याधि सुरु भएको देश चीनलाई पनि संरा अमेरिकाले उछिनेको थियो । संसारदाई थाहा छ संरा अमेरिका नवउदारवादी पुँजीवादको जन्मथलो हो ।
नवउदारवादी पुँजीवाद जसले ‘सरकार नै समस्याको मूल जरो हो ।’ भन्दछ र निर्णय प्रक्रिया धेरैभन्दा धेरै ब्यापारीको हातमा हुनुपर्छ भन्छ । निजी नाफाको लागि काम गर्नेहरूलाई सबै कुराको निर्र्णय गर्ने अधिकार सुम्पिनुपर्छ भन्ने मान्यता राख्छ र सार्वजनिक हितमा चासो राख्नेहरूको प्रभावबाट निर्णय प्रक्रिया मुक्त गरेर व्यापारिका हातमा राखिनुपर्छ भन्ने सिद्धान्तको पक्षपोषण गर्दछ । अमेरिकी पूर्व राष्ट्रपती रोनाल्ड रेगनले त्यस्तो घोषणा गरेपछिका यताका वर्षहरुमा अनियन्त्रित पुँजीवादी व्यवस्थाले मौलाउने अवसर पायो, परिणाम नवउदारवादी निर्ममताको मात्रा थपिदै गयो । फलतः आजको टेढो मेढो बजारको रचना भयो ।
अमेरिकामा रोनाल्ड रेगन र बेलायतमा मार्गरेट थ्याचरको पालादेखि नै पुँजीवादको नवउदारवादी संस्करण शक्तिशाली बन्दै आएको हो । यद्धपि उनीहरूभन्दा केही अघिबाटै नवउदारवादको सुरुवात भएको थियो । नेपालमा नवउदारवादको नकारात्मक असर डा. रामशरण महत (जसलाई स्वयम नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले देश र नेकाँ पार्टीभित्रको विदेशी दलाल भनेर बोलेकी थिइन्)जव सरकारका अर्थमन्त्री बने उनले अमेरिकामा रोनाल्ड रेगन र बेलायतमा मार्गरेट थ्याचरको पालादेखि नै पुँजीवादको नवउदारवादी संस्करणलाई नेपालको अर्थतन्त्रमा भद्धा नक्कल गरे । समाजवादी देशहरु–रुस र चीनले नेपाली जनतालाई उपहारस्वरुप बनाइदिएका कैयौ कलकारखाना तथा उद्योगधन्दाहरुलाई ती बेचेवापत प्राप्त हुने कमिसनको लागि कौडीको मूल्यमा भारतीय व्यापारीहरुलाई बेचे । परिणाम हजारौ नेपाली युवाहरु बेरोजगार बने र कामको खोजमा विदेशतीर भौतारिन बाध्य बनाइए । यसो गरेवापत उनी अमेरिकी नवउदारवादी खेमाबाट पुरस्कृत पनि गरिए ।
रेगनले पनि त धनी मानिसबाट करको भार हटाएर सर्वसाधारणको काँधमा करको भारी थोपरिदिएका थिए । शेयरको मूल्य बढाउन शेयर किनबेचलाई आधिकारिकता दिए, ब्यापारी र शेयर मालिकहरूलाई धनी बनाए । तर, उद्योगको उत्पादनशीलतालाई भने बेवास्ता गरेका थिए । त्यसवेला असाध्यै धनी मानिसप्रति रेगनको सद्भाव आजसम्म आइपुग्दा प्रगतिको अर्कै उचाइमा पुगेको छ ।
नवउदारवादी पुँजीवाद विश्वमा अनगिन्ति महामारीका लागि कसरी जिम्मेवार छ भन्ने विषयमा छलफल आवश्यक छ । अहिलेको यो गञ्जागोलको अवस्था आउनुका पछाडि नवउदारवादी पुँजीवाद किन जिम्मेवार छ त ? यसवारे नोम चोम्स्कीको भनाई यस्तो छ– ‘जब नवउदारवाद हावी हुन्छ तब सरकारले समग्र बजारका असफलतामा केही गर्न सक्दैन, हरेक चीजको निर्णायक बजार बन्न जान्छ । बजारको कुरा प्रस्ट छ–‘भविष्यको लागि लगानी गर्नु घाटाको ब्यापार गर्नु हो ।’ यस्तो अवस्थामा सरकारले पहलकदमी लिनुपथ्र्यो । तर, अहिले शासन गरिरहेको ‘सरकार नै समस्याको जड हो’ भन्ने नवउदारवादी सिद्धान्तले सरकारलाई त्यस्तो पहल लिन रोक लगाएको छ । नेपालमा पनि वर्तमान रास्वापा सरकारलाई यही सिद्धान्तका कारण पहल लिन रोक लगाएको छ कि भन्ने देखिएको छ, त्यो भनेको–‘भविष्यको लागि लगानी गर्नु घाटाको ब्यापार गर्नु हो ।’ त्यसैले त ल्पेन चार्टर गरेर विेदेशबाट मानिस ल्याउन हतारिन्छ, तर नेपाली मजदुरहरलाई दुईचार गाडि खोजेर उनीहरुका घरसम्म पु¥याउन आनाकानी गर्दछ । यहानेर नोम चोम्स्कीको माथिका भनाईहरु कति सान्दर्भिक छन् । रास्वपासरकारका अर्थमन्त्री वाग्ले नेकाँका रामशरण महतका नयाँ सस्करण भएको त उनले पेशगरेको बजेट ले स्पष्ट पार्न मद्त गर्ने छ ।
यो सन्देहरहित सत्य हो । जब नवउदारवाद हावी हुन्छ तब सरकारले समग्र बजारका असफलतामा केही गर्न सक्दैन । त्यही कारण आज गञ्जागोलको अवस्था निम्तिएको छ । नवउदारवादी दर्शनअनुसार हुने त्यस्तै हो । मिल्टन फ्रीडम्यान र नवउदारवादका अरु हिमायतीले हामीलाई सिकाएका छन् व्यापार प्रबन्धकको मूल जिम्मेवारी भनेको नाफा अधिकतम बनाउनु हो । यो नैतिक जिम्मेवारीबाट थोरै पनि यताउता भए ‘सभ्य जीवन’ को जग हल्लिन्छ ।
बहुराष्ट्रिय कम्पनीहरुले पैसाको बलमा विश्व पर्यावरणलाई तहसनहस पारिरहेका छन्
नवउदारवादको उदयसँग उत्पन्न कोरोना विश्वका मानव जातिकै लागि एउटा माहामारी शत्रु बन्यो । तर पृथ्वी र मानवबीचको सम्वन्धलाई सन्तुलित राख्ने दवाव यसले दिएको छ । त्यसैले यसका केही सकारात्मक पक्षहरु पनि बाहिर आउन थालेका छन् । भरखरै फरवरी २४, २०२० देखि चीनले ५४ थरीबाहेक अन्य जिउँदो जंगली पशुपक्षी बेच्न र उपभोग गर्न स्थायी प्रतिबन्ध लगाएको छ । त्यसअघि चीनमा मात्रै करिब ९७ प्रजातिका विभिन्न जिउँदो जंगली जनावरको बेचबिखन हुने गरेको अनुमान नेसनल जियोग्राफी २०१६ ले गरेको छ । दक्षिणपूर्वी एसियामा मात्रै ४० प्रजातिका चराचुरुंगी, स्तनधारी तथा घस्रने जीवजन्तुको बेचबिखन र उपभोग हुन्छ । नेसनल जियोग्राफीको सर्वेक्षणअनुसार अहिले पनि ८३ प्रतिशत चिनियाँ आफ्नो खानाको रूपमा जंगली पशुपक्षीको मासु खान रुचाउँछन् । यद्यपि विश्वभर र चीनमा समेत ‘मास–डिफरेस्टेसन’ भइरहेकाले यिनको आपूर्ति भने सहज देखिन्न । केही वर्षयता नेपालमा समेत जंगली पशुपक्षीको उपभोग बढेको छ । बट्टाई, कालिज, खरायो र बंदेलजस्ता जिउँदो जंगली पशुपक्षीको व्यावसायिक पालन बढेको छ । यसले के देखाउँछ भने विश्वभर जति सहर बढेका छन् त्यति नै वन विनाश र जंगली पशुपक्षीको उपभोग बढेको छ । बहुराष्ट्रिय कम्पनीहरुले पैसाको बलमा विश्व पर्यावरणलाई तहसनहस पारिरहेका छन् । परिणाम कोरोना जस्ता माहामारीको जन्म हुन जान्छ ।
प्रकृति र मानव सम्वन्धबारे मानवशास्त्रीको विश्लेषण
मानवशास्त्री फेडरिक कुक (२०२०) ले भनेका थिए–“कोरोनाजस्तो महामारीका मुख्य कारणमध्ये मान्छे र जनावरबीच बिग्रँदो सम्बन्ध पनि एक हो । तथापि यो नयाँ भने होइन । यसलाई राज्यले व्यवस्थापन गर्न सक्छ । तर पनि राज्यको ध्यान अर्थतन्त्रबाहिर गएको देखिन्न । प्रकृति र मान्छेको बीचमा सम्बन्ध कसरी बिग्रन नदिने भन्नेबारे सोचिएकै छैन । मान्छेको खाद्य तथा सामाजिक सम्बन्धलाई जोखिमयुक्त बन्न नदिनेबारे मनन गरिएको छैन ।”
यसमा जोड दिंदै फेडरिक कुकले लेख्छन्–“सुरक्षित र अनुशासित खाद्यउपभोग नै महामारीका प्रतिरोधक हुन् । तर नयाँ खानेकुराको बढ्दो आविष्कार र प्रयोगले मान्छे र प्रकृतिको सम्बन्ध नै खलबलिएका छन् । जुन स्वस्थ मान्छेको चुनौती हो । यसलाई कम गर्न, मान्छेको समृद्धि र प्रगतिको भोक अनुशासित बनाउनुको अर्को विकल्प छैन । यो नै भोलिको महामारी नियन्त्रणको भरपर्दो बाटो हो । अब प्रकृति बेचबिखनको वस्तु मात्र होइन । यो त मान्छेको जीवन र अस्तित्व हो भन्ने अहिले ती नवउदारवादी पु“जीवादी विद्यानहरुले बुझ्नुपर्छ । वन्यजन्तु मान्छेका लागि किन यति डरलाग्दो भयो । यसको सामाजिक र सांस्कृतिक पक्षबाट खोजी र चर्चा हुनुपर्छ ।”
नवउदारवादी पु“जीवादीको अन्त्य र वैज्ञानिक समाजवादको विकास किन आवश्यक छ ?
जसरी पु“जीवादी विकासले गर्दा गाउँहरू सहरका कारण रित्तिएका छन्, सहर मान्छेको हूलले भरिएको छ, यही रूपमा अघि बढ्दै गएमा आउँदा दिनमा कोरोनाभन्दा पनि अझै भयानक महामारी आउने पक्का छ । यो फेरि पनि सहरमै दोहोरिनेछ । राष्ट्र संघको ‘रिभिजन अफ वल्र्ड अर्वानाइजेसन प्रस्पेक्ट, २०१८’ ले सन् २०५० सम्ममा विश्वका ६८ प्रतिशत मानिस सहरमा बस्ने अनुमान गरिसकेको छ । अहिले नै विश्वमा ४ अर्ब २३ करोड मान्छे सहरमा बस्छन्, जसले खेतीपाती गर्दैनन्, उद्योग, व्यापार र नोकरी गर्छन् । यो संख्या अबको ३० वर्षमा एसिया र अफ्रिकामा मात्रै २ अर्ब २५ करोडले बढ्नेछ । विश्वका ८० प्रतिशतभन्दा बढी मानिस परम्परागत खेतीबाट बाहिर हुनेछन् । त्यतिखेर एशियाका भारतसँग ४१ करोड ६० लाख, चीनसँग २५ करोड ५० लाख र अफ्रिकाको नाइजेरियासँग १८ करोड ९० लाख थप सहरी जनसंख्या हुनेछ । अब कल्पना गरौं । यो जनसंख्याका लागि बहुराष्ट्रिय कम्पनीहरुले ‘मास–फुड–सप्लाई’ गर्न कति वनजंगल र जंगली पशुपक्षी तहसनहस गर्नेछन् ?
अहिले विश्वमा राज गरिहेको नवउदारवादी पु“जीवाद उद्योगसँगै सहर बनाउने काममा पनि दौडिरहेको छ । धेरै कमाइ हुने भएपछि मान्छेहरू सहरतिर ओइरिएका छन् । जर्नल अफ अवेसिटी प्रिभेन्सन (२०१०) ले भनेको छ –“अहिले धेरै मान्छे धेरैथरी खाने कुरा किन्न सक्ने भएका छन् । यसले गर्दा खाद्यान्नको माग र उपभोग अस्वाभाविक चुलिएको छ । सन् १९८० यता सहरमा बस्ने मान्छेले आफूलाई चाहिनेभन्दा ६० प्रतिशत बढी खाद्यान्न उपभोग गर्छन् । तर यही बेला विश्व बैंकले नेपालमा मात्रै बर्सेनि झन्डै ३९ हजार मेट्रिक टन खाद्यान्न आपूर्तिको अभाव रहेको तथ्य निकालेको छ । अहिले खाद्यान्नको उत्पादन जीवनका लागि होइन, बेचबिखनका लागि हुन्छन् । कारखाना, बजार र व्यापारले गर्दा मान्छेको सम्पर्क पहिलेभन्दा बाक्लो र नजिक भएको छ । जति मानिस सहरमा खाँदिएका छन् कोरोनाजस्ता महामारी पनि उति नै बलियो बन्दै गएका छन् ।
जर्नल लेख्छ–“खानेकुराको प्रकार र प्रकृति यति जटिल भएकोछ, यसले मानिसको जीवन तथा काम गर्ने शैली नै बदली दिएको छ । यो सँगै पृथ्वी र पशुपक्षीसँग मानिसका सम्बन्ध पनि बदलिएको छ । खाने कुरामा पशुपक्षीको उपभोग अत्यधिक बढेको छ । अहिले मासुका लागि मात्रै जंगली पशुपक्षीको उपभोग ७३ प्रतिशतले बढेको छ । विश्वभर मान्छेले दैनिक आफ्नो खानाको ६२ प्रतिशत हिस्सा मासुले भर्छन् । यो सबै कसरी सम्भव भयो ? सहरमा कैयौं खाद्य–उद्योग फस्टाएका छन् । र, खानेकुराको हजारौं प्रकारले ती उद्योग बाँचेका छन् । यसले मान्छेलाई चाहिनेभन्दा बढी खाना खान उक्साइरहेको छ । व्यावसायिक पशुपक्षीपालक र कृषि कम्पनी उसैगरी जति सकिन्छ धेरै उत्पादन गर्न हौसिएका छन् । जंगली जनावर तथा पशुपक्षीको चोरी सिकारी बढेको छ । धनि र सम्पन्नका घरमा अनावश्यक खानेकुराले भान्छा भरिएका हुन्छन् । चाहिनेभन्दा बढी अन्न फलाउन दिनदिनै जंगल सखाप भइरहेको छ । यस्तो मान्छेले आफू बसेकै पृथ्वी बेचेर समृद्धि र सन्तुष्टिको स्वाद लिइरहदा कसरी पृथ्वी (प्रकृति)चुप लागेर बस्न सक्छ र ? यसरी आफू बसेकै पृथ्वी बेचेर समृद्धि र सन्तुष्टिको स्वाद लिंन खोज्ने सामाजिक मूल्य मान्यतामाथि आक्रमण गर्ने विश्व नवउदारवादी पुँजीवाद, जसको वर्तमान रुप एकाधिकार पु“जीवाद(विश्व साम्राज्यवाद) हो र बहुराष्ट्रिय कम्पनीका रुपमा विश्वभर फैलिएका त्यसका दलालहरुको अन्त्य र वैज्ञानिक समाजवादको विकास नहोउन्जेल यस्ता प्रकृतिजन्य माहामारी मानव समुदायमा दोहोरि रहने छन् । यसैले नवउदारवादी पु“जीवादको अन्त्य र वैज्ञानिक समाजवादको विकासले मात्रै मानव समाज र सभ्यतामाथि आइपर्ने महामारीको उत्पत्ति रोक्न सक्छ ।
singhhukum683@gmail.com