काठमाडौँ उपत्यकासहित यी स्थानमा हल्का वर्षा हुने सम्भावना

काठमाडौँ उपत्यकासहित यी स्थानमा हल्का वर्षा हुने सम्भावना

काठमाडौँ। आज (बिहीबार) काठमाडौँ उपत्यकासहित देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षारहिमपात हुने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपात हुने सम्भावना छ।

यस क्रममा दिउँसोतिर काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

‘दिउँसो २र३ बजेपछि काठमाडौँ उपत्यकाका पनि थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ’ उनले भने।

उनका अनुसार यतिबेला भने काठमाडौँ उपत्यकामा हुस्सु लागिरहेको छ भने आकाशमा आंशिक बादल छ।

‘हुस्सु बिहान १० बजेसम्म हट्ला तर यसपछि पनि काठमाडौँ उपत्यकामा बिहान ११ बजेसम्म तुवाँलो रहने सम्भावना छ’, मौसमविद् अधिकारीले भने।

मौसम महाशाखाका अनुसार आज राति पनि देशका तराई भूभागका थोरै स्थानमा तुवाँलो रहनेछ। अनि कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपात हुने छ।