स्वाधीन संयुक्त सरकारको माग राख्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालव्दारा विभिन्न जिल्लामा कोणसभाहरु सम्पन्न

स्वाधीन संयुक्त सरकारको माग राख्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालव्दारा विभिन्न जिल्लामा कोणसभाहरु सम्पन्न

कार्तिक २९ ।
साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्ने मूल नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले स्थानीय तहमा देशब्यापी बिरोध प्रदर्शन गर्ने क्रममा आज निम्न स्थानहरुमा कालो ब्यानर सहित कम्युनिस्ट पार्टीको झण्डा बोकेर विभिन्न बिरोध प्रदर्शन कार्यक्रमहरु सम्पन्न गरिएका समाचारहरु प्राप्त भएका छन् ।
काठमाडौं


क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालव्दारा काठमाडौं महानगरपालिकाले असन चोकमा शुक्रबार कोणसभा सम्पन्न गरिएको छ । पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरेको बताइएको छ । साम्राज्यवाद–बिस्तारवाद, यथास्थिति र प्रतिगमनको विकल्प स्वाधीन संयुक्त सरकारको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशभर विरोध स्वरुप कोणसभा आयोजना गरेको र यस महानगरमा पनि कोणसभा सम्पन्न गरेको पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका सचिव पेशल दाहालले बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका इन्चार्ज बन्दुदेव पाण्डेले उक्त विसयबस्तु राख्नुभएको थियोे । कार्यक्रमको सन्चालन पेशल दाहालले गर्नुभएको थियो भने कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ९ नम्बर ब्युरो सचिव चिन्तामणी पौडेल सहभागी हुनुभएको थियोे ।
पोखरा


गण्डकी प्रदेशको कास्की जिल्ला स्थित पोखराको लखन चोक(पृथ्वी चोक) मा कालो ब्यानर सहित कम्युनिस्ट पार्टीको झण्डा सहीत एक बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमलाई पार्टीका ७ नम्बर क्षेत्रीय ब्युरोका सचीव नारायण अधिकारीले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कास्की जिल्ला सचीव बिक्रम थापा मगरले गर्नु भएको थियो ।


कार्यक्रम दिनको ठिक १स्०० बजे शुरु भइ २ः३० मा सम्पन्न भएको थियो भने कार्यक्रमको आयोजना क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पोखरा महानगर कमिटीले गरेको थियो ।
बनेपा


आज साम्राज्यवाद (विस्तारवादको कठपुतली सुशिला कार्की सरकारको विरोध र स्वाधीन संयुक्त सरकारको पक्षमा काभको बनेपा बजारमा नारा जुलुस सहीत कोणसभा सम्पन्न गरिएको छ । कार्यक्रमको उद्धोषण कान्छामान थिङले गर्नु भएको थियो भने कोणसभालाई ढोगप्रसाद अधिकारीले सम्वोधन गर्नु भएको थियो ।

दोलखा


विदेशी निगाहामा वनेको सुसीला कार्की नेतृत्वको कठपुतली सरकारको विरूद्दमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दोलखाले विरोध कार्यक्रम सम्पन्न गरेको छ । सदरमुकाम चरिकोट सातदोवाटोमा आयोजित विरोध कार्यक्रममा कार्की नेतृत्वको सरकार समाधान नभएर समस्या भएको भन्दै जिल्ला सेक्रेटरी गोविन्द काफलेले यो विदेशी दलालहरूको सेवक भएकोले विकल्पमा स्वाधिन सरकार निर्माण गरेर मात्र राष्टिय स्वाधिनताको रक्षा हुने वताउनुभयो । जेन्जी आन्दोलनको जायज मागलाइ विदेशीले हाईज्याक गरी देश गम्भिर अवस्थामा पुगेकोले चुनावले समाधान नदीने भन्दै काफ्लेले दलाल संसदीय व्यवस्था नै खारेज गर्नुपर्नेमा जोड दिनुभयो । नितम खडकाको उदघोषणमा भएको कार्यक्रममा जिल्ला इन्चार्ज पुर्ण व खडकाको पनि उपस्थिति रहेको थियो ।
उदयपुर


त्यसैगरी उदयपुरमा पनि कार्यक्रम सम्पन्न गरिएको जानकारी उदयपुर जिल्ला इन्चार्ज पुष्कर श्रेष्ठव्दारा प्राप्त भएको छ ।