नवलपरासी १० फागुन : ‘कठपुतली’ सरकारको प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन बहिष्कार गर्ने दलहरु प्रति गरेको गैरराजनीतिक टिप्पणी प्रति आपत्ति जनाउदै उनको पुत्ला दहन गरिएको छ । संयुक्त संघर्ष समिति नवलपरासीले जेनजी आन्दोलनको दमनकर्ता र दुरुपयोगकर्ता दलालहरु लाई जिताउन आन्दोलनको जनभावना बिपरित साम्राज्यवादको प्रायोजनमा गरिएको जनाएको छ । संसदीय निर्वाचनको सशक्त बहिष्कार एवं कठपुतली प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै नवलपरासीको -१२ जमुनिया चोकमा संयुक्त संघर्ष समिति नवलपरासीले प्रधानमन्त्रीको पुत्ला दहन गरेको समिति संयोजक रवि पाण्डेयले जानकारी दिए । प्रधानमन्त्री कार्कीले सुरक्षा समितिको बैठकमा बहिष्कार गर्ने दलहरुको संगठन र जनमत नभएकोले चुनाव बहिष्कार गरेको टिप्पणी गरेका थिए । संयुक्त संघर्ष समिति नवलपरासीमा बहिष्कारवादी चारदल आबद्व छन ।

































