काठमाण्डौ । क्रान्तिकारी कम्युुनिष्ट पार्टी नेपालले आज (कात्तिक २३ गते) पत्रकार सम्मेलनको आयोजना गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले लिएका निर्णयहरु, विकसित राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रम, क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुसँगको कार्यगत एकता तथा संयुक्त मोर्चा, स्वाधीन संयुक्त सरकार लगायतका विषयमा पार्टीका धारणाहरु सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
पत्रकार सम्मेलन अनामनगरस्थित संवाद डवलीमा दिनको १२ः३० बजे हुँदैछ । समाचार सम्प्रेषणको लागि सो पार्टीले सबै पत्रकारहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।
































